काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोही अन्तर्गत बैंकको पालुङ्ग शाखाद्धारा थाहा नगरपालिका–११, देउराली, मकवानपुर स्थीत श्री कालिदेवी प्राथमिक विद्मालयमा अध्ययनरत ८३ जना विधार्थीहरु मध्ये ५५ जना विपन्न वर्गका विधार्थीहरुमा न्यानो कपडाको अभावमा जाडो मौसममा विभिन्न स्वास्थ्य समस्याहरु देखिएको र पठनपाठनमा समेत प्रत्यक्ष रुपमा असर पर्न गएकोले ५५ थान पोलार ज्याकेट वितरण गरिएको छ ।
साथै सर्वोदय परियोजना नामक गैह्र सरकारी संस्थासँगको समन्वयमा दृष्टिविहिन कलाकारहरुको असाधारण प्रतिभालाई उजागर गर्दै समावेशिता, विविधता र सिर्जनशिलतालाई प्रबद्र्धन गर्न आयोजित “अदृश्य मोतीहरु” नामक कार्यक्रम सञ्चालन गर्नको निमित्त बैंकले आर्थिक सहयोग गरेको छ ।
यस कार्यबाट अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा प्रस्तुत गर्न तथा समाजमा आफ्नो उपस्थिति देखाउन सहयोग पुग्ने साथै समावेशी समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
महालक्ष्मी विकास बैंकले गर्यो संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम
यू – १९ महिला विश्वकप ः आज नेपालले स्कटल्याण्डसँग खेल्दै
काठमाडौं– आईसीसी यू १९ महिला टी २० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।
मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।
पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आज शपथ लिँदै
काठमाण्डौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पदभार ग्रहण गर्दै छन् । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल सोमवार सकिएसँगै ट्रम्पले पदभार ग्रहण गर्न लागेका हुन् ।
अमेरिकामा दुई महिनाअघि भएको राष्ट्रपति पदको निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
यसअघि ट्रम्प २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहेका थिए । उनी २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।
यसैबीच ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि झण्डै १२ घण्टा आफ्नो सेवा बन्द गरेको टिकटकले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको छ ।
एपमाथि प्रतिबन्ध लाग्नुभन्दा केही घण्टाअघि शनिवार रातिदेखि एपले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने नयाँ कानून लागू भएपछि एप्पल र गुगल प्ले स्टोरमा पनि उपलब्ध थिएन । तर ट्रम्पले शपथग्रहण समारोहपछि आफूले टिकटकलाई प्रतिबन्ध गर्ने कानून लागू गर्न ढिलाइ गर्ने कार्यकारी आदेश जारी गर्ने प्रतिबद्धता जनाउनुभएसँगै कम्पनीले अमेरिकामा सेवा पुनः सञ्चालनमा ल्याएको छ । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।
रविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता
बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो ।
पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए ।
उनले अदालतमा २२ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको र तीमध्ये १७ जनाविरुद्ध थप मुद्दा दर्ता भएको जानकारी दिए । सरकारी वकिलको कार्यालयले दिउँसो १२ बजे मुद्दा दर्ताका लागि पठाएको थियो । कागजपत्र रुजु गरेर मुद्दा दर्ता गर्दा अबेर भएको उनले जनाए ।
सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्व डीआइजी जोशीसहित १४ जनालाई मुद्दा चलाउन राय सहितको प्रतिवेदन गत शुक्रवार बुझाएको थियो ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ । त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख र मिडियाको (सामूहिक) १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
राष्ट्रिय परिचयपत्रसम्बन्धी रिट निवेदन खारेज
काठमाडौँ . सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आज उक्त रिट खारेज गर्ने फैसला गरेको हो।
अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई काम अघि बढाउने बाटो खुलेको छ। सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो।
यसअघि विसं २०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि पहिलो चरणमा २८ जिल्लामा लागू हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले फैसलाको लिखित आदेश आउन बाँकी रहेको जानकारी दिए।
नबिल बैंकसँगको सहकार्यमा टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नविल बैँक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा १० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरुबीचमा छलफल भएको थियो ।
नविल बैँकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तक्र्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए ।
छलफलबाट प्राप्त राय सुझाव सम्बन्धीत बैँक तथा वित्तिय संस्थाहरुलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैँकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए ।
यस्तै, अन्तरक्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरु निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैँकका पूर्व सञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए ।
जगदम्बा मोटर्सद्वारा ‘अनस्टपेबल फ्रिडम’ अभियानको घोषणा
काठमाडौं । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले फ्ल्यागशिप मोडेलहरू टीभीएस अपाचे आरटीआर १६० रीफ्रेश ४ भिएफडी र अपाचे आरटीआर १६० २ भि रीफ्रेश बीटीका लागि रोमाञ्चक अफरको घोषणा गरेको छ ।
