शेयर बजारमा ५.६० अंकको गिरावट, सवा ४ अर्बको कारोबार

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६० अंकले तल झरेको छ । ०.२१ प्रतिशतले बजार घट्दा नेप्से २६२८.२६ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि वित्त, लघुवित्त र ट्रेडिङ समूह क्रमशः १.०७, ०.०९ र ०.५० प्रतिशतले बढेका छन् । बाँकी अरु समूह भने राताम्मे भए ।
आज ३१४ कम्पनीका ८१ लख ४७ हजार ३ सय २० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५.९१ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । उपकार लघुवित्त र सपोर्ट लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशत नाफा कमाएका हुन् । त्यस्तै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड ५९ लाख २३ हजार २ सय ८६.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन सार्वजनिक आइतबार बिदा परेका कारण बजार बन्द थियो भने सोमबार ५१.३७ अंकले बजार घट्दा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७.०४ रुपियाँ र हिजो मंगलबार २.९५ अंकले बजार उचालिंदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७ सय ४०.५२ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY