Page 19

श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

महोत्तरी । आफ्नै श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको हत्या गरेको अभियोगमा महोत्तरीको औरही नगरपालिका–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा सुधीरा देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ठड्याइयो वसन्तपुरमा चीर, रङको पर्व होली सुरू

काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ ।
फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सिँगारिएको चीर उठाइएको हो ।
परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ ।
यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।
यस पर्वका दौरान रंगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाईचारा वृद्धि गर्न मद्दत पुर्‍याउँछ ।
फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रंग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो ।

प्रधानमन्त्रीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दैछन् ।
प्रदेशसभालाई सम्बोधन लगायत अन्य कार्यक्रममा पनि सहभागी हुन प्रधानमन्त्री सुर्खेत जान लागेका हुन् ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको अनुरोधमा ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
गत आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए।

सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे जनताको बलबाट समाप्त हुने प्रचण्डको चेतावनी

महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको उल्लेख गर्दै उनले इतिहास पछाडि नफर्कने भएकाले यस्ता सपना नदेख्न चेतावनी दिए । अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने जनाए ।
उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने स्पष्ट पारे । अध्यक्ष प्रचण्डले यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षा सहित आफूहरु जनताको बीचमा आएको जनाए ।
अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिए । यो मार्ग तराई मधेसको जीवन रेखा बन्ने र यसले दक्षिण नेपालको रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरे ।
महोत्तरीको विकास हिजोदेखि नै प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जलेश्वरमा सुक्खा बन्दरगाह, सिचाइको व्यवस्था, भारतीय बाँधले पारेको असर न्यूनीकरण, मिटरव्याज पीडितका समस्या समाधान, शैक्षिक गुणस्तर वृद्धि, सबै ठाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार, मणिपाल कलेजले ओगटेको जग्गाको उपयोग आदिलाई थप प्राथमिकताका साथ बढाउने प्रतिबद्धता व्यक्त पनि गरेका छन् ।
पछिल्लो समय माओवादी जनताको बीचमा कम आएकाले यसको फाइदा उठाएर मधेसवादी दलहरुले मधेसका जनतामा भ्रम सिर्जना गरेको उल्लेख गर्दै उनले अब मधेसवादी दलहरु अवसरवादी रहेको बताए । उनीहरू मधेसी जनताको पक्षमा भए संघीयताको पक्षमा माओवादीले सुरु गरेको अभियानमा जोडिन पनि आग्रह गरे ।

राष्ट्रियसभाबाट पनि पाँचवटै अध्यादेश स्वीकृत

काठमाडौं । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ । आज बसेको बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।
स्वीकृत भएका अध्यादेशहरूमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन् ।
जनता समाजवादी पार्टी नेपालको साथसँगै अध्यादेश स्वीकृत भएका हुन् । यसअघि जसपा नेपालको अनिर्णका कारण अध्यादेश निर्णयार्थ पेस सकेको थिएन ।
भूमि अध्यादेश फिर्ता गर्ने सहमतिसँग जसपा नेपाल अन्य अध्यादेश पास गर्न सहमत भएको थियो ।

 

प्रभु महालक्ष्मी लाइफद्वारा बीमा पोलिसी नबिकरणमा आकर्षक छुट

काठमडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आज अथात फागुन २२ गतेदेखि २९ गतेसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
कम्पनीका अनुसार २ वर्ष भित्रको व्यतित बीमालेखहरुमा ७५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष अवधिसम्मका व्यतित बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढी अवधिदेखि व्यतित बीमालेखहरुमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
कम्पनीको उक्त निर्णयले हजारौं बीमितहरुलाई आफ्ना बीमा पोलिसीहरु नबिकरण गराउँदा लाभ मिल्ने भएको छ । बीमितहरुले छुट अवसरको फाइदा लिएर समयमा नै व्यतित बीमालेख नबिकरण गर्न कम्पनीले आग्रह गरेको छ ।

एनआईसी एशिया बैंकको साधारण सभाबाट ५ अर्बको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभा आज आज भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
उक्त सभाले आर्थिक वर्ष २०८०, ८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन तथा थप गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गरी प्रति शेयर रु. १०० का दरले रु. ५ अर्ब बराबरको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

आइएमई ग्रुपले महोत्तरीमा स्थापना गरेको कागज उद्योग प्रधानमन्त्रीद्वारा उद्घाटन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् ।
महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् ।
आइएमई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ ।
नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिकटन कागज खपत हुने गरेको छ ।

सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

काठमाण्डौं । पर्वत र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
पर्वतको विहादी गाउँपालिका–६ सुशिल ढुङ्गास्थित सडकमा गुल्मीबाट स्याङजातर्फ जाँदै गरेको लु १ ज ४४६० नम्बरको बोलेरो जीप अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा जीपमा सवार विहादी गाउँपालिका–३ रानीपानी बस्ने ६१ वर्षीय मिन प्रसाद न्यौपाने र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाट बस्ने ६४ वर्षीय डिल भट्टचनको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य ७ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अर्घाखाँचीको मालारानी गाउँपालिका–२ कुभिन्डेस्थित सडकमा बुटबलबाट अर्घाखाँचीतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जीप बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ बस्ने ५१ वर्षीय कृष्ण लाल मरासिनीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।
बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएका थिए ।
प्रतिनिधि सभामा स्वीकृत भएका अध्यादेशमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१ पनि बहुमतले स्वीकृत गरेको थियो ।
योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धी अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...