हिमालयन बैंकको एफपीओमा करीब १८ लाखको आवेदन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गते बुधबारदेखि आज साउन ४ गते आइतबारसम्म खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) मा १७ लाख ८६ हजार ७ सय ८२ जनाको आवेदन परेको छ ।
बैंकले असार २२ गते नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १५७ रुपियाँका दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्काशन गर्न अनुमति पाएको थियो ।
उक्त आईपीओ ९ लाख २५ हजार ३७ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
बैंकले जारी पुँजीको कम्तीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार एफपीओ निष्काशन गर्न लागेको हो ।
एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ ।

LEAVE A REPLY