काठमाण्डौैं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका छन् ।
आर्थिक वर्ष २०८२, ८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको जनाए ।
उनले भने,‘अहिले देशको आर्थिक अवस्था हेरेर दुखी हुनु पर्दैन् । त्यति निराशाजनक छैन् अर्थतन्त्र । ठिक छ । त्यति नराम्रो अवस्था केही छैन् । हामीसँग पैसा पनि छ । हामीसँग विदेशी विनिमयहरु पनि छन् । खाली विनियोजनमा कसरी जाने भन्ने विषय हो ।’
उनले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने धारणा राखे ।
उनले पैसा,विदेशी विनिमयहरुहरु पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको औंल्याए ।
उनले भने,‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन् । खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ । हामीसँग पैसा छ । विदेशी विनिमयहरु छ तर ग्रोथको लागि ड्राइभर छैन् ।’
गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएतापनि अहिले लयमा फर्किएको दाबी गरे ।
देशको अर्थतन्त्र लयमा फर्किएको गर्भनर पौडेलको दाबी
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत ः परराष्ट्र मन्त्रालय
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन मद्दत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले प्रेस नोट बाचन गर्दै यस्तो जनाएका हुन् ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।
‘सम्मेलनका क्रममा प्रधानमन्त्रीसँग भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल,इजिप्टलगायतका मित्रराष्ट्रहरूको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’, परराष्ट्र सचिव राईले भने, ‘साथै नेपाल र संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत पुगेको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत बनाउन मद्दत पुगेको छ ।’
रिलायबल नेपाल लाइफको विलम्ब शुल्कमा छुट पाइने आज अन्तिम दिन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा छुट पाइने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार २० अर्थात आजसम्म विभिन्न पोलिसीको विलम्ब शुल्कमा शत प्रतिशत छुट प्रदान गर्दै आएको हो ।
उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले आर्थिक वर्ष २०८१, ८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोहीअन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्धारा बाजुरास्थित लक्ष्मी माध्यामिक विद्मालयमा अध्ययनरत आर्थिकस्थिति कमजोर भएका तथा पढाईमा अब्बल रहेका विधार्थीहरुलाई अध्ययनलाई सहज होस् भन्ने हेतुका साथ एक कार्यक्रमकाबीच स्कुल ब्याग वितरण गरेको छ ।
यस्तै, पाटन नगरपालिका–०१ मेल्चौरा बैतडीस्थित सिद्धेश्वर माध्यामिक विद्मालयलाई बैंकको पाटन–बैतडी शाखाद्धारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ । ८०० विद्यार्थी र ३० जना कर्मचारी रहेका विद्मालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो ।
त्यसैगरी, बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुरस्थित वैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्मान्न सामाग्री प्रदान गरेको छ । साथै, काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ क्वाँटोल, चण्डेश्वरीस्थित मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । साथै, यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुनसक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ ।
त्यसैगरी, प्रहरी वृत मालीगाउँ काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत मालीगाँउ, काठमाडौंलाई स्थलगत रुपमा खटिने प्रहरीहरुलाई सहज होस् भन्ने उद्धेश्यका साथ खानेपानी वितरण गरेको छ । साथै, रोटरी क्लब अफ वीरगञ्जको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैंडाकोटको सहकार्यमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
आइएमई लाइफ इन्स्योरेन्सद्वारा एभरेष्ट क्लबमा पुग्न सफल घिमिरे सम्मानित
काठमाडैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०८१, ०८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब ‘एभरेष्ट क्लब’ मा पुग्न सफल सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेलार्य सम्मान गरेको छ ।
आफ्ना अभिकर्ताहरुलाई प्रेरणा तथा हौसल्ला प्रदान गर्ने उद्देश्यले उक्त सम्मान गरिएको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, विभागीय प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उक्त सम्मान कार्यक्रममा घिमिरेका श्रीमान तथा परिवारका सदस्यहरुलाई समेत उपस्थिति गराई हौसल्ला प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले यो सम्मान केवल “एभरेष्ट क्लब” मात्र नभई जीवन बीमा व्यवसायमा निष्ठा, लक्ष्यप्रति प्रतिबद्धता र कठिन परिश्रमको सम्मान हो । कम्पनीले विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्दै आएको छ र यसले सम्पूर्ण अभिकर्ताहरुलाई अझ ऊर्जावान र प्रेरित बनाउने जनाए ।
मन्जुश्री फाईनान्सद्वारा आँखा अस्पताललाई दुई थान एसी हस्तान्तरण
काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो वीरगंज शाखा मार्फत आरएम केडिया आँखा अस्पताल, वीरगंजलाई दुई थान एसी हस्तान्तरण गरेको छ ।
बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल हाल १७५ बेड मार्फत बिरामीहरुलाई सेवा पुर्याउदै आइरहेको छ ।
प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनज़र राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको हो ।
समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न साखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको छ ।
मन्जुश्रीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ । मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको जनाएको छ ।
हालसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्प पीडितको टहरामा ढुंगा खस्दा दिदी–बहिनीको मृत्यु
सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै घरका दिदी बहिनीको भिरमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला र १४ वर्षीया चमेली रहेको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए ।
बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेका थिए । राति ९ बजेतिर भिर माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए ।
प्रहरीसमेत घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यस्तै, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुहुने संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्नेगरी निर्धारण गरिएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची तय गरिएको छ । महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको काम कारबाहीका बारेमा छलफल गरिनेछ ।
पूर्वाधार विकास समितिको बैठकमा ‘विद्युत् विधेयक, २०८०’ ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ र सुनकोसी मरिण डाइभर्सन आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची तय भएको छ ।
प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।
सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने जनाएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो ।
यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।
यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे ।
यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो । विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।
बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरे । स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए ।
केहीबेरअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका छन् ।
विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटि सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले पार्टी नेतृत्वका विषयमा नलागी विधान महाधिवेशनमा जुट्न निर्देशन दिए । “पार्टीको नीति र विधिको तय आसन्न विधान महाधिवेशनले गर्ने भएकाले प्रदेश, जिल्ला, पालिका, वडा, टोल कमिटीमा व्यापक छलफलको आयोजना गरी सोहि अनुसार साङ्गठनिक पद्धतिमा रहेर कमिटीको प्रतिवेदन मार्फत ल्याउन लाग्नु होला”, महासचिव पोखरेलले भने, “सबै तहका पार्टी कमिटीबाट आएका सुझावका आधारमा पार्टीको आगामी नीति, विधि र नेतृत्व छनोटको मापदण्ड तय हुन्छ ।”
उनले नेताहरुलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्न आग्रह गरेका छन् । बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कठिन भूगोलका बाबजुद पार्टीका सदस्यता नवीकरणदेखि आन्तरिक साङ्गठनिक जीवनमा कर्णालीले उत्साहप्रद काम गरिएको जनाए ।
कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाहले एमाले नेतृत्वको सङ्घ र प्रदेश सरकारले गरेको राम्रा कामको प्रचारमार्फत नागरिकमा आशा जगाउनु अहिलेको प्रमुख दायित्व भएको धारणा राखे ।