Page 18

प्रदूषित सहरको सूचीमा काठमाण्डौं पहिलो स्थानमा

काठमाण्डौं । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाण्डौं बुधबार पनि शीर्ष स्थानमा कायमै रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाण्डौं आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको हो ।
यद्यपि, मंगलबारको तुलनामा प्रदूषण भने केही कम भएको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौँको एक्यूआई २६२ थियो ।बुधबार घटेर १ सय ८४ सम्म पुगेको छ । यद्यपि, यसलाई पनि स्वास्थ्यको दृष्टिकोणले खराब नै मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।
हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०.४ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।
काठमाण्डौं पछि भारतको नयाँ दिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः युगान्डाको कामपाला, इन्डोनेसियाको जकार्ता, इराकको बगदाद, भियतनामको हानोई, चीनको छेङ्दु, पाकिस्तानको लाहोर र चीनको सांघाई सहर रहेका छन् ।

रवीन्द्र र धवलसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ ।
काठमाडौं जिल्ला अदालतले उनीहरूसहित २० जनाविरुद्ध थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएकाहरू अब १५ दिनमा हिरासतमै रहने भएका छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधको कसुरमा मुद्दा चलाइएको छ ।
त्यसैगरी आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाइएकाहरुविरुद्ध भने १५ दिनको म्याद थप भएको छ । प्रहरीले अहिलेसम्म तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।
राजावादी समूहका तर्फबाट १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान समेत गएको थियो ।

एमालेलाई कसैले हल्लाउन नसक्ने प्रधानमन्त्री ओलीको दाबी

सिरहा। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने दाबी गरेका छन् ।
एमाले सिरहाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई मंगलबार सिरहा बजारमा सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरे ।
“हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ”,प्रधानमन्त्री ओलीले भने,“मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ । मधेसका समस्याहरु मलाई बढी थाहा छ । तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु ।”
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्रपक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरुका हातमा शासन नजाने र दिन नहुने जनाए ।
“तपाईँहरु ढुक्क हुनुस् । राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ”, उनले भने, “यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छुु । सरकार अहिले ढल्छ, भेर ढल्छ भन्नेहरु अब थाके । यो मजबुद सरकार हो ।”
अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको जनाए ।
कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाइ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यहरुसहित तथा अन्य पार्टीबाट समेत गरी करिव पाँच सय जनालाई अध्यक्ष ओलीले प्रवेश गराएका थिए ।
उद्घाटनसत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य एका थिए ।
अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको शहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गरेका थिए ।
प्रधानमन्त्री ओलीले सूर्यनारयण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको समेत उद्घाटन गरे ।

धेरै हिरो नबन्न बालेनलाई राजेन्द्र लिङदेनको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहलाई धेरै हिरो नबन्न चेतावनी दिएका छन् ।
आज बल्खुमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दैै उनले राप्रपाले फोहोर नगर्ने स्पष्ट पार्दै हिरो बनेर पत्र नकाट्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘एउटा सुचना दिन बिर्सिएछ । हाम्रो बालेनजीलाई । यो काठमाडामैं महानगरभित्र पर्छ होइन र ? बालनजीलाई आजको कार्यक्रमका बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु र हाम्रो साथीहरुलाई आफैं सफा गरेर जान आग्रह गर्छु । एउटा केही फोहोर रहनेवाला छैन । पत्रकार नागरिक समाजले अनुगमन गर्नुहोला, भोलि फोहोर गरेवापत भनेर चिठी नआओस ।’

आईएमई लाइफले शुरु गर्यो ईलोन सेवा, घरमै बसीबसी १ लाखसम्म ऋण पाइने

काठमडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई लोन सेवा शुरु गरेको छ ।
आज कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले ई लोन सेवा उत्घाटन गर्दै घरबाटै बीमितले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको जनाए ।
यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट रु. ५००० देखि रु. १००,००० सम्म ई–लोनको लागि आवेदन दिन सक्नेछन् ।
बीमितले कम्पनीको वेबसाइट मार्फत ऋण आबेदन चौबिसै घण्टा आफुरहेको स्थानबाटै दिन सक्नेछन् । कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन ।
ऋण सुविधा पाउनको लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पूरा भइसकेको हुनुपर्ने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आईएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको जनाउँदै डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउँदै लैजाने प्रयासको निरन्तरता हो भने ।

