Page 11

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईँलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

ग्लोबलका ग्राहकलाई तिलगंगा सिटी आईमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र चाबहिलस्थित तिलगंगा सिटी आई सेन्टरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई तिलगंगा सिटी आई सेन्टरमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमति भएको हो ।
समझदारीपत्रमा बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलीप पोखरेल र सिटी आई सेन्टरका प्रमुख कार्यकारी अधिकृत आस्था पन्तले हस्ताक्षर गरे ।
सहमतिअनुसार बैंकका डेबिट क्रेडिट कार्ड एवम् मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई अस्पतालको सेवा उपचारमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
बैंकका ग्राहकलाई आई सेन्टरमा सामान्य आँखा परीक्षण, डाक्टरद्वारा सिफारिस चस्मा, शल्यक्रिया र थेरापीमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
ग्लोबल आइएमईका प्रमुख मार्केटिङ अधिकृत पोखरेलले तिलगंगा आई सेन्टरसँगको साझेदारीले बैंकका ग्राहकलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।

पाँचवटा प्रदेशमा सानिमा रिलायन्सले माग्यो शाखा प्रमुख

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पाँच प्रदेशका लागि कर्मचारी मागेको छ ।
कम्पनीले कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका लागि शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले आफू काम गर्न उल्लेख प्रदेश र शाखामा उल्लेख गरी जेठ १८ गतेभित्र आफ्नो व्यक्तिगत विवरण पेश गर्न सक्नेछन् ।
जीवन बीमा, बैंक तथा वित्तीय संस्थाको कार्यानुभव भएकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

रसुवा नाकाबाट साढे सात किलो सुन बरामद

काठमाडौँ । रसुवा नाकाबाट ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार चीनबाट नेपालतर्फ आउँदै गरेको एक ट्रकमा लुकाइछिपाई ल्याइँदै गरेको अनुमानित ७.५ किलो सुन बरामद गरिएको हो।
प्रहरीले सो ट्रकका चालकलाई पक्राउ गरेको छ भने बरामद सुनको परिमाण जोख्ने काम भइरहेको छ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने सुन तस्करीप्रति निगरानी कडाइ गरिएपछि तस्करहरूको ध्यान उत्तरी नाकातर्फ सरेको देखिएको छ।

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान ज्येष्ठ १ गते देखी २५ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ । हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ।
ग्राहकवर्गहरुले संस्थाको देशैभरि रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नुहुनेछ।

३ वडाध्यक्षद्वारा बालेनले दिएको जिम्मेवारी अस्वीकार

काठमाडौं । काठमाडौं महानगरपालिकाका तीनजना वडाध्यक्षले मेयर बालेन साहले दिएको जिम्मेवारी अस्वीकार गरेका छन् ।
बालेनले सुशासन समितिको संयोजक वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सूचना प्रविधि समितिमा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समिति संयोजक वडा नम्बर २४ का अध्यक्ष विनोद राजभण्डारीलाई तोकेका थिए ।
तर तीनैजना वडाध्यक्षले जिम्मेवारी अस्वीकार गरेका हुन् । मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने जनाएका छन् ।
विधायन समितिकी संयोजक तोकिएकी १६ नम्बर वडाकी अध्यक्ष रोजिना श्रेष्ठले भने उक्त निवेदनमा हस्ताक्षर गरेकी छैनन् ।

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।
उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतको फैसला बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।
विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ४९ हजार जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो। तामाङको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उच्च अदालतकै फैसला सदर गरेको हो ।

कांग्रेस संसदीय दलको बैठक आज २ बजे बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ ।

 

गलत विचारका आधारमा वाम एकता नहुने प्रधानमन्त्रीको धारणा

काठमाण्डौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने धाराणा व्यक्त गरेका छन् ।
एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा शनिबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताका लागि एकता नभई सही विचारमा अरूलाई सहमत गराएर पार्टीमा ल्याउने नीति रहेको जनाए ।
‘सही कुरालाई पनि विरोध गरेर बखेडा निकाल्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै देखा पर्दै आएको छ । खास वैचारिक भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका आधारमा दुई लाइनको कुस्ती चलाइयो । पार्टी विभाजन गरेर नामका लागि एकीकृत राख्ने प्रवृत्ति पनि छ’, अध्यक्ष ओलीले भने, ‘पार्टी प्रवृत्ति भने सही धारमै जान खोज्दै आयो । मदन भण्डारीको अगुवाइमा ल्याइएको जनताको बहुदलीय जनवादको विचारले कम्युनिष्टहरू निरंकुश हुन्छन् भन्ने हामीमाथिको आरोपलाई खण्डन गर्‍यो । यो विचार राजनीतिक लोकतन्त्रका लागि मात्र होइन आर्थिक र सामाजिक तथा मानव अधिकारका प्रश्नमा समेत राष्ट्रिय नीतिका रूपमा स्थापित भइसकेको छ । यसै जगमा हामीले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी लाग्नुपर्नेछ ।’
प्रधानमन्त्री ओलीले आफूहरूले शक्तिका स्रोत जनता नै हुन् भन्ने मान्यताका साथ जनताको शासन कायम गर्न खोजिएको उल्लेख गर्दै देशभक्ति, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताको मार्गलाई आफूहरूले कहिल्यै नछोडेको जनाए ।
आफूहरूको नेतृत्वमा सरकार रहेकाले राजतन्त्र फर्काउने प्रतिगमनको प्रयास असम्भव र अस्वीकार्य भएको पनि उनले जनाए ।
एमालेको नेतृत्वलाई बदनाम गरेर ढाल्न सकिने पार्टी ढाल्न सकिन्छ भन्ने तत्त्वहरूले अनेक षड्यन्त्र गरे पनि एमाले हरेक परिस्थितिको सामना गर्न तयार रहेकाले कार्यकर्ताहरूलाई एकताबद्ध भएर ढुक्का साथ अघि बढ्न उनले आग्रह गरे ।
ओलीले विश्वमा दक्षिणपन्थ, जातीयता र अराजकतावादका कारण आन्दोलनमा क्षति भएको उल्लेख गर्दै आफूहरूले त्यस्ता कमीकमजोरी नगरी विविधतालाई सांस्कृति समृद्धि मानेर एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो लिएको जनाए । विगतमा आफूले सरकारको नेतृत्व गर्दा पार्टीभित्रकै विग्रहवादी तत्वका कारण सरकार ढाल्ने र अदालतको आदेशबाट सरकार गठन गराउने गलत अभ्यास भएको उनले टिप्पणी गरे ।
जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई समयानुकूल रूपमा हाँक्ने नीतिकार र रणनीतिकार भएको स्मरण गर्दै विश्वमा कम्युनिष्ट आन्दोलन धराशयी हुँदै गएका बेला जबजको वैचारिक अगुवाइमा पार्टीलाई लोकप्रिय र दुई तिहाइको अवस्थासम्म पुर्‍याएको उनले उल्लेख गरे ।
कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवालीलगायत सहभागी थिए ।

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे मन्त्री राणाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् ।
सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले आग्रह गरेकी हुन् । परराष्ट्रमन्त्री डा राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीन जोशीको अवस्थाका बारेमा कुराकानी भएको थियो ।
मन्त्री डा राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गर्दै आएको प्रयासका लागि धन्यवाद ज्ञापन गर्दै यस विषयमा निरन्तर पहल जारी राख्न र जोशीको रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरेकी थिइन् । यसअघि पनि मन्त्री डा राणाले कतारका विदेशमन्त्री तथा इजरायलसँग हमासको शान्ति वार्ताका प्रमुख मध्यस्थकर्तासँग विपीनको रिहाइका लागि आवश्यक पहल गरिदिन बारम्बार आग्रह गरेकी थिइन् ।
सन् २०२३ देखि नै हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि सहयोग गर्न मन्त्री डा राणाले विश्व समुदायसँग आग्रह गर्दै आएकी छन् । साथै शुक्रबारको सो भेटका क्रममा मन्त्री डा राणाले सगरमाथा संवादमा भएको कतारको सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्नका लागि गर्न सकिने सहकार्यका बारेमा पनि कुराकानी गरेकी थिइन् ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...