Page 9

शेयर बजारमा ३१.४३ अंकको गिरावट, पौने ५ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा आज पनि पहिरो गएको छ । उच्च अंकले बजार तल झरेसँगै नेप्से २६ सय अंकबाट तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.४३ अंकले घटेको हो । १.१९ प्रतिशतले बजार घटेसँगै नेप्से २५९६.८२ अंकमा ओर्लिएको छ ।
बजार घटेसगै आज सबै समूह राताम्मे भएका छन् । ट्रेडिङ समूह सबैभन्दा बढी २.७३ प्रतिशतले घटेको छ ।
आज ३१० कम्पनीका ९८ लाख ३२ हजार ३ सय ८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड २ लाख ६७ हजार ४ सय ८३.४८ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सर्पोट माइक्रोफाइनान्स लघुवित्तमा भने पोजेटिभ सर्किट लाग्यो । उक्त कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाए ।
त्यस्तै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.२१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १७ करोड ६० लाख ५४ हजार ६ सय ३.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन सार्वजनिक आइतबार बिदा परेका कारण बजार बन्द थियो भने सोमबार ५१.३७ अंकले बजार घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७.०४ रुपियाँ, मंगलबार २.९५ अंकले बजार उचालिंदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४०.५२ रुपियाँ र हिजो बुधबार ५.६० अंकले बजार घट्दा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५.९१ रुपियाँ बराबरको कारोबार भएको थियो ।

मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौँ । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ ः३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो ।
यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

महिला यू–१९ एसिया कपको सुपर ४ मा नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो । मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन् ।
यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।
समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् ।
सुपर फोको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्नेछ । सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल भिडन्त आइतबार बिहान हुनेछ ।

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुदैछ।
खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न साढे १२ बजे सुरु हुनेछ।
लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर २ मा स्थान बनाएको थियो।
लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा रहेको सुदूरपश्चिम रोएल्सससँग पराजित हुँद क्वालिफायर २ खेल्न लागेको हो।
सुदूरपश्चिमसँग पराजित भए पनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर आजको खेल हुनेछ। क्वालिफायर १ को विजेता सुदूरपश्चिम फाइनल पुगिसकेको छ।
अब आज हुने खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिमसँग भिड्नेछ। मंसिर १५ गतेदेखि जारी एनपीएलको फाइनल खेल पुस ५ गते हुनेछ।

प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश गरेको छ ।
प्रसाईका छोरा निराजनले बुवालाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकोमा सुनुवाइ थालिएको छ ।
पछिल्लोपटक जिल्ला अदालतले नयाँ मुद्दामा म्याद थप गरेपछि प्रसाईंका छोरा निराजन सर्वोच्च पुगेका छन् । साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाईं व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका छन् ।

नेशनल लाइफको ‘चेयरपर्सन क्लव सदस्य सम्मान कार्यक्रम’ भव्य रुपमा सम्पन्न, ४९१ उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘चेयरपर्सन क्लव सदस्य सम्मान समारोह तथा तालिम कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । देशभरीका सयौँ उत्कृष्ट अभिकर्ताहरुको सहभागीमा काठमाडौंको सोल्टी होटलमा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०८०, ०८१ म तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लवको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो ।
कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दिप प्रज्वलन गरेर उक्त कार्यक्रमको सुरुवात गरेकी थिइन् । साथै, उनले चेयरपर्सन क्लवमा समावेश भएका अभिकर्ताहरुलाई क्लव सदस्यता प्रमाणपत्र समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
यस्तै देशभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग–अलग उत्कृष्ट लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।
समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग–अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।
समारोहमा कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको जनाईन ।
कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको उनले जनाईन । कम्पनीलाई अग्रस्थानमा पुयाउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता उनले जनाइन् ।
कार्यक्रममा कम्पनी सञ्चालक समिति अध्यक्ष अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री, नायब प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कडेल, उच्च व्यवस्थापकीय कर्मचारी तथा देशभरीबाट चेयरपर्सन क्लवमा समावेश भएका सयौं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।
कम्पनीले आफ्ना अभिकर्ताहरुलाई सोल्टी होटलमा खान, बस्न कार्यक्रमसहित नाचगाँनको समेत व्यवस्था गरेको छ । साथै भारतिय चर्चित बीमा प्रशिक्षक अमित शर्माबाट समेत तालिम प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा समावेश हुनका लागि देशका विभिन्न स्थानबाट बीमा व्यवसाय गरिरहेका अभिकर्ताहरु काठमाडौँ आएका छन् । कार्यक्रममा सहभागी अभिकर्ताहरुले उत्साही हुदैँ आउँदो दिनमा अझै दिन–रात नभनी बीमा व्यवसाय गर्न हौसला मिलेको धारणा व्यक्त गरेका छन् ।
कम्पनीले ल्याएको उक्त योजनामा गत आर्थिक वर्षको अवधिमा सेल्फ कोडमा ३० लाख रुपैयाँ प्रिमियम र टीम कोडमा ५० लाख (सेल्फ कोडमा ५ लाख र टीम कोडमा ४५ लाख रुपैयाँ) बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका अभिकर्ताहरु समावेश भएका हुन् ।

