Page 5

बबिना भट्टराईको गजल ‘मदहोस’ सार्वजनिक

काठमाडौँ । बबिना भट्टराईको स्वर तथा संगीतमा गजल गीत ‘मदहोस’ सार्वजनिक भएको छ । गजलमा गोबिन्द अर्याल ‘श्रृखला’को शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको छ ।
गीतको भिडियोमा गायिका बबिना आफै देखिएकी छन् । भिडियोमा उनलाई बाद्यवादन समुहसँग स्टेजमा रहेर गजल गाइरहेको देखाइएको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेको गजलको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका हुन् ।
ए.जे.अजुको छायांकन र निर्देशन रहेको गजलको भिडियोमा अनिल बिष्टको सम्पादन छ । गजल गायनमा बनिनालाई उपेन्द्र लिम्वु हारमोनियम, दिपक सापकोटा तवला, जय वि.के गितार तथा केशव वि.केले फ्युटमा साथ दिएका छन् ।

कुलमानलाई हटाउने निर्णयमा सेलिब्रेटी असन्तुष्ट

काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाउने सरकारको निर्णयमा सेलिब्रेटी असन्तुष्टि सुनिएका छन् । घिसिङलाई पदमुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति उनीहरू आक्रोशित देखिए ।
अभिनेता हरिवंश आचार्यले सरकारको निर्णयप्रति असन्तुष्ट हुँदै फेसबुकमा लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’ आचार्यले यसअघि महसंचारबाट बिजुलीबारेको विज्ञापन र सिरियल पनि बनाएका छन् ।
अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले लेखेका छन्, ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’ निर्देशक तथा कलाकार निश्चल बस्नेतले लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन् । सायद भ्रष्टहरुको पतन अब कसैले रोक्न सक्दैन ।’
अभिनेत्री स्वस्तिमा खड्काले पनि कुलमानको तस्वीर सेयर गरेर उनीप्रति समर्थन जनाएकी छन् । अभिनेत्री प्रियंका कार्कीले इन्स्टाग्राममा कुलमान हटाइएको समाचार सेयर गर्दै विरोध गरेकी छिन् ।
कलाकार मनिषा कोइराला, नीता ढुंगाना, मनोज गजुरेल, रमेश उप्रेती, कृष्ण मल्ल, रकगायिका अभया सुब्बा, गायक शिव परियार लगायतले पनि कूलमानलाई हटाउने निर्णयप्रति विरोध जनाएका छन् ।
मनिषाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पोस्टसहितका घिसिङबारेका पोस्ट सेयर गरेकी छन् । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

चलचित्र अञ्जिला’ शनिबारदेखि १६ अन्तर्राष्ट्रिय बजारमा

काठमाडौं । चलचित्र ‘अञ्जिला’ चैत १६ गते शनिबार (२९ मार्च) देखि १६ अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ ।
निर्देशक मिलन चाम्सले अमेरिका, क्रोसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, दक्षिण कोरिया, फिनल्याण्ड, क्यानडा, युएई, जापान, सिंगापुर, बेल्जियम, स्विडेन र चीनको हङकङमा फिल्म रिलिज हुने जानकारी दिए ।
अहिले नेपालमा प्रदर्शन भैरहेको चलचित्रले १२ दिन सोमबारसम्म देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । अन्तर्राष्ट्रिय राइट बिक्रीबापत चलचित्रले साढे २ करोड आम्दानी गरेको छ ।
चलचित्रको अस्ट्रेलिया र बेलायतको प्रदर्शन मिति तय हुन बाँकी रहेको जनाइएको छ । यो चलचित्र नेपालमा भने फागु पर्वको अवसरमा २९ फागुनमा नेपालमा रिलिज भएको थियो ।
चलचित्रले महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनसंघर्षको कथा भन्छ ।

अभिनेता अनमोल केसीको जेरी अन टप’को छायांकन सकियो

काठमाण्डौं । अभिनेता अनमोल केसीले आफ्नो नयाँ चलचित्र ‘जेरी अन टप’को छायांकन सकाएका छन् । सोमबार मुस्ताङमा अन्तिम दृश्य खिचेर कलाकारसहितको टिम काठमाडौं फर्किसकेको छ । निर्माता सरोज न्यौपानेले दुई गीतबाहेकको छायांकन ६० दिनमा सकिएको जानकारी दिए । उनका अनुसार दुई गीतमध्ये एउटा भारतको पुडुचेरी र अर्को काठमाडौंमा खिचिनेछ ।
मुस्ताङसहित सगरमाथा बेसक्याम्प र काठमाडौंमा छायांकन गरिएको चलचित्रको केही दृश्य काठमाडौंमा झन्डै एक करोडको लागतमा तयार पारिएको सेटमा खिचिएको थियो । निर्माता सरोज न्यौपानेले उत्कृष्ट चलचित्र तयार हुनका लागि आवश्यक कुनै पक्षमा सम्झौता नगरिएको जनाएका छन् ।
छायांकन नसकिँदै हङकङको एलजी एसोसिएट्सले एमजी (मिनिमम ग्यारेन्टी) मा चलचित्रको अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार खरिद गरिसकेको छ । विदेश प्रदर्शन अधिकारबाट चलचित्रको आधा लगानी उठिसकेको निर्माता न्यौपानेले जनाए । उनका अनुसार कलाकारको पारिश्रमिकदेखि छायांकनसम्म फिल्मको बजेट लगभग ६ करोड पुगेको छ ।
सुयोग गुरुङको निर्देशनमा तयार भएको यो लभस्टोरी चलचित्रमा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, सुरक्षा पन्त, उषा खड्गी लगायतको अभिनय छ । चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले जानकारी दिए ।

