वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच व्यवसायिक साझेदारीको सम्झौता

पोखरा । पोखराको वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् ।
सो छुट सेवा सुविधा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता¬–पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेण्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंक लि।का तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन् ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

LEAVE A REPLY