राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण, वित्तीय क्षेत्र सुरक्षित बनाउने १२ योजना सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकलाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप औपचारिक रूपमा राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको छ । बैंक तथा वित्तीय संस्थामा साइबर जोखिम न्यूनीकरण र सुरक्षाका उपायहरू सुदृढ गर्न यो पहल गरिएको हो ।
यो रोडम्याप फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्रा.लि. का प्रमुख कार्यकारी चिरञ्जीबी अधिकारीको अगुवाइमा तयार पारिएको हो । सूचना प्रविधि तथा सुरक्षा क्षेत्रका प्रमुख सरोकारवालाहरूको संयुक्त प्रयासले तयार गरिएको रणनीतिक योजनालाई भविष्यका साइबर खतरासँग लड्न ‘माइलस्टोन’ मानिएको छ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईसीटी विज्ञ डा। शालिग्राम पराजुली, सीएसआरआई महासचिव डा. भोजराज घिमिरे र सचिव बन्दना शर्माले अनुसन्धान तथा विकासको महत्त्वमा जोड दिए । क्यान महासंघका महासचिव चन्द्रबिलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले संस्थागत प्रतिबद्धता दोहोर्‍याए ।
एनसीईआरटी उपाध्यक्ष सुमन शर्मा र बोर्ड सदस्य रोजिना डाँगीले नयाँ फिनसीईआरटी निर्माण, साइबर सचेतना र समन्वयात्मक प्रतिक्रिया प्रणालीको महत्त्वबारे प्रकाश पारे।
रोडम्यापले साइबर सुरक्षालाई सुदृढ बनाउन १२ वटा मुख्य बुँदा प्रस्ताव गरेको छ
१। सीआईएसओ अनिवार्य नियुक्ति र उच्चस्तरीय आईटी जोखिम समिति गठन
२। फिनसीईआरटी नेपालको स्थापना र साइबर घटना व्यवस्थापन
३। एनपीसीईआरटीसँग एकीकरण र साझा साइबर खुफिया
४। सीएसआरआई र क्यान महासंघसँग सहकार्य अनुसन्धान र तालिमका लागि
५। त्रैमासिक जोखिम मूल्यांकन र शून्य(विश्वास सुरक्षा मोडेल
६। डिजिटल भुक्तानी सुरक्षामा सुधार
७। २४ ७ सुरक्षा अपरेसन केन्द्र (एसओसी) स्थापना
८। तेस्रो पक्ष र क्लाउड सुरक्षाको अनुपालन
९। वार्षिक साइबर सुरक्षा तालिम र जनचेतना अभियान
१०। छात्रवृत्ति कोष र नवप्रवर्तन प्रवर्द्धन
११। नियमित अडिट र अनुपालन अनुगमन
१२। कडा प्रवर्तन र गैर(अनुपालनमा कारबाही
यसैगरि, छात्रवृत्ति कोषमार्फत विश्वविद्यालयस्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने र नवप्रवर्तन प्रवर्द्धन गर्न उद्योग–शैक्षिक सहकार्यलाई समेत जोड दिइएको छ ।
राष्ट्र बैंकले रोडम्याप अनुसार तत्कालै सीआईएसओ नियुक्ति, आईटी समिति गठन, फिनसीईआरटी को सुरुवात जस्ता कार्यहरू थाल्ने जनाईएको छ। दीर्घकालीन रूपमा पहिलो अनुपालन अडिट र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।
साइबर सुरक्षा विज्ञहरूको सहकार्यबाट तयार पारिएको यो रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वसनीय बनाउन दीर्घकालीन मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

LEAVE A REPLY