काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । बजार उचालिएसँग कारोबार रकम पनि सवा ६ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.५८ अंकले बढेको हो । ०.४८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६०१.२१ अंकमा पुगेको छ ।
समग्रमा बजार बढे पनि आज होटल, म्युचुअल फण्ड र ट्रेडिङ समूह क्रमशः ०.०८, ०.४६ र ०.१३ प्रतिशतले घटेका छ । बाँकी अरु समूहमा भने हरियाली छाएको छ । उत्सादनमूलक समूूह सबैभन्दा बढी २.५७ प्रतिशतले बढेको छ ।
आज ३२५ कम्पनीका १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता शेयर किनबेच हुँदा ६ अखर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४.३० रुपियाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज बोटलर्स नेपाल बालाजु लिमिटेड र वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १० र ९.०९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सुपर मादी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ८५ लाख २५ हजार ५ सय ९५.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।