Page 2

श्रीनगर एग्रीटेक इण्डष्ट्रिजले पायो आईपीओ निष्कासन अनुमति

काठमाडौं । श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३२ लाख ६५ हजार ५०० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

सिन्धुलीबाट हराएका भनिएका हायु परिवार पोखरामा भेटिए

पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका भनिएका हायु परिवारका सदस्यहरू पोखराको गगनगौंडामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवारका १६ जनालाई नै गगनगौंडामा फेला पारिएको जानकारी दिए ।
एसपी ओलियाका अनुसार उनीहरू गाडी रिजर्भ गरेर पोखरा आएका थिए । उनीहरू शनिबार लेकसाइडस्थित होटेल जननीमा बसेका थिए । आइतबार होटेलबाट निस्किएका उनीहरू सोमबार गगनगौंडामा भेटिएका हुन् ।
“प्रारम्भिक रुपमा कुराकानी गर्दा २० हजार रुपैयाँमा गाडी भाडामा लिएर सपरिवार उनीहरू पोखरा आएका रहेछन् । शनिबार लेकसाइडमा रहेको होटल जननीमा बसेर आइतबार निस्किएको देखिन्छ” उनले भने, “१६ जना हराइरहेको समाचार सोमबार प्रकाशन र प्रसारण भएपछि होटल सञ्चालक सुनिल भुर्तेलले हामीलाई जानकारी गराए । त्यसपछि सीसीटीभीको आधारमा उनीहरूको लोकेसन पत्ता लाग्यो ।”
उनीहरु स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा भेटिएको एसपी ओलियाले जनाए । उनीहरुले पोखरामा ज्यामी काम गर्नका लागि आएको जनाउँदै डेरा लिएका थिए ।
परिवारकै १६ जना केहीदेखि सम्पर्कविहीन भएको खबर सोमबार दिनभर नै चर्चामा रहेको थियो । घरमा सोमबार प्रहरीसहितको टोली पुग्दासमेत कोही नभेटिएपछि सम्पर्कविहीन भएको भन्दै उनीहरुको खोजी व्यापक बनाइएको थियो ।

प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको जनाएका छन् ।
मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गरेका छन् । ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ’, प्रधानमन्त्री ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
नागपञ्जमी वातावरण सन्तुलनको प्रतीकको पर्व भएको उनले उल्लेख गरेका छन् । ‘आज नागपञ्चमी पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ’, उनले लेखेका छन् ।
प्रकृतिको संरक्षण गर्ने सन्देश नेपाली समाजको प्राचीन सभ्यता भएको प्रधानमन्त्री ओलीले स्मरण गराएका छन् । ‘प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
आजको दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । ‘हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्, यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ, सबैलाई नागपञ्चमीको शुभकामना’, प्रधानमन्त्री ओलीले भने ।

आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ।
नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ।
नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ।
आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ।
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो छ।
नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ।
वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ।नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ।

काठमाण्डौं महानगरको कर्मचारी भन्दै १३ लाख असुल्ने व्यक्ति पक्राउ

काठमाण्डौं । प्रहरीले काठमाण्डौं महानगरपालिकाको कर्मचारी भन्दै १३ लाख २५ हजार असुल्ने व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भई हाल काठमाण्डु महानगरपालिका–६ बस्ने २८ वर्षीय राजु लामा रहेका छन् ।
उनले काठमाण्डौं महानगरपालिका–३१ स्थित वडा एरियामा आफू काठमाण्डौं महानगरपालिकाको सरसफाइ कर्मचारी हुँ भन्दै प्रत्येक घरबाट रकम उठाउने गरेकाले प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा उनी महानगरपालिकाको कर्मचारी नभएको तर पटक–पटक गरी हालसम्म १३ लाख २५ हजार असुली गरेको र नगद ६ हजार ५००, रसिद, बिलबिजक ५ थान, कोटेश्वर बेष्ट कन्सर्नको महसुल कार्ड ९ थान, नेपाल फूलबारी सेवा प्रालिको सरसफाइ शुल्क कार्ड २ थान बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले जनाएका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल तथा आवश्यक निर्णहरु हुनसक्ने जनाईएको छ ।

वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौं–तराई मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने जनाएका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले द्रूतमार्गले काठमाडौंलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि सडकलाई सम्पन्न गर्नुपर्ने जनाएका हुन् ।
“द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु”, प्रधानमन्त्री ओलीले लेखेका छन् ।
उनले काठमाडौं–तराई, मधेश द्रूतमार्ग मुलुकको रणनैतिक महत्त्वको सडक आयोजना भएकाले नेपाली सेनाले निर्माण गरिरहेको उल्लेख गरेका छन् ।

पुरानो लाभांश लिन सूर्यज्योति लाइफको आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई आग्रह गरेको छ।
कम्पनीले पारित गरेको लाभांश हालसम्म पनि केही शेयरधनीले नलिएकोले त्यस्तो शेयरधनीको विवरण शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको जनाएको छ।
यसका साथै कम्पनीले शेयर अभौतिकीकरण, विवरण अद्यावधिक र डिम्याट नवीकरण गर्न पनि आग्रह गरेको छ। लाभांश पारित भएको लामो समयसम्म पनि शेयरधनीले नलिए लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनु पर्ने नियम छ।

 

सिद्धार्थ बैंकका कर्मचारीको कोषको रकम सञ्चय कोषमा जम्मा गर्ने सम्झौता

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंकबीच बैंकमा कार्यरत कर्मचारीहरुको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको छ ।
सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरुको कोषकट्टी रकम नियमित रुपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम रु. १,५८,३०,१८,२१७.२० समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।
सिद्धार्थ बैंकमा हाल १,९५५ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात् बैंकका कर्मचारीहरुले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरु समेत उपयोग गर्न सक्ने छन् । बैंकका कर्मचारीहरुले नियमानुसारको अवधि तथा प्रकृया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।
यस्तै¸ कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलव्ध गराउँदै आएको छ । जसअनुसार, साधारण रोगको उपचारको लागि वार्षिक रू। १ लाखसम्म र कडा रोगको लागि सेवा अवधिभरमा रू. १० लाख सम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ ।
दुर्घटना क्षतिपूर्ति बापत रू. २ लाखसम्म तथा काजकिरिया अनुदान रू. ४० हजार निजका हकवालाले प्राप्त गर्ने गरेका छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसूती बढीमा दुई पटकसम्म रू. ७ हजार ५ सय समेत प्रदान गर्दै आएको छ ।
कोषमा हालसम्म ५९१ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भइसकेका छन् । कूल ८१,६५० कार्यालयका ५,७९,००० सञ्चयकर्ताहरुको सञ्चय कोषको व्यवस्थापन सञ्चय कोष मार्फत भइरहेको छ । साथै, ४,२९० कार्यालयका ९५,७७३ योगदानकर्ताहरुको योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्थापन समेत कोषले गर्दै आइरहेको छ ।
नेपाल सरकारले आर्थिक ऐन, २०८२ मा संशोधन गरी साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू कर्मचारी सञ्चय कोष जस्ता अवकाश कोषमा आबद्ध हुनु पर्ने व्यवस्था गरेसँगै बैंक तथा वित्तीय संस्थाहरु कर्मचारी सञ्चय कोषमा आबद्ध हुने क्रम बढ्दै गएको छ ।
गत असार ३१ गते आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी आर्थिक ऐन, २०८२ को दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषहरू २०८३ साल असार मसान्तभित्र कर्मचारी सञ्चय कोष लगायतमा अनिवार्य आबद्ध हुनु पर्ने व्यवस्थाको जानकारी गराएको थियो ।

सागर डिष्टिलरीले साढे १४ करोडको आईपीओ निष्काशन गर्ने

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले १४ करोड ५२ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उक्त कम्पनीलाई आज आईपीओ निष्काशनको अनुमति दिएको हो ।
सेबोनबाट अनुमति पाएसँगै कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुने १४ करोड ५२ लाख रुपियाँको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशनको तयारी शुरु गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...