एनएमबि बैंक र यूएसएआईडीद्वारा क्युआर लोन र डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
एनएमबि क्युआर लोनको जानकारी लगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो ।
सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भई सक्रिय रूपमा छलफलमा संलग्न थिए । आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पारेको हो । ओपनर विनोद भण्डारीको अर्धशतक सहयोगमा जनकपुरले दिएको १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा विनोद भण्डारीले सर्वाधिक ५८ रन जोडे । उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक विनोदले ४१ बलमा पूरा गरे । पहिलो विकेटका लागि सेफ अलि जेबसँग मिलेर ५६ रनको साझेदारी गरेका थिए ।
जेब २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । जेब किशोर महतोको बलमा जेम्स निशमद्वारा समातिए । दोस्रो विकेटका लागि ब्रेण्डन मक्मुलनसँग मिले विनोदले ५९ रनको साझेदारी गरे । मक्मुलनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । मक्मुलन ललितनारायण राजवंशीको बलमा जेम्स निशमबाट बाउन्ड्रिमा समातिए ।
दशौं ओभरको तेस्रो बलमा मक्मुलनले जीवनदान पाएका थिए । जेम्स निशमले पाएको कट एण्ड बोल्डको अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यस समय उनले ७ रन जोडेका थिए । जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।
तेस्रो विकेटका लागि भण्डारी र कप्तान दीपेन्द्र सिंह ऐरीले नट आउट २६ रनको साझेदारी गरे । कप्तान दीपेनद्रले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।
जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे ।
कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए । नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए ।
हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए । लिग चरणको खेलमा समेत सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । विजेता सुदूरपश्चिमले पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान बनाएको छ । पराजित टोलीले जनकपुरले फाइनल प्रवेशका लागि अर्को मौका पाउने छ ।
बिहीबार हुने दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता कर्णाली याक्स र जनकपुरले खेल्नेछन् ।

शेयर बजारमा ५.६० अंकको गिरावट, सवा ४ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६० अंकले तल झरेको छ । ०.२१ प्रतिशतले बजार घट्दा नेप्से २६२८.२६ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि वित्त, लघुवित्त र ट्रेडिङ समूह क्रमशः १.०७, ०.०९ र ०.५० प्रतिशतले बढेका छन् । बाँकी अरु समूह भने राताम्मे भए ।
आज ३१४ कम्पनीका ८१ लख ४७ हजार ३ सय २० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५.९१ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । उपकार लघुवित्त र सपोर्ट लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् । त्यस्तै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड ५९ लाख २३ हजार २ सय ८६.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन सार्वजनिक आइतबार बिदा परेका कारण बजार बन्द थियो भने सोमबार ५१.३७ अंकले बजार घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७.०४ रुपियाँ र हिजो मंगलबार २.९५ अंकले बजार उचालिंदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४०.५२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद्अन्तर्गत चार समितिको बैठक बस्दैछ ।
बुधबार प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरी चार समितिको बैठक बस्न लागिएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफल हुने कार्यसूची रहेको छ भने बैठक दिनको १ बजे कानून समितिको सभाकक्ष हुन लागेको हो ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने बैठक बिहानको ९ बजे बस्दैछ । यसको साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहानको ११ः३० बजे बस्दै छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने स्थलगत अनुगमन प्रतिवेदन सम्बन्ध छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दैछ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...