शेयर बजारमा १४.११ अंकको सुधार, ५ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजार आज पनि उचालिएको छ । बजार दोहोरो अंकले उचालिएसँगै कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.११ अंकले बढेको छ । ०.५४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६२६.३१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि उत्पादनमूलक र ट्रेडिङ समूह क्रमशः २.३२ र ०.४५ प्रतिशतले घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेको हो ।
आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४ सय १० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८.५७ रुपियाँ बराबरको कारोबार भएको छ ।
तीन कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त र सामुदयिक लघुवित्तका शेयरधनीहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।
त्यस्तै आज १ कम्पनीमा नेटेगिट सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले १० प्रतिशत घाटा व्यहोरेका हुन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ७ लाख ४२ हजार ६ सय ५३.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार १३.५३ अंकले बजार घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७.१७ रुपियाँ र हिजो सोमबार २८.९१ अंकले बजार बढ्दा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३.३३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY