Page 6

आज पनि सुरू भएन रवि लामिछानेको बयान

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि सुरू भएन ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्वीकरणको आरोपमा आइतबार मुद्दा दर्ता भएकोमा बयानका लागि उनको पालो नआएको हो ।
पूर्वडीआईजी छविलाल जोशीको पालो नसकिएकाले रवि लगायत अन्यको पालो नआएको हो । सम्भवतः भोलिदेखि रविको बयान हुनेछ ।

महालक्ष्मी विकास बैंकले गर्यो विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण–सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लब अफ ठमेल काठमाडौं र रोट¥याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना ‘परियोजना न्यानो’ अन्तर्गत २०८१ साल पुस १३ गते ईश्वरपुर नगरपालिका वडा न. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरु वितरण गर्न आर्थिक सहयोग गरिएको छ ।
त्यसैगरी बैंकको राजापुर शाखाद्वारा मंसिर २२ गतेदेखि २९ गतेसम्म धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ संचालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पससँगको सहकार्यमा उक्त अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ ।
श्री राजदेवी साङ्गितिक समुह, कलैया बाराले कलैया उमनपा, वडा न. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यत्रममा आवश्यक पर्ने फलफुल, जुस, साउण्ड सिष्टम, मिठाई लगायतका सामाग्रीहरु खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।

शेयर बजारमा १४.११ अंकको सुधार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार आज पनि उचालिएको छ । बजार दोहोरो अंकले उचालिएसँगै कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.११ अंकले बढेको छ । ०.५४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६२६.३१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि उत्पादनमूलक र ट्रेडिङ समूह क्रमशः २.३२ र ०.४५ प्रतिशतले घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेको हो ।
आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८.५७ रुपियाँ बराबरको कारोबार भएको छ ।
तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदयिक लघुवित्तका शेयरधनीहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।
त्यस्तै आज १ कम्पनीमा नेटेगिट सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले १० प्रतिशत घाटा व्यहोरेका हुन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ७ लाख ४२ हजार ६ सय ५३.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार १३.५३ अंकले बजार घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७.१७ रुपियाँ र हिजो सोमबार २८.९१ अंकले बजार बढ्दा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३.३३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

सहकारी ठगी प्रकरणमा आज पनि बयान हुँदै

काठमाण्डौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपीहरुको बयान मंगलबार पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतमा सोमबार छविलाल जोशीको बयान भएकोमा मंगलबार रास्वपासभापति रवि लामिछानेलगायतको हुने जनाईएको छ ।
सोमबार प्रतिवादी लामिछाने, जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकामा जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । जिल्ला न्यायाधीश नीतिज राईको इजालसमा जोशीको बयान लिइएको उनले जनाए। सोमबार एक जना प्रतिवादीको मात्र बयान लिइएको र अन्य प्रतिवादीको बयान आजदेखि सुरु हुने उनको भनाइ छ । बयान सकिएपछि उनीहरुको थुनछेक बहस हुनेछ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

गुल्मीमा एक पुरुषको शव फेला

गुल्मी । गुल्मीमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्लाको इस्मा गाउँपालिका १ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जनाए ।
घरबाट ५०० मिटरमाथि गोरेटो बाटोमा घोप्टो परेको अवस्थामा रमेशको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापा नेतृत्वको टोली खटिएको छ ।

तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा सत्व अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुने कार्यसूचि रहेको छ । बैठकको समय बिहान ११ः०० बजे छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकको समय दिनको १ः०० बजे रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफलको कार्यसूची रहेको छ भने विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता माननीयहरुलाई आमन्त्रित गरिएको छ । बैठकको समय बिहान ११ः०० बजे रहेको छ ।

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ।
आज बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि लामिछानेलेनै कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएका थिए ।
लामिछानेको सिफारिसलाई आज बसेको सचिवालय बैठकले पारित गरेको हो ।

रवि लामिछानेको सांसद पद निलम्बन

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन भएको छ ।
संसद् सचिवालयले सोमबार उनको पद निलम्बन भएको सूचना प्रकाशित गरेको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धीमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनको पद स्वतः निलम्बन भएको संसद् सचिवालयले जानकारी दिएको छ ।
संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले सूचना टाँस गर्दै मुद्दाको किनारा नभएसम्मका लागि रविको सांसद पद निलम्बन भएको जनाएका छन् ।
सूचनामा उल्लेख छ, ‘शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटलबीच संझौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई विल रकमको ३० प्रतिशत र बैंकमा खाता रहेका ग्राहकहरुलाई २५ प्रतिशतले छुट हुने भएको छ ।
उक्त सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि को तर्फबाट अध्यक्ष दया सागर साहले हस्ताक्षर गरे ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लि ले प्रदान गर्ने दन्त र मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ ।
उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाट बजारको उद्घाटन गरेका हुन् । उक्त अवसरमा सीईओ दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको जनाए ।
हाट बजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दैै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए ।
‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो । यसैगरी, हाम्रा अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ । हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन् । यसका साथै, आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवद्र्धन गर्नु बैंकको पनि दायित्व हो’, उनले भने ।
उनले हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका सामाग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिने जानकारी दिए ।
आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।
बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...