Page 7

इरानको सत्ता नै परिवर्तन गरिदिने ट्रम्पको धम्की

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन नै गरिदिने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले इरानको शासन परिवर्तन गर्ने सम्भावनातर्फ संकेत गरेका छन्।
उनले आइतबार सामाजिक सन्जालमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको सत्ता परिवर्तनबारे लेखेका छन् ।
‘राजनीतिक रूपमा शासन परिवर्तन भन्ने शब्द प्रयोग गर्नु सही होइन, तर यदि वर्तमान इरानी शासन इरानलाई फेरि महान बनाउन असमर्थ छ भने, किन शासन परिवर्तन हुँदैन ?’ ट्रम्पले लेखेका छन्।
उनले लेखेका छन्, ‘रेजिम चेन्ज (शासन सत्ता परिवर्तन) भन्नु आजको समयमा राजनीतिक रुपबाट सही मानिँदैन तर यदि मौजुदा इरानी सरकारले इरानलाई फेरि महान बनाउन सक्दैन भने शासन परिवर्तन किन नगर्ने ?’
उनको यो बयान इरानका तीन आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि आएको हो। यसअघि ट्रम्प सरकारका बरिष्ठ अधिकारीहरूले अमेरिकाले शासन परिवर्तन नचाहेकोतर्फ संकेत गरेका थिए।
खामेनी साढे तीन दशकदेखि इरानको सर्वोच्च पदमा आसिन छन् ।
सन् १९७९ मा राजतन्त्रविरोधी इस्लामिक क्रान्तिले राजा साह मोहम्मद रजा पहलवीलाई सत्ताच्यूत गरेको थियो । राजाको शासन ढलेपछि पेरिसमा निर्वासन जीवन बिताइरहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्किएर इरानमा इस्लामिक गणतन्त्र स्थापित गरेका थिए । सन् १९८९ मा आयातुल्लाह रुहोल्लाह खामेनीको निधन भएपछि आयातुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता बनेका थिए ।
इजरायल र इरानबीच लडाइँ जारी रहेका बेला अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो । ती केन्द्रहरुमा भएको क्षतिको फोटो सार्वजनिक गर्दै अमेरिकाले आक्रमण सफल भएको जनाएको छ ।

सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज (सोमबार) बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।
विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
त्यसैगरी युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम रोजगार तथा सामाजिक सुरक्षा, गुह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शीर्षकमाथि पनि छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन् । यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

झापामा खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो ।
उनका अनुसार पक्राउपर्नेमा काठमाडौैँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने २२ वर्षीय रोजिना रानामगर रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक खड्काले जनाए ।

 

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहराले भेटे प्रधानमन्त्रीलाई

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाण्डौंको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षण लगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औं दिनमा असार ३ गते काठमाण्डौं आइपुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आईतबार भेट पाएका हुन् ।
बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए ।
प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुस्ख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकोमा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने जनाएका छन् ।

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जनमतकी समानुपातिक सांसद रायमाझीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएकोपछि सुमन फरार रहेकी छिन् ।
अदालतको आदेशअनुसार सुमनको घरठेगानामा गई खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको छ ।
पर्सा पोखरियाकी जनमतकै नेतृ आशा कुमारी चौहान सँग सुमनले साढे पाँच लाख रूपैयाँ सापटी लगेर चेक दिएकी थिइन । फिर्ता दिने ग्यारेन्टीका लागि प्रदेशसभा सदस्य चेक साट्न जाँदा पैसा नभएपछि चेक बाउन्स भएको थियो ।

हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक सभा मंगलबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको असार १० गते अठारौं वार्षिक साधारणसभा बस्दैछ । कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।
यसका साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्नेछ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही जेठ २८ गते १ दिन बुक क्लोज गरिसकेको छ । तसर्थ जेठ २७ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ ।
सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर गरेका हुन ।
सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच व्यवसायिक साझेदारीको सम्झौता

पोखरा । पोखराको वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् ।
सो छुट सेवा सुविधा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता¬–पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंक लि।का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङमार्फत अब सिधै रेमिट्यान्स प्राप्त गर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधासँगै मोबाइल बैकिङ्ग एपमार्फत अब सिधै रेमिट्यान्सको सुविधा ल्याएको छ । बैंकले हालैमात्र ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको हो ।
यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल बैकिङ्ग एपमा प्रविष्ट गरेर आफ्‌नो खातामा सिधै रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । १०० भन्दाबढी अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ ।
यो सुविधाको थपसँगै अब ग्राहकहरु रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने बैंकले जनाएको छ । जसले लाइनमा बस्नुनपर्ने बाध्यताको अन्त्य गर्दै समयको समेत बचत हुनेछ । यो सुविधको थप गरेसँगै बैंकको आफ्‌नो डिजिटल बैंकङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैकिङ्ग एपमै एकिकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरुमा पहिलो विकास बैंक बनेको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत गर्दै जाने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षा हुने

काठमाण्डौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा आंशिकदेखि साधारणतया बदली रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वर्षाले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता जोखिम हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागको धेरै स्थान तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
त्यसैगरी, महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...