चलचित्र अभिमन्यु आगामी भदौ २७ बाट प्रदर्शनमा आउने

काठमाण्डौं । सर्बकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको तयारीमा छन् । आगामी भदौ २७ गतेलाई प्रदर्शन मिति घोषणा भइसकेको चलचित्रका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रमा पहिलो कलाकारको रुपमा गौमाया गुरुङ भित्रिएकी छन् ।
‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’ जस्ता चलचित्रमा सशक्त भूमिकाका लागि परिचित गौमाया रंगमञ्च पृष्ठभूमिकी हुन् । गत वर्ष बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा समेत छनोट भएकी उनको एफएक्स टीभी र बीबीसीले निर्माण गरेको ‘ब्ल्याक नार्सिसस’ टेलिशृङ्खलामा पनि अभिनय छ । उनले गत महिना फिल्म ‘महाभोज’को छायांकन सकाएकी थिइन् ।
सुशान्त गौतमको निर्देशनमा बन्न लागेको ‘अभिमन्यु’ले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा भन्ने जनाइएको छ । यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि ‘बाटो रोड टु डेथ’ निर्देशन गरेका थिए । शरद महतोको डिओपी रहने चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह निर्मातामा छन् । सेभेन सिज सिनेमाको प्रस्तुति चलचित्र बन्नेछ ।

एनएमबि बैंकले ग्लोबल मनी विकको अवसरमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ । ग्लोबल मनी वीक २०२५ को नारा सहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।
बैंकले आफ्नो सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ३,००० जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कुलमानको पक्षमा प्रदर्शन गर्ने १२ जना पक्राउ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शनमा उत्रिएका १२ जना पक्राउ परेका छन् ।
सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि नेकपा बहुमतका १२ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।

प्रधानमन्त्रीलाई कांग्रेसको पूर्ण समर्थन रहेको देउवाको धारणा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र नेपाली कांग्रेसको पूर्ण साथ समर्थन रहेको धारणा व्यक्त गरेका छन् ।
कांग्रेस–एमालेबिच सम्बन्धमा केही आशंका पैदा भएको चर्चा परिचर्चा चलिरहेका बेलामा देउवाले ओलीलाई आफ्नो र कांग्रेसको पूर्ण समर्थन रहेको जनाएका हुन् ।
मंगलबार काठमाडौँमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र सानोबुबा’ नामक किताब विमोचन कार्यक्रममा सभापति देउवाले ओली र आफू जेल बस्दा गोलघरमा संबै बसेका साथीसमेत भएको जनाए । उनले भने,‘प्रधानमन्त्री ओलीजीलाई म र कांग्रेसको पूर्ण साथ र समर्थन छ । उहाँ र म जेल बस्दा गोलघरमा संगै बसेका हौँ ।’ उनले ओलीले पनि सहयोग गर्ने विश्वास आफूलाई रहेको जनाए ।
सोमबार मात्रै ओली नेतृत्वको कांग्रेससमेत सहभागी सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर त्यो पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि कांग्रेस महामन्त्रीद्वयले सरकारको निर्णयको विरोध गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले घिसिङलाई हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने जनाएपछि कतै दुई पार्टीबीचको सम्बन्धमा दरार आउने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला देउवाले त्यस्तो अभिव्यक्ति आएको हो ।

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारुढ दलहरूको बैठक सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत सहभागी छन्।
सरकारले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि विपक्षी दलहरूले विरोध गरिरहेका बेला सत्तापक्षीय बैठक बसेको हो। बैठकमा सरकार सञ्चालन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आइएमईद्वारा काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा, वर्षमा १० हजार जनशक्ति उत्पादनको लक्ष्य

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।
मंगलबार काठमाडौंको धुम्बाराहीस्थित काठमाडौं टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गरेका हुन् ।
यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।
स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।
आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको जनाए ।
उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको जनाए ।
उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको जनाए ।
स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको जनाए ।
उनले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाए ।
‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,’ उनले भने ।
‘हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ,’ उनले भने ।
सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको जनाए ।
‘स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
काठमाडौं टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने जनाए ।
उनले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत जनाए ।
यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ, उनले भने।
केटीएसले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उनको भनाइ छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...