Page 9

काठमाडौं महानगरसँग नेपाल लाइफको सहकार्य, सिपमेलामा साझेदर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाडौं महानगर सिप मेला २०८२ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो।
महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो। मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौँको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। मेला अन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदैछन्।
सामाजिक उत्तरदायित्वप्रति नेपाल लाइफको समर्पण काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जनाए।
उनले भने जब ‘सिप मेला २०८२’ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसरमात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्वपूर्ण अभियानका रूपमा लियौं। यो मेलाले ३० भन्दा बढी विभिन्न तालिमहरूमार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ।
उनले थपे, हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गर्यौं, किनभने यसले युवालाई मार्गदर्शन, सिप र सुरक्षा दिने मात्र होइन, उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्दछ।
सिप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो। जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ। हामी गर्व गर्छौं जब युवाहरू सक्षम बन्छन्, जब उनीहरूले रोजगारी सिर्जना गर्छन्। नेपाल लाइफको भनाइ छ।
सिप मेलामा नेपालभरिका युवाहरू सहभागी छन्। कोही पहिलोपटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन्। मेलाले उनीहरूलाई चाहिएको सिप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ।
काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीका अनुसार,रोजगार र आयबृद्धि, काठमाडौँको समृद्धिु भन्ने नाराका साथ मेलाले तीन वर्षे योजना अन्तर्गत कार्य गरिरहेको छ, जुन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्दछ। मेलामा निजी क्षेत्रसँगको सहकार्य उल्लेखनीय छ, जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहभागिता विशेष प्रशंसनीय छ।
लक्षित वर्ग र तालिम व्यवस्थापन
सिप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो।
तालिमहरू हरेक दिन तीन सिफ्टमा सञ्चालन हुँदै आइरहेका छन्। विहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ । सिप मेलामा एक सहभागीले भने, “म यो तालिममा सहभागी हुन पाउँदा निकै खुसी छु। मलाई विश्वास छ, यसले मलाई रोजगारको अवसर दिन्छ र मेरो भविष्य अझ राम्रो बनाउँछ।”
हाल कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण, वित्तीय क्षेत्र सुरक्षित बनाउने १२ योजना सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप औपचारिक रूपमा राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको छ । बैंक तथा वित्तीय संस्थामा साइबर जोखिम न्यूनीकरण र सुरक्षाका उपायहरू सुदृढ गर्न यो पहल गरिएको हो ।
यो रोडम्याप फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्रा.लि. का प्रमुख कार्यकारी चिरञ्जीबी अधिकारीको अगुवाइमा तयार पारिएको हो । सूचना प्रविधि तथा सुरक्षा क्षेत्रका प्रमुख सरोकारवालाहरूको संयुक्त प्रयासले तयार गरिएको रणनीतिक योजनालाई भविष्यका साइबर खतरासँग लड्न ‘माइलस्टोन’ मानिएको छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईसीटी विज्ञ डा। शालिग्राम पराजुली, सीएसआरआई महासचिव डा. भोजराज घिमिरे र सचिव बन्दना शर्माले अनुसन्धान तथा विकासको महत्त्वमा जोड दिए । क्यान महासंघका महासचिव चन्द्रबिलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले संस्थागत प्रतिबद्धता दोहोर्‍याए ।
एनसीईआरटी उपाध्यक्ष सुमन शर्मा र बोर्ड सदस्य रोजिना डाँगीले नयाँ फिनसीईआरटी निर्माण, साइबर सचेतना र समन्वयात्मक प्रतिक्रिया प्रणालीको महत्त्वबारे प्रकाश पारे।
रोडम्यापले साइबर सुरक्षालाई सुदृढ बनाउन १२ वटा मुख्य बुँदा प्रस्ताव गरेको छ
१। सीआईएसओ अनिवार्य नियुक्ति र उच्चस्तरीय आईटी जोखिम समिति गठन
२। फिनसीईआरटी नेपालको स्थापना र साइबर घटना व्यवस्थापन
३। एनपीसीईआरटीसँग एकीकरण र साझा साइबर खुफिया
४। सीएसआरआई र क्यान महासंघसँग सहकार्य अनुसन्धान र तालिमका लागि
५। त्रैमासिक जोखिम मूल्यांकन र शून्य(विश्वास सुरक्षा मोडेल
६। डिजिटल भुक्तानी सुरक्षामा सुधार
७। २४ ७ सुरक्षा अपरेसन केन्द्र (एसओसी) स्थापना
८। तेस्रो पक्ष र क्लाउड सुरक्षाको अनुपालन
९। वार्षिक साइबर सुरक्षा तालिम र जनचेतना अभियान
१०। छात्रवृत्ति कोष र नवप्रवर्तन प्रवर्द्धन
११। नियमित अडिट र अनुपालन अनुगमन
१२। कडा प्रवर्तन र गैर(अनुपालनमा कारबाही
यसैगरि, छात्रवृत्ति कोषमार्फत विश्वविद्यालयस्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने र नवप्रवर्तन प्रवर्द्धन गर्न उद्योग–शैक्षिक सहकार्यलाई समेत जोड दिइएको छ ।
राष्ट्र बैंकले रोडम्याप अनुसार तत्कालै सीआईएसओ नियुक्ति, आईटी समिति गठन, फिनसीईआरटी को सुरुवात जस्ता कार्यहरू थाल्ने जनाईएको छ। दीर्घकालीन रूपमा पहिलो अनुपालन अडिट र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
साइबर सुरक्षा विज्ञहरूको सहकार्यबाट तयार पारिएको यो रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वसनीय बनाउन दीर्घकालीन मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।
काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले जनाए ।
“नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो”, प्रहरी निरीक्षक तिमिल्सेनाले भने– “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।”
बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न नसकिएको उनले जनाए । यात्रुको सामान के कति बगायो भन्नेबारे थाहा हुन सकेको छैन ।
रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरे ।

