काठमाडौं । चलचित्र ‘अञ्जिला’ चैत १६ गते शनिबार (२९ मार्च) देखि १६ अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने भएको छ ।
निर्देशक मिलन चाम्सले अमेरिका, क्रोसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, दक्षिण कोरिया, फिनल्याण्ड, क्यानडा, युएई, जापान, सिंगापुर, बेल्जियम, स्विडेन र चीनको हङकङमा फिल्म रिलिज हुने जानकारी दिए ।
अहिले नेपालमा प्रदर्शन भैरहेको चलचित्रले १२ दिन सोमबारसम्म देशब्यापी ४ करोड ४८ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । अन्तर्राष्ट्रिय राइट बिक्रीबापत चलचित्रले साढे २ करोड आम्दानी गरेको छ ।
चलचित्रको अस्ट्रेलिया र बेलायतको प्रदर्शन मिति तय हुन बाँकी रहेको जनाइएको छ । यो चलचित्र नेपालमा भने फागु पर्वको अवसरमा २९ फागुनमा नेपालमा रिलिज भएको थियो ।
चलचित्रले महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनसंघर्षको कथा भन्छ ।