Page 8

हिमालयन बैंकको एफपीओमा करीब १८ लाखको आवेदन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गते बुधबारदेखि आज साउन ४ गते आइतबारसम्म खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा १७ लाख ८६ हजार ७ सय ८२ जनाको आवेदन परेको छ ।
बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्काशन गर्न अनुमति पाएको थियो ।
उक्त आईपीओ ९ लाख २५ हजार ३७ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्काशन गर्न लागेको हो ।
एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ ।

भिजन इनर्जी र व्हाइट लोटस पावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त कम्पनीले ८३ करोड रुपियाँ बराबरको ८३ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो ।
कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै एनआइएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
यता, व्हाइट लोटस पावर लिमिटेडले पनि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १२ करोड १९ लाख रुपियाँ बराबरको १२ लाख १९ हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग गरेको हो ।
कम्पनीले यसअघि नै आईपीओ निष्काशन प्रयोजनका लािग नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

नेकपा एस र राष्ट्रिय एकता अभियानबिच आज एकीकरण हुँदै

काठमाण्डौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानबिच शुक्रबार एकीकरण हुँदैछ । गत शुक्रबार अभियानका संयोजक गौतम र नेकपा एसका अध्यक्ष नेपालबिच साउन २ गते एकीकरण गर्ने सहमति भएको थियो ।
सोही सहमतिअनुसार उनीहरूबीच एकता घोषणा हुन लागेको हो । गौतमलाई नेकपा एसमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ । हाल एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता, सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा छन् । गौतम खनालपछिको वरीयतामा हुनेछन् ।
५ वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका नेता गौतम अन्ततः नेपाल नेतृत्वको नेकपा एसमा समाहित हुन पुगेका हुन् ।
यस अगाडि नै गौतम नेकपा एसमा जान खोजे पनि त्यसवेला गौतमले मागेको पद अध्यक्ष नेपालले दिन आनाकानी गरेपछि एमालेमा जान छलफल चलाएका थिए ।
एमाले अध्यक्ष केपी ओलीले पनि एमालेमा आएपछि गौतमलाई उचित जिम्मेवारी दिने तर विधान महाधिवेशनले पद व्यवस्थापन गर्ने जनाएका थिए ।
गौतम एमालेमा समाहित हुन तयार नै देखिएपनि एमालेको सचिवालय बैठकले गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ भन्ने मात्रै निर्णय गरेपनि एमालेले उनलाई खासै वास्ता गरेको थिएन ।
२०७८ सालमा नेकपा एमाले विभाजित भएपछि गौतम ओलीसँग असन्तुष्ट बन्दै सोही पार्टी छाडेका थिए । त्यही बेला माधव नेपाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न पुग्दा अलग्गै बसेका थिए । नेकपाकालमा ओली र प्रचण्डबिच अन्तरविरोध चुलिँदा गौतम प्रचण्डरमाधवतिर लागेका थिए ।

श्रमिकको सम्मानबिना समृद्धि सम्भव छैन ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमबिना प्रगति र श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको जनाएका छन् ।
सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको जनाउँदै प्रधानमन्त्री ओलीले श्रमिकको सम्मानबिना समृद्धि सम्भव नरहेको जनाएका हुन् ।
‘श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौँ । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन् ।’
श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने प्रधानमन्त्री ओलीको भनाई छ । ‘अहिले सरकारले हिजो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुने छ । जय श्रमिक, जय नेपाल ’

एमाले पोलिटब्युरो बैठक आज, विधान संशोधन प्रस्तावमाथि छलफल हुने

काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्ने भएको छ । दिउसो १ बजे बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव भट्टराईले जानकारी दिए ।

साफ यू–२० महिला च्याम्पियनसिप ः नेपालले श्रीलंकालाई हरायो

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।
बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकाल्दै नेपालले चौथो जित दर्ता गरेको हो ।

राप्रपाका चार नेताको विज्ञप्ति ः अध्यक्ष लिङ्देनको निर्णयले पार्टीमा क्षति पुग्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको विवाद सतहमा आएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान उल्लंघन गरेर स्वेच्छाचारी क्रियाकलाप गरेको चार नेताको आरोप छ ।
वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमसेर राणा र कुन्ती शाहीले बिहीबार विज्ञप्ति निकालेर अध्यक्ष लिङ्देनका कारणले पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका हुन् ।
‘विधानको व्यवस्था अनुरुपको विधि, संख्या र सीमा नाघेर एकलौटी रुपमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यहरु थप्ने र हटाउने कार्य यस अघि पनि पटक–पटक हुँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधानको अक्षरशः पालना हामी सबैको प्रमुख कर्तब्य भए पनि जिम्मेवार तहबाटै विधानको उपेक्षा र उल्लंघन हुनु, स्वेच्छाचारिता सतहमा आउनु दुस्खद घटनाक्रम हो ।’
पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको घरमा भएको बैठकमा नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले पूर्ववत् जिम्मेवारीमै रहेको जनाएको विज्ञप्तिमा दाबी गरिएको छ ।
बैठकमा लिङ्देन, लोहनी, पूर्वअध्यक्ष पशुपति शम्सेर जबरा, नवराज सुवेदी, नेता हरिबहादुर बस्नेतको उपस्थिति भएको बेला अध्यक्षले उक्त अभिव्यक्ति दिएको उल्लेख गरिएको छ ।
सुवेदीलाई अध्यक्ष लिङदेनले भनेको बोलीबारे लेखिएको छ, ‘दाइ पार्टीमा पूर्ववत् रुपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस् ।’ सुवेदीलाई अनुशासन समितिबाट हटाइएकोप्रति आपत्ति जनाइएको छ ।
महामन्त्री राणा भारतमा क्यान्सरको उपचार गरिरहेको बेला सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको उनीहरुको दाबी छ ।
क्रियाशील नेतालाई श्रृंखलावद्ध रुपमा कारबाही हुँदा पार्टीपंक्ति र जनमानसमा शंका र प्रश्नहरु उब्जिएको उनीहरुले विज्ञप्तिमा लेखेका छन् ।

विद्यालाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको प्रधानमन्त्रीको धारणा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिले नै पार्टी नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको धारणा व्यक्त गरेका छन् । पत्रकार विजकुमार पाण्डेलाई दिएको अन्तरवार्तामा अध्यक्ष ओलीले यस्तो जनाएका हुन् ।
‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन’, ओलीले भनेका छन्, ‘दोस्रो, पार्टी काम छाडेर धेरै वर्ष बाहिर बस्नुभएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको सङ्गठनात्मक अनुभव उहाँसित छैन ।’
अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा पार्टीमा छलफल पनि नभएको प्रस्ट पारेका छन् । ‘अरूसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढङ्गले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन’, ओलीको भनाइ छ ।
पूर्व राष्ट्रपति भण्डारीले असार १४ गते पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा आउने जनाएकी थिइन् । साथै उनले पार्टीमा सक्रिय हुँदा आगामी दिनमा नेतृत्व गर्ने जनाएकी थिइन् ।