यस अफर अन्तर्गत कम्पनीले बाइक पारखीहरूलाई ‘अनस्टपेबल फ्रिडम’को अनुभव पस्कदै २ वर्षसम्मका लागि समस्या रहित लिमिटलेस राइडको सुनिश्चितता प्रदान गर्ने उद्देश्य लिएको कम्पनीले जानकारी दिएको छ ।
यो विशेष अफर अन्तर्गत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ग्राहकहरूले २ वर्षसम्मका लागि निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल र सर्भिस प्राप्त गर्न सक्नेछन् । यी सुविधाले आफ्ना उपभोक्तालाई सहज र चिन्तारहित यात्रा तथा प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
टीभीएस अपाचे आरटीआर सिरिजले उन्नत रेसिङ प्रविधि उपयोग गर्दै ब्रान्डको ‘रेसिङ डीएनए अनलिश्ड’को सिद्धान्तलाई प्रतिबिम्बित गर्दछ । उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उत्कृष्ट ह्यान्डलिङको संयोजनले यी बाइक शक्ति र सटिकताका लागि निर्माण गरिएको प्रष्ट हुन्छ । सिरिजले रोमाञ्चक यात्रा गर्न मनपराउनेहरूका साथै दैनिक यात्रुहरूको आवश्यकतालाई समेत पुरा गर्ने कम्पनीको भनाइ छ ।
शेयर बजारमा १२.५८ अंकको सुधार, सवा ६ अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । बजार उचालिएसँग कारोबार रकम पनि सवा ६ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.५८ अंकले बढेको हो । ०.४८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६०१.२१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि आज होटल, म्युचुअल फण्ड र ट्रेडिङ समूह क्रमशः ०.०८, ०.४६ र ०.१३ प्रतिशतले घटेका छ । बाँकी अरु समूहमा भने हरियाली छाएको छ । उत्सादनमूलक समूूह सबैभन्दा बढी २.५७ प्रतिशतले बढेको छ ।
आज ३२५ कम्पनीका १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता शेयर किनबेच हुँदा ६ अखर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४.३० रुपियाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज बोटलर्स नेपाल बालाजु लिमिटेड र वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.०९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सुपर मादी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ८५ लाख २५ हजार ५ सय ९५.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
काठमाण्डौं । नेपालका महिला र पुरुष दुवै टोली खोखो विश्वकपको फाइनलमा प्रवेश गरेका छन् । दुवै टोलीले आइतवार खो खो विश्वकपको फाइनल खेल खेल्दैछ । भारतको दिल्लीमा इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिला फाइनल खेल आइतबार साँझ ७ बजे र पुरुष फाइनलसवा ८ बजेदेखि सुरु हुनेछ ।
शनिबार महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले हराएर फाइनलमा स्थान बनाएको हो ।
यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ । नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन ।
यस्तै, नेपाली पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर फाइनलमा स्थान पक्का गरेको हो । नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपाली महिला टिमले भुटान, जर्मनी, श्रीलंका, र बंगलादेशलाई हराएर समूह ‘सी’को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो । त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा हराएको थियो ।
नेपालको पुरुष टिम उद्घाटन खेलमा भारतसँग पराजित भएपनि पेरु, ब्राजिल, भुटान र बंगलादेशलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो ।
खेलजीवनबाट सन्न्यास लिने सन्दीप लामिछानेको संकेत
काठमाण्डौं । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले खेलजीवनबाट सन्यास लिने संकेत गरेका छन् । उनले आइतवार सामाजिक सञ्जालब फेसबुकमा आफ्ना समर्थकहरूप्रति कृतज्ञता जाहेर गर्दै यस्तो संकेत गरेका हुन् ।
यद्यपि, उनले स्पष्ट रूपमा सन्न्यास लिने या नलिने भने उल्लेख गरेका छैनन् । तर, उनले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएसँगै धेरैले सन्दीपले सन्यास लिन लागेको अड्कल काटेका छन् ।
उनले फेसबुकमा सबैकुराका लागि सबैलाई धन्यवाद भनेका छन् । अनि सुन्दर देश नेपालका जनताहरू सधैँ आफ्नो साथमा उभिएको उल्लेख गरेका छन् । साथै आफूले हरेक पाइलामा समर्थन पाएको पनि उनले उल्लेख गरेका छन् । उनले समर्थकको माया र प्रोत्साहनले विशेष अर्थ राख्ने र हृदयमा सदैव स्थान पाउने उल्लेख गरेका छन् । साथै उनले आफू निकै कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन, ‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले फेसबूकमा लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’
एकदिवसीय खेलमा सबैभन्दा कम खेल खेल्दै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका सन्दीपको खेल पछिल्लो समय भने खस्किएको छ ।
गत महिना सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि उनले खराब प्रदर्शन गरेका थिए । हालै सकिएको जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरे ।
अम्पायरिङप्रति औँला उठाएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) र सन्दीपबीच सम्बन्ध चिसिएको आशंका गरिएको छ । यसैकारण उनले सन्यासको संकेत गरेको हुनसक्ने अनुमान छ ।