काठमाडौं । शेयर बजार आज दोहोरो अंकको हाराहारीमा उचालिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.०९ अंकले बढेको हो । ०.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७११.७५ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, जीवन बीमा, उत्पादनमूलक, निर्जीवन बीमा र अन्य समूह राताम्मे भएका छन् भने बाँकी समूहमा हरियाली छाएको छ ।
आज ३२३ कम्पनीका १ करोड ५४ लाख ६४ हजार ५ सय ५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९ सय ४६.३९ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार उचालिंदा विभिन्न ८ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो, सप्तकोशी डेभलपमेन्ट बैंक, महिला लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, १०, १०, ९.९९, ९.९९ र ९.९७ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३२ करोड ८१ लख ९० हजार २ सय ५९.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ४.९८ प्रतिशतले बजार बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४.६१ रुपियाँ र हिजो मंगलबार ५१.११ अंकले बजार घट्दा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५ सय २१.९० रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।


















