काठमाडौं । महालक्ष्मी विकास बैंकले अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधासँगै मोबाइल बैकिङ्ग एपमार्फत अब सिधै रेमिट्यान्सको सुविधा ल्याएको छ । बैंकले हालैमात्र ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको हो ।
यस अन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल बैकिङ्ग एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । १०० भन्दाबढी अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुबाट पठाइएको रकम सजिलै प्राप्त गर्न सकिन्छ ।
यो सुविधाको थपसँगै अब ग्राहकहरु रेमिट्यान्स रकम लिनको लागि रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने बैंकले जनाएको छ । जसले लाइनमा बस्नुनपर्ने बाध्यताको अन्त्य गर्दै समयको समेत बचत हुनेछ । यो सुविधको थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकङ्ग सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ ।
डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरुमा अग्रणी स्थानमा रहेको यस बैंक मौबाइल बैकिङ्ग एपमै एकिकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकहरुमा पहिलो विकास बैंक बनेको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत गर्दै जाने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ ।