आईएमई लाइफले शुरु गर्यो ईलोन सेवा, घरमै बसीबसी १ लाखसम्म ऋण पाइने

काठमडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई लोन सेवा शुरु गरेको छ ।
आज कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले ई लोन सेवा उत्घाटन गर्दै घरबाटै बीमितले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको जनाए ।
यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट रु. ५००० देखि रु. १००,००० सम्म ई–लोनको लागि आवेदन दिन सक्नेछन् ।
बीमितले कम्पनीको वेबसाइट मार्फत ऋण आबेदन चौबिसै घण्टा आफुरहेको स्थानबाटै दिन सक्नेछन् । कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन ।
ऋण सुविधा पाउनको लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पूरा भइसकेको हुनुपर्ने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आईएमई लाइफ ई–लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको जनाउँदै डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउँदै लैजाने प्रयासको निरन्तरता हो भने ।

LEAVE A REPLY