शेयर बजारमा ५१.११ अंकको पहिरो, साढे १० अर्बको कारोबार

काठमाडौं । केही दिन यता बढिरहेको शेयर बजारमा आज फेरि पहिरो गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५१.११ अंकले घटेको हो । १.८५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०२.६५ अंकमा ओर्लिएको छ ।
बजारमा पहिरो गएसँगै सबै समूह राताम्मे भएका छन् । होटल समूह सबैभन्दा बढी ३.१७ प्रतिशतले घटेको हो ।
आज ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २ सय ४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख २० हजार ५ सय २१.९० रुपियाँ बराबरको कारोबार भएको छ ।
बजारमा उच्च अंकको पहिरो गए पनि आज आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै आज ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.९३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
ङादी ग्रुप पावरकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४६ करोड ६८ लाख ९९ हजार ८ सय ५.७७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ४.९८ प्रतिशतले बजार बढ्दा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४.६१ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।

LEAVE A REPLY