Page 10

थाइल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डविरुद्ध खेलिरहेको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
यस अघि नेपाल र थाइल्याण्ड दुवै यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटको टिकट सुरक्षित गरेका हुन् ।
नेपाल आजको खेलमा पनि सोमबारको लय कायम राख्दै थाइल्याण्डलाई स्तब्ध पार्न चाहन्छ । नेपालले हालसम्म थाइल्याण्डलाई हराउन सकेको छैन । यदि आजको खेलमा जित निकाल्न सके नेपाली महिला टिमले अर्को इतिहास बनाउने छन् ।

आज ११ बजे प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । साथै, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा विस्तार

काठमाडौं । एभरेष्ट बैंकले सिन्धुलीमा शाखा विस्तार गरेको छ । बैंकले यही जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको हो ।
यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । शाखा विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यलेसंयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै मेयर पोखरेलले बैंकको उपस्थितिसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे । साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा। वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका बासिन्दालाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

एमालेको एकल बहुुमत आउने गरी लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्न उत्पीडित तथा जातीय समुुदायलाई अनुरोध गरेका छन् ।
नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुु अत्यावश्यक भएको जनाएका हुन् ।
“समानुपातिकसहितको विद्यमान परिपाटीबाट साधारणतयाः कुनै एक दलको बहुुमत आउन गाह्रो छ तर हामीले संविधानमा समानुपातिकको व्यवस्था गरिसकेकाले अहिलेलाई यही प्रणालीभित्रबाट एमालेलाई एकल बहुमतको पार्टीका रुपमा विकसित गर्न हामी लाग्नुुपर्छ ।’’, अध्यक्ष ओलीले भने, “हामी व्यक्तिगत र पार्टीगत स्वार्थ नहेरी देशको सुशासन, स्थिरता, विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता र अखण्डताका लागि काम गरिहेका छौँ । अराजकतावादीहरुले यस प्रयासमा भाँजो हाल्न सक्छन् । अराजकतावाद सदैव हाम्रो दुुष्मन हो । विपक्षीहरुले जनतामा हाम्राविरुद्ध भ्रम फिँजाउन खोजेका छन् । त्यस्तो भ्रम चिर्न हामी सुदृढ र एकताबद्ध भएर लाग्नुपर्नेछ ।’’
प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन, पार्टी र देशलाई सफल बनाउन राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अघि बढ्न पनि आग्रह गरे । महाधिवेशनले समाजको नयाँ नेतृत्व चयन गर्नेछ ।

नेपाल लाइफ इन्स्योरेन्सले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।
यस अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू गरिएको कम्पनीले जनाएको छ ।
यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरेको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्ने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी, सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथैे सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गरे । उनले आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाईरहने अपेक्षा रहेको जनाए ।

प्रभु बैंकका ग्राहकलाई इला रिसोर्ट्स र मौलाकाली केबलकारमा २० प्रतिशतसम्म छुट

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।
यस सहकार्य अन्तर्गत, प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले तल उल्लेखित विशेष सुविधाहरू प्राप्त गर्नेछन्ः
खानपानमा (फुड एण्ड वेभरेज) –१० प्रतिशत छुट
केबलकार टिकटमा– २० प्रतिशत छुट
आवास सेवामा (एकोमोडेसन) –१० प्रतिशत छुट र केबलकार यात्रा निःशुल्क
यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ। ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्वपूर्ण उपलब्धि हो।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड– २०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

सानिमा रिलायन्सको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजनाः यस्ता छन् विशेषता

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ल्याएको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना बीमितको रोजाइमा पर्दै गइरहेको छ।
यो योजना विशेषगरी जीवन बीमासँगै बचत गर्न चाहने र आकस्मिक खर्चका लागि तयारी गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त भएकाले पनि यसको माग बजारमा बढ्दै गइरहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस योजनाअन्तर्गत बीमितले १०, १५, २० र २५ वर्षका लागि बीमा लिन सक्छन् तर बीमाशुल्क भने ८, १२, १६ र २० वर्ष मात्रै तिर्ने व्यवस्था गरिएको छ।
यसरी कम अवधिमा बीमाशुल्क तिरेर लामो समयसम्म बीमा सुरक्षा पाइने र बीमाशुल्क तिर्न वार्षिक, अर्धवार्षिक वा त्रैमासिक विकल्प भएकाले बीमितको आय अनुसार उपयुक्त रहेको छ।
यो योजनाको एउटा ठूलो विशेषता बीमा अवधि सकिएपछि बीमितले आफ्नो बीमांक रकमसँगै बोनस पनि प्राप्त गर्ने हो। बीमा अवधिभित्रै बीमितको मृत्यु भएमा परिवारले बोनस सहित बीमांक रकम पूरा रुपमा पाउनेछन्।
बीमा अवधि बित्दै जाँदा जोखिम सुरक्षा पनि क्रमशः बढ्दै जाने र यसले भविष्यमा अझ बढी कभरेज सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।
यस योजनामा वैकल्पिक सुरक्षा सुविधाहरू पनि थप गर्न सकिनेछ। दुर्घटनाबाट मृत्यु भएमा दोब्बर रकम पाइने, पूर्ण स्थायी अशक्तताको अवस्थामा मासिक रुपमा किस्ताबन्दीमा बीमांक रकम भुक्तानी गरिने र घातक रोग लागेमा ५० लाख रुपैयाँसम्मको एकमुष्ठ रकम पाउने सुविधा छ।
यी सुविधाले गर्दा यो योजनाले केवल जीवन बीमा मात्र नभई स्वास्थ्य तथा आपत्कालीन अवस्थाका लागि समेत सुरक्षा दिने कम्पनीले दाबी गरेको छ।
यो बीमा योजनामा सहभागी हुनका लागि बीमितको उमेर कम्तीमा १८ वर्ष र बढीमा ६५ वर्ष हुनु पर्नेछ। न्यूनतम बीमांक २५ हजार रुपैयाँ राखिएको छ भने अधिकतम बीमांक बीमितको आम्दानी अनुसार निर्धारण गरिने कम्पनीले जनाएको छ।

 

सिद्धार्थ बैंकका ग्राहकलाई बूढानीलकण्ठको होलिडे इन् रिसर्टमा छुट

काठमाडौं । सिद्धार्थ बैंक र होलिडे इन् रिसर्ट बूढानीलकण्ठबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले बूढानीलकण्ठस्थित होलिडे इन् रिसर्ट काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

 

रास्वपा सभापति रवि लामिछानेको रिट ‘हेर्न नभ्याउने’

काठमाण्डु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याउने’ भएको छ ।
सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याउने’ भएको छ ।
सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि पटक–पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै यसअघि ४ पटक सूचीमा चढाएर पेशी सारिएको थियो ।
सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानूनी रूपमा श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

सरकारी कार्यक्रममा एकपटक नआउनेलाई फेरि नबोलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरेका हुन्। कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका हुन्।
कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले भने, ुकहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। कोही–कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ, कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने – यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला। हेर्नुहोला, रेकर्ड – को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।ु
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र केवल सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने धारणा पनि राखेका छन्।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...