मन्जुश्री फाईनान्सद्वारा आँखा अस्पताललाई दुई थान एसी हस्तान्तरण

काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले आफ्नो वीरगंज शाखा मार्फत आरएम केडिया आँखा अस्पताल, वीरगंजलाई दुई थान एसी हस्तान्तरण गरेको छ ।
बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पताल नेपाल नेत्र ज्योति संघको नेतृत्वमा चल्दै आएको छ । सुरुवातमा ५ ओटा बेडबाट सुरु भएको अस्पताल हाल १७५ बेड मार्फत बिरामीहरुलाई सेवा पुर्याउदै आइरहेको छ ।
प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनज़र राख्दै मन्जुश्री फाईनान्सले आरएम केडिया अस्पताललाई एसी सहयोग गरेको हो ।
समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न साखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको छ ​। ​
मन्जुश्रीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ । मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको जनाएको छ ।
हालसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY