काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले आर्थिक वर्ष २०८१, ८२ को चौथो त्रैमासमा विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोहीअन्तर्गत बैंकको मार्तडी–बाजुरा शाखाद्धारा बाजुरास्थित लक्ष्मी माध्यामिक विद्मालयमा अध्ययनरत आर्थिकस्थिति कमजोर भएका तथा पढाईमा अब्बल रहेका विधार्थीहरुलाई अध्ययनलाई सहज होस् भन्ने हेतुका साथ एक कार्यक्रमकाबीच स्कुल ब्याग वितरण गरेको छ ।
यस्तै, पाटन नगरपालिका–०१ मेल्चौरा बैतडीस्थित सिद्धेश्वर माध्यामिक विद्मालयलाई बैंकको पाटन–बैतडी शाखाद्धारा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरेको छ । ८०० विद्यार्थी र ३० जना कर्मचारी रहेका विद्मालयमा शौचालयको आवश्यकता रहेको तथा सम्भावित सरुवा रोगहरुबाट बच्न सहयोग पुगोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको हो ।
त्यसैगरी, बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुरस्थित वैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्मान्न सामाग्री प्रदान गरेको छ । साथै, काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ क्वाँटोल, चण्डेश्वरीस्थित मदन आश्रित आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीहरुका लागि राउण्ड टेबल नेपालको सहकार्यमा शैक्षिक सत्र २०८२ को लागि छात्रवृति वितरण कार्यक्रम सम्पन्न गरेको छ । साथै, यस बैंकको कलैया शाखाले गर्मीको समयमा उच्च तापक्रमको कारणले हुनसक्ने असजिलो कम गर्न निःशुल्क सर्वत पानी वितरण गरेको छ ।
त्यसैगरी, प्रहरी वृत मालीगाउँ काठमाडौंलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत मालीगाँउ, काठमाडौंलाई स्थलगत रुपमा खटिने प्रहरीहरुलाई सहज होस् भन्ने उद्धेश्यका साथ खानेपानी वितरण गरेको छ । साथै, रोटरी क्लब अफ वीरगञ्जको सहकार्यमा १० थान कृत्रिम खुट्टा तथा १० थान कृत्रिम हात वितरण गर्न आर्थिक सहयोग गरिएको छ भने रोटरी क्लब अफ गैंडाकोटको सहकार्यमा नवदुर्गा आधारभूत विद्यालयमा शौचालय निर्माणको लागि आर्थिक सहयोग गरिएको छ । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
Home अर्थतन्त्र महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न