काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कास गर्न अनुमति पाएको थियो ।
जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४।६५ कित्ता सामूहिक लगानी कोषलाई र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीमा बाँडफाँट गरिसकेको छ ।
यसरी बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासक तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडले रहेको छ ।