Page 2

अब राष्ट्रिय गौरवको आयोजनाको बजेट रकमान्तरण गर्न नपाइने

काठमाडौं । अब राष्ट्रिय गौरवको आयोजनालाई बिनियोजन गरेको बजेट अन्य आयोजना तथा कार्यक्रममा रकमान्तरण गर्न नपाइने भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आज संघीय संसदको संयुक्त बैठक आगामी आव २०८२–८३ को बजेट पेश गर्दै यस्तो जनाएका हुन् ।
बिशेष अवस्थामा बाहेक यो नीति लागू हुने जनाईएको छ ।

नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याईने

काठमाण्डौं । सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको लगानी टेलिकममा ९० प्रतिशतभन्दा बढी छ ।

कर्मचारीको महंगी भत्ता पाँच हजार पुग्यो

काठमाडौं । सरकारले महंगी भत्ता वृद्धि गरेको छ ।
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२, ०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको जानकारी दिएका हुन् ।
यसअघि कर्मचारीको महंगी भत्ता २ हजार रहँदै आएको थियो ।

आगामी वर्ष ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

काठमाण्डौंं । आगामी आर्थिक वर्षमा सरकारले ५ लाख नागरिकलाई जग्गाधनी पुर्जा प्रदान गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमि सम्बन्धी कानूनमा संशोधन गरी ५ लाख परिवारलाई लालपुर्जा वितरण गर्ने जानकारी दिए ।
उनले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको जनाए । अर्थमन्त्री पौडेलले निरपेक्ष गरीबी हटाउने घोषणा पनि गरेका छन् ।
गरीबी हटाउनका लागि प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने उनको भनाइ छ ।

काँग्रेस नेताअफताब आलमलाई उच्च अदालतबाट सफाइ

काठमाडौं । रौतहट हत्याकाण्डका आरोपी नेपाली काँग्रेसका नेता अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।
जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो । काँग्रेस पूर्वसांसद आलममाथि संविधान सभाको निर्वाचनका बेला रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोप लागेको थियो ।
उनी घटनाको १२ वर्षपछि १९ असोज २०७६ मा पक्राउ परेका थिए ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

 

आफूविरुद्ध षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको गृहमन्त्रीको आरोप

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको आरोप लगाएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले विवादित प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जनाएका छन् । विपक्षी दलहरूको अवरोधका कारण संसद्मा बोल्न नपाएपछि उनले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गरेका छन् ।
‘यो असत्य र बेठीक कुरा हो । यसमा मेरो कुनै संलग्नता छैन । मलाई मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ,’ उनले भने ।
अध्यागमन कार्यालयमा सरुवा भएर गएका तीर्थराज भट्टराई आफूले कुनै मन्त्रालय वा विभागबाट ल्याएको कर्मचारी नभएको उनले जनाए । ‘म यो मन्त्रालयमा जिम्मेवारी लिएर आउँदा यही मन्त्रालयको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा महानिर्देशन भएर काम गरिराख्नुभएको थियो । उहाँलाई त्यहाँ सरुवा गरिएको हो । उहाँले यसअघि मन्त्रालयका महत्वपूर्ण जिम्मेवारी र प्रजिअ भएर काम गरिसक्नुभयो । जो मभन्दा अगाडिका मन्त्रीहरूको सरुवा र खटपटमा भएको हो,’ उनले भने ।

राजावादीलाई चक्रपथभित्र प्रवेश नदिन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने राजावादीको प्रर्दशनलाई चक्रपथ बाहिरै राख्न निर्देशन दिएका छन् ।
चारैवटा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्रिफिङ लिने क्रममा प्रधानमन्त्रीले चक्रपथभीत्र प्रवेश नदिन र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरुले यस विषयमा सुरक्षा चुनौती हेरेर मात्रै निर्णय गर्न उचित हुन सुझाएका थिए । राजतन्त्रवादीहरूले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरू राखेर भोलि जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।
नेकपा एमालेले पनि सोही दिन गणतन्त्र उत्सव मनाउँदैछ । सो दिन काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशनसमेत दिएका छन् ।

प्रधानमन्त्री र न्युजिल्याण्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध एवं बहुपक्षीय सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उनीहरूबीच कृषि, पर्यटन, शिक्षा, व्यापार र लगानीका क्षेत्रमा सहकार्यमा प्रशस्त सम्भावना रहेकामा समान मत रहेको थियो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ स्थिरता, विकास, सुशासन, सामाजिक न्याय र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको अवगत गराएका छन् ।
उपप्रधानमन्त्री पिटर्सले नेपालको विकास र समृद्धिका साथै अन्तरराष्ट्रिय मञ्चमा दुई देशबीचको सहकार्य अभिवृद्धि गर्नुुपर्नेमा जोड दिए । भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
सन् १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपालका तेन्जिङ नोर्गे र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले सफल आरोहण गरेकाले पनि दुई देशबीचको सम्बन्ध नजिक भएको छ ।

नेपाल लाइफको बीमालेख रिन्यू गर्दा छुट पाउने अवधि थप

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख रिन्यू (नवीकरण) गर्दा पाउने छुट अवधि थपेको छ।
कम्पनीले १८० दिनभन्दा बढी व्यतित सबै बीमालेख फागुन १५ देखि जेठ १३ गतेसम्म रिन्यू गरेमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो।
तर समयसीमा सकिनै लाग्दा बीमितहरूबाट व्यापक रूपमा छुट अवधि लम्ब्याउनुपर्ने माग आएपछि असार ५ गतेसम्म लम्ब्याइएको कम्पनीले जनाएको छ।
अब यो मितिभित्र बीमालेख रिन्यू गरेमा बीमितहरूले ५० प्रतिशत विलम्ब शुल्कमा छुट पाउने सूचनामा उल्लेख गरिएको छ।
तर यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाउने र छुटबाट रिन्यू भएको बीमालेख १ वर्ष नपुग्दै सरेण्डर भएमा छुट रकम काटिने शर्त कम्पनीले राखेको छ।

सरकारले भोलि ३ बजे बजेट प्रस्तुत गर्ने

काठमाडौं । सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२, ०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका छन् ।
संघीय संसद् सचिवालयले भोलि दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...