सामसङ नेपालले ल्यायो ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर

काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधासहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीले जनाएको छ ।
स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकको घरका टिभी, रेफ्रिजरेटर तथा वाशिङ मेसिनजस्ता अप्लाएन्स सबै एक अर्कासँग कनेक्टेड रहने र जीवनशैली अझ सजिलो, व्यवस्थित र आधुनिक बन्ने कम्पनीको भनाई छ । यस अफरमा सामसङको लगातार १९ वर्षसम्म विश्वको नम्बर १ टिभी ब्रान्डको उपाधि कायम राखेको टिभी लाइन–अप समावेश छ । चुनित ५५ इन्च वा सोभन्दा माथिका टिभीहरूको खरिदमा १२ महिनासम्म वल्र्डलिंक इन्टरनेट र नेटटिभी सेवा पनि निःशुल्क पाइनेछ । साथै, पुराना अप्लाएन्स एक्सचेन्ज गरेर ५५ इन्च यूए६५डीयू७७००आरएसएचई, ६५ इन्च यूए८५बीयू८०००आरएक्सएचई, ८५ इन्च यूए८५सीयू८०००आरएसएचई वा ८५ इन्च यूए८५सीयू८०००आरएसएचई मोडेलका युएचडी टिभीको खरिद गर्दा ८,००० रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि उपलब्ध हुनेछ । यी सबै टिभीमा ३ वर्षको वारेन्टी समेत रहेकोले दीर्घकालीन निश्चिन्तता सुनिश्चित पनि रहने कम्पनीले जनाएको छ ।
त्यसैगरी, सामसङको नवीनतम बिस्पोक एआई रेफ्रिजरेटर र वाशिङ मेसिन पनि यस अफरमा समावेश छन् । ९ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा १ लिटर सर्फ एक्सेल लिक्विड र १२ केजी बिस्पोक एआई फ्रन्ट लोड वाशिङ मेसिनको साथ ६ केजीको सर्फ एक्सेल म्यातिक फ्रीमा पाइनेछ । साथै, रेफ्रिजरेटरको डीआईटी कम्प्रेसर र वाशिङ मेसिनको डीआईटी मोटरमा २० वर्षको वारेन्टी रहेको छ, जसले गर्दा ग्राहकको यी नयाँ खरिद गरिएको अप्लाएन्सहरु तपाईँको घरसँग धेरै वर्षसम्म ढुक्कको साथ कनेक्टेड रहनेछन् ।
हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको सामसङको इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा १२ महिनासम्म, र टिभीका लागि १८ महिनासम्म, तिर्न सकिने ईएमआई र सजिलो डाउनपेमेन्टको साथ सजिलै खरिद गर्न सक्नेछन् । निःशुल्क होम इन्स्टलेसन सेवा पनि उपलब्ध छ र सामसङको एक्सचेन्ज पार्टनर अर्कोस्टोरबाट पुराना उपकरण एक्सचेन्ज गर्दा चुनित सामसङका अप्लाएन्सहरूमा ८,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत पाइन्छ ।
आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेट लिमिटेडद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको यो अफरमा ग्राहकहरूले आफ्नो पुरानो उपकरण एक्सचेन्ज गरी नयाँ सामसङका टिभी तथा होम एप्लायन्स खरिद गर्दा उत्कृष्ट मूल्यमा प्राप्त गर्न पनि सक्छन् । ग्राहकहरूले सामसङप्लाजामा गएर अनलाइनमार्फत पनि यी सबै अफरहरूको फाइदा उठाउन सक्नेछन् ।

नेपाल लाइफ बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर २०२५ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर २०२५ अवार्ड बाट सम्मानित भएको छ ।
कर्पोरेट खबरद्वारा आयोजित १७ औं कर्पोरेट बिजनेस अवाड्र्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा सम्मानित भएको हो । अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित समारोहमा नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरे ।
कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनी उक्त अवार्डबाट सम्मानित भएको जनाईएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको जनाए ।

आज काठमाडौँका तीन ठाउँमा प्रदर्शन हुने

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज (मंगलबार) काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गर्दैछ ।
भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुले अनुमति नदिएपछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । राप्रपाको विभिन्न स्थानबाट निकालिएको र्‍याली बल्खुमा पुगेर विरोध सभामा परिणत हुनेछ।
उक्त प्रदर्शनलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।
जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने जनाईएको छ । कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक दुवैतर्फ र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ ।
नयाँबसपार्क र सितापाईला–बाफल सडकखण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ ।
नेपाल शिक्षक महासंघले माइतीघरदेखि बानेश्वर(माइतीघर सडक खण्डको बीचमा र सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा समेत आवश्यकता अनुसार डाइभर्सन मिलाएको छ। आन्दोलन स्थलको सडक प्रयोग गर्दा वैकल्पिक मार्ग प्रयोग गर्नसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे मधेश प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ ।
सम्बोधन पश्चात प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पार्टीको ११औं सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न सिरहा जान लागेका हुन् ।
सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले सिरहाले जनाएको छ ।

विश्वको प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौँ

काठमाडौँ । काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा आएको छ । काठमाडौँको एयर क्वालिटि इन्डेक्स (एक्यूआई) बिहान ७ः३० को मापन अनुसार २६२ रहेको छ । जुन निकै अस्वस्थ मानिन्छ । १ देखि ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । काठमाडौँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३७.५ गुणा बढी रहेको छ ।
वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् । हाल पाटन, रत्नपार्क, रविभवन, बिजुलीबजार, पुतलिसकडलगायत क्षेत्रमा प्रदूषण उच्च रहेको छ ।
काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा भियतनामको हानोई विश्वकै तेस्रो प्रदूषित सहर बनेका छन् । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः पाकिस्तानको लाहोर, भियतनामको हो चि मिन, चीनको वुहान, इन्डोनेसियाको जकार्ता, म्यानमारको याङगोन, चीनको छेन्दु र कम्बोडियाको फेनोम पेन रहेका छन् ।
काठमाडौँको वायु प्रदूषण उच्च मात्रमा बढे संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले अत्यावश्यक काम बाहेक अन्य कामको लागि घर बाहिर ननिश्कन समेत आग्रह गरेको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...