Page 23

काठमाण्डौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बित गर्दै छानबिन गर्न जाँचबुझ समिति गठन गरेका छन् ।
उनले पाण्डेलाई बढीमा ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन थालेका हुन् ।
प्रमुख प्रशासकीय प्रमुख गुरागाईले महानगर कार्यालय प्रवेश गर्ने क्रममा गत चैत २१ गते नगर प्रहरीले अवरोध गरेपछि रिक्तता देखिएको थियो । कार्यालय प्रमुखलाई नै कार्यालय प्रवेशमा रोक्न हुलहुज्जतको नेतृत्व नगर प्रहरी प्रमुख पाण्डेले गरेको ठहर गरिएको छ ।
नगर प्रहरी प्रमुख पाण्डे नगर प्रमुख (मेयर) बालेन्द्र शाहको आदेशमा चल्ने गरेका थिए । तर कानून अनुसार प्रहरी प्रमुखले प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा काम गर्नुपर्छ ।

 

लाभांश पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आउँदो असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही जेठ २८ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ २७ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ ।
बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनिधिहरु र विद्यार्थीसहित स्थानीयहरुको उपस्थिति रहेको थियो । साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५०० वटा बाँसका विरुवाहरु रोपण गरेको छ ।
बैंकले सञ्चालन गरेको वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरु र स्थानीय व्यक्तीहरुको ठूलो उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार विरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।
बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरुको विभिन्न स्थानहरुमा वृक्षारोपण गरिरहेको छ । साथै, वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

 

सेयर बजारमा ३५ अंकको गिरावट, साढे ६ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा ३५.०७ अंकको गिरावट आएको छ । मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.०७ अंकले घटेर २६५९.५९ विन्दुमा खुम्चिएको छ ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से १.६० प्रतिशतले बढेको थियो भने गत साताको बुधबार १७.४४ अंकले उकालो लागेको थियो ।
मंगलबार नेप्सेमा कुल ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार भने नेप्सेमा कुल ८ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको घटेको छ ।
आज ओम मेगाश्री र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अधिकांश समूहको मूल्य घटेको छ ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य २.२४ प्रतिशत, विकास बैंक समूह १.२९ प्रतिशत, होटल तथा पर्यटन समूह २.०५ प्रतिशत, लगानी समूह १.२८ प्रतिशत र लघुवित्त समूह १.१५ प्रतिशतले संकुचित बनेको छ ।

सरकार र यातायात व्यवसायीबीच भएको सहमति आपत्तिजनक भएको ज्वालाको आरोप

काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको आरोप लगाएका छन् । यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको जनाएका छन ।
आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ । जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि । निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ ।’
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वमन्त्री ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको जनाए । तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गरे । राइड सेयरिङको पक्ष लिंदै उनले भने, ‘यो सम्झौता राम्रो भएन । के आधारमा गरियो ?’
उनले थपे, ‘फेरि मुख्य रुपमा भौतिक पूर्वाधार मन्त्रालय नै जोडिनुपर्ने यसमा । विभिन्न मन्त्रालयका साथीहरुलाई राखेर एउटा सहमति गरिएको छ, यो चाहिँ आपत्तीजनक छ । यस ढंगले जनताले सेवा पाउँदैनन् ।’
‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिन्डिकेट लगाउने । तोड्नेतिर पनि जाने होला,’ उनले भने, ‘अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि ।’

कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।
उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ– अब हामीमाझ रहनुभएन, हार्दिक श्रद्धाञ्जली ।
चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा गौतम ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा चर्चित थिए । अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य शृङ्खला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् ।
डेढ महिनाअघि उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अवस्था थप जटिल भएपछि केही दिनअघि ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा भर्ना गरेको थियो ।
उनको निधनमा कलाकारहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले सामाजिक संजालबाट शोक व्यक्त गरेका छन् । गौतमको पार्थिव शरीरलाई आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कास गर्न अनुमति पाएको थियो । ​
जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४।६५ कित्ता सामूहिक लगानी कोषलाई र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीमा बाँडफाँट गरिसकेको छ ।
यसरी बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ ।

स्कटल्याण्डमाथि नेपालको रोमान्चक जीत

काठमाण्डौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको चौथो राउण्डको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि नेपालले रोमाञ्चक जीत हासिल गरेको छ ।
स्कटल्याण्डको फोर्थहिल क्रिकेट मैदानमा गएराति भएको खेलमा घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जीत हात पारेको हो । २ सय ९७ रनको लक्ष्य नेपालले १ बल बाँकी रहँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । अन्तिम बलमा नेपालको जीतका लागि १ रन आवश्यक रहेको थियो ।
करणले सिङ्गल लिन कुद्दा विकेटकिपरले रिजनलाई रनआउट गरे पनि अम्पायरले वाइड दिएपछि खेल नेपालले जितेको हो । नेपालको जीतमा करण केसीले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।
कुशलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोडे । कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९६ रनको योगफल तयार गर्‍यो ।
स्कटल्याण्डका लागि चार्ली टियरले सर्वाधिक ८० रन जोडे । त्यस्तै करण, सोमपाल र रिजनले २–२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
जीतसँगै ८ टोली सहभागी लिग टू मा नेपाल १३ खेलमा ८ अङ्कका साथ सातौं स्थानमा छ । पराजित स्कटल्याण्ड १७ खेलमा २० अङकका साथ चौथो स्थानमा छ ।
विश्वकप लिग टू ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।
प्रतिनिधि सभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२÷८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै ‘प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...