तीन दलका शीर्ष नेताको बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाईएको छ ।
यसअघि बुधबार र बिहीबारका लागि तय भएको बैठक विशेष कारणवश स्थगन भएकाले आजका लागि सारिएको जनाईएको छ ।

दैलेखमा ११२ अर्ब घटनमिटर ग्यास रहेको पुष्टि भएपछि प्रधानमन्त्रीद्वारा खुशी व्यक्त

काठमाडौं । दैलेखको जलजलेमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भण्डार रहेको पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिदै खुशी व्यक्त गरेका हुन् ।
‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध – आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ । यो खुशीको समाचार हो ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध उजुरी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध उजुरी परेको छ ।
चौधरीविरूद्व जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो । उनीविरूद्व चेक अनादर आरोपमा उजुरी परेको प्रहरीले जानकारी दिएको छ ।
उनले एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादर गरेको आरोप छ ।
उनीविरूद्ध रोल्पाका ठेकेदार धात बुढामगरले जाहेरी दिएका हुन् ।

आलमलाई सफाइ दिने दुवै न्यायाधीशलाई न्याय परिषदमा तानियो

काठमाडौं । कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेको थियो ।
न्याय परिषदमा यसअघि नै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले मानेका थिएनन् ।
यसबीचमा थारुमाथि दुर्व्यवहारसमेत भएको थियो । आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।
तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर चर्चा भयो । उनीहरूविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए ।
परिषदको विहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर उनीहरूलाई कार्यक्षेत्रबाट तानिएको हो ।

तीन दलका शीर्ष नेताको बैठक स्थगित

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश हाललाई स्थगन भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
बुुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ बाहिर रहेकाले आज दिउँसो ३ बजेका लागि सारिएकामा पुनः २ बजे बस्ने भएको थियो ।

नेशनल लाइफमा अध्यक्षसहित पाँच जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारण सभाले संस्थापक र सर्वसाधारण समुहका पाँच जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाले संस्थापक समुहबाट कुशल मल्ली, पवन बहादुर पाडे र प्रेमा राज्य लक्ष्मी सिंह निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित सञ्चालकहरुमध्ये प्रेमा राज्य लक्ष्मी सिंह हाल कम्पनी सञ्चालक समितिकी अध्यक्ष रहेकी छिन् । उनको नेतृत्वमा नेशनल लाइफले उल्लेख्य प्रगति गर्न सफल भएको छ ।
त्यस्तै, सभाले सर्वसाधारण समुहबाट भवानी राणा र कुलदिप शरण सिंह सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् । हाल रहेको समितिमा समेत सञ्चालकको भूमिकामा रहेर उनीहरुले कम्पनीको प्रगतिमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका छन् ।
सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन प्रस्ताव बमोजिम कुल पाँच जना निर्विरोध निर्वाचित गरेको हो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र हिल्टन होटेलबीच संभौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौं स्थित हिल्टन होटेलमा विषेश छुट दिने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र हिल्टन होटेल बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिने भएको छ ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिदै आएको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...