नेपाल लाइफका राजु भण्डारीः वर्षदिनमा एक करोड २८ लाख प्रिमियम संकलन, डबल समृद्दि पदकले सम्मानित हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ताप्लेजुङ शाखामा आवद्ध भइ बीमा व्यवसाय गरीरहेका राजु भण्डारीले ऐतिहासिक सफलता हासिल गरेका छन् । कम्पनीको ताप्लेजुङ शाखा कार्यालयमा उत्कृष्ट व्यवसाय गर्दै आएका भण्डारीले आर्थिक वर्ष २०८१–८२ मा कुल एक करोड २८ लाख रुपैयाँको बीमा व्यवसाय गरी आफ्नै रेकर्ड तोड्न सफल भएका हुन्
भण्डारीले कम्पनीको ताप्लेजुङ शाखमा आएका हरेक बीमितको समस्या समाधानमा अग्रपंतीमा रहेका काम गरीरहेका छन् । ताप्लेजुङ जस्तो भौगोलिक रुपमा बिकट मानिएको ठाँउबाट पनि नेपाल लाइफले ल्याएको बार्षिक लक्ष्य हासिल गराउन ताप्लेजुङका हरेक व्यक्तिको हौसला तथा बीमा गरीदिन आग्रह गरेको भण्डारीले जनाए ।
पहिले सिंगल समृद्दि पदकले सम्मानित भएका राजु भण्डारीलाई यो पटक भने नेपाल लाइफले डबल समृद्दि पदकले सम्मान गर्ने भएको छ । कम्पनीले उक्त सम्मान काठमाडौंको सोल्टी होटल भव्य कार्यक्रम आयोजना गरी उपलब्ध गराउने भएको छ ।
घर परिवारको पूर्ण साथ पाएका भण्डारीलाई बीमा व्यवसायमा विभिन्न लक्ष्यप्राप्तीमा ठूलो सहयोग भएको छ । ताप्लेजुङ शाखा कार्यालयको वार्षिक लक्ष्यको १८ प्रतिशत व्यवसाय उनै भण्डारीले गरेका छन् । उनले असार महिनामा मात्रै ५२ लाख बढी रुपैयाँको प्रिमियम संकलन गर्न सफल भएका छन् ।
हक्कि स्वभावका धनि भण्डारीलाई कम्पनीका सञ्चालक देखि व्यवस्थापनका उच्च पदाधिकारीले समेत बधाई तथा हौसला र सहयोग गर्ने गरेका छन् । कम्पनीको केन्द्रिय कार्यालय रहेको कमलादीमा समेत उनै भण्डारीको चर्चा चल्ने गरेको पाइएको छ ।
ताप्लेजुङ शाखा प्रमुख मिलन राई ४ महिना अघि मात्रै खोटाङबाट सरुवा भई ताप्लेजुङ आएका हुँन् । ताप्लेजुङ शाखाको वार्षिक लक्ष्य ७ करोड रहेको शाखा प्रवन्धक मिलन राईले जानकारी दिए
ताप्लेजुग जिल्ला साविक हाङदेवा गाविस वडा नं ९ बुङकुलुङमा आमा कमला भण्डारी र रोमनाथ भण्डारीको कोखबाट जन्म लिएका भण्डारी दोस्रो सन्तान हुँन् ।

सेयर बजारमा ७९.८२ अंकको उछाल, कारोबार रकम १६ अर्ब ५९ करोड

काठमाडौं । सेयर बजारमा गत भदौ यताकै उच्च कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा कुल १६ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि भने २०८१ भदौ ११ मा कुल १८ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो । गत वर्षको साउन ३१ मा सेयर बजारमा कुल २९ अर्ब ३० करोडको कारोबार हुँदै कारोबार रकममा नयाँ रेकर्ड कायम भएको थियो ।
बिहीबार बारोबारसँगै सूचकमा पनि उत्साह छाएको छ । आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९.८२ अंक अर्थात् २.८५ प्रतिशतले बढेर २८७४.६० बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ३४.६१ अंकले र मंगलबार ३४.४६ अंकले बढेको थियो ।
बिहीबार नेप्सेमा कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको घटेको छ ।
ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा चार कम्पनीको सेयर मूल्यमा नौ प्रतिशत माथिको वृद्धि भएको देखिन्छ ।
बिहीबार बैंकिङ समूहको सेयर मूल्य १.८७ प्रतिशत, विकास बैंकको २.०५ प्रतिशत, फाइनान्स समूहको ३.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ३.१५ प्रतिशतले उकालो लागेको छ ।
यस्तै, लगानी समूहको सेयर मूल्य ३.३३ प्रतिशत, जीवन बिमा समूहको ३.१९ प्रतिशत, उत्पादन समूहको २.९३ प्रतिशत, लघुवित्त समूहको २.६७ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.४० प्रतिशतले बढेको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...