Page 10

सानिमा जीआईसी इन्स्यारेन्सको नाफा १०.१३ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्ष असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ३१ करोड ८१ लाख रुपैयाँको तुलनामा १०.१३ प्रतिशतले बढी हो ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको नाफा, बीमाशुल्क आर्जन तथा प्रतिशेयर आम्दानी सबैमा उल्लेख्य वृद्धि भएको हो ।
कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बढी हो। कम्पनीको बीमाकोष पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेको बीमाकोष २२.२९ प्रतिशतले वृद्धि भई ४ अर्ब ४ करोड रुपैयाँ नाघेको छ ।
कम्पनीको कुल आम्दानी १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको १ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी हो । कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ । तर, अभिकर्तालाई दिइने कमिसन खर्च भने ३ करोड ७२ लाख रुपैयाँबाट बढेर ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ ।

राष्ट्रिय सभा र ५ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः४५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०, ८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नेछन् ।
त्यसैगरी, आज पाँचवटा संसदीय समितिको बैठक पनि बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण तथा छलफल गर्ने कार्यक्रम छ ।
उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल हुनेछ ।
कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ ।
सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ ।
यसैगरी विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।

टप एन्ड टी – २० मा नेपाल र एनटी स्ट्राइक आज खेल्दै

काठमाण्डौं । नेपालले टप एन्ड टी–२० शृङ्खलाको पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको एनटी स्ट्राइकसँग खेल्दैछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा बिहीबारदेखि टप एण्ड टी–२० सिरिज सुरु भएको हो। २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन्।
सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ए), बंगलादेश ए र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन्।
नेपालले नकआउट चरणअघिको लिग चरणमा नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ए, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।
लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ। नेपाल फाइनलसम्म पुगे कुल ८ खेल खेल्नेछ।
नेपालले दोस्रो खेल १६ अगस्टमा बंगलादेश ए र तेस्रो खेल १८ अगस्टमा मेलबर्न स्टार्स, चौथो खेल १९ अगस्टमा होबार्ट हुरिकेन्स, पाँचौं खेल २० अगस्टमा मेलबर्न रेनेगेड्स र अन्तिम लिग खेल २२ अगस्टमा पाकिस्तान शाहीन्स विरुद्ध खेल्नेछ।
नेपाली टोलीले टप एण्ड टी–२० सिरिजपछि थप पाँच अभ्यास खेल खेल्ने छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने जनाएको छ ।
शृंखलाअन्तर्गत नेपालले भदौ १० गते सीटीविरुद्ध दुई टी–२० खेल खेल्नेछ। त्यसपछि नेपालले भदौ १२ गते साउथ अस्ट्रेलियाविरुद्ध पुनः दुई टी–२० खेल्ने छ। त्यसको २ दिनपछि नेपाल र साउथ अस्ट्रेलियाले १ एकदिवसीय खेल खेल्ने छन्।
नेपाल आगामी असोजमा ओमानमा हुने टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा गएको हो।
टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुँदैछ। ९ टोली सहभागी छनोटमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ।
छनोटमा तीन समूहबाट शीर्ष दुई–दुई टोली सुपर सिक्समा पुग्नेछन् भने त्यसपछि शीर्ष तीनमा रहने टोली टी (२) विश्वकपमा छनोट हुनेछ।

नागढुंगा सुरूङ मार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क निर्धारण, कसलाई कति ?

काठमाडौं । नागढुंगा सुरुङमार्गबाट सवारी आउजाउ गर्दा लाग्ने शुल्क सरकारले निर्धारण गरेको छ ।
साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले दस्तुर दरलाई सवारी प्रकार र दिशा अनुसार फरक–फरक तोकेको हो। दरअनुसार कार र भ्यानले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनी बस र ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको हो । बस तथा ठूला ट्रकलाई प्रवेशमा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ।
त्यस्तै, भारी उपकरणसहित प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने तोकिएको हो ।

अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न. ११ बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०–१५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवासुविधा अन्नपूर्ण न्यूरो हस्पीटल मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलका तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजूरेल र मार्केटीङ म्यानेजर पे्रम कुमार दाहाल तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारको संयुक्त हस्ताक्षर बिच सम्पन्न भएको हो ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

अनिल झाले गरे सद्‌भावना पार्टी पुनर्गठन

काठमाडौं । नेपाल सद्‌भावना पार्टी पुनर्गठन भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्‌भावना पार्टी पुनर्गठन गरेका हुन्।
उनले पुनर्गठन गरेको पार्टीलाई हिजोमात्रै निर्वाचन आयोगले मान्यता दिएको छ।
मधेशवादी ६ वटा दल एकीकरण हुँदा सद्भावना पार्टी ०७४ सालदेखि निष्क्रिय थियो।
झा २०७४ सालको चुनावमा रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। झा खानेपानीमन्त्री समेत भए। २०७९ को चुनावमा भने उनी पराजित भएका थिए।
उनी पुनः लोसपा छाडेर सद्‌भावना पार्टीमा सक्रिय भएका हुन्।
झाले समृद्ध मधेश र अधिकार सम्पन्न मधेशी समुदाय भन्ने पार्टीको स्थापित मान्यताका लागी क्रियाशिल हुने जनाएका छन्।
उनले आफ्नो नेतृत्वमा गरिएको पुर्नगठनलाई निर्वाचन आयोगले औपचारिक रुपमा मान्यता प्रदान गरेको जानकारी समेत दिए। अब पछि परेका समूदायको पहिचान, पहुंच, प्रतिनिधित्व, प्रदेश र प्राकृतिक श्रोत एवं राजस्वको बाँडफाँडमा समान अधिकारका लागी अर्थात मजबुत संघीयता र अर्थपूर्ण समावेशीकरणकोपक्षमा संघर्षरत रहने झाले जनाएका छन्।
अध्यक्ष झाले संघियता कार्यान्वयनमा प्रदेश सरकारहरुले देखाईरहेको उदासिनता र केन्द्र सरकारको उपेक्षाभाव पार्टीको चिन्ता रहेको धारणा राखे।
पुनर्गठित नेपाल सद्भावना पार्टीले सुकुम्बासी समस्या लगायत कुनै पनि समस्याको बहानामा भै रहेको मधेशको भूमि बितरण कार्य लाई अबिलम्ब रोक्न सरकार संग माग गरेको छ भने मधेश लगायत देश भरका किसानले भोगीरहको रासायनिक मलको कमीको समस्याको अबिलम्ब समाधानको लागी केन्द्र र प्रदेश सरकारहरुसंग माग गरेको छ। अध्यक्ष झाले नेपाल सद्भावना पार्टीको ३६ वर्षको यात्रा पार गर्दै बर्तमान स्वरुप पुनः ग्रहण गर्दासम्म यसबीचमा गरिएका सबै प्रकारका कार्यहरुको स्वामित्व ग्रहण गर्ने जनाएका छन्।

प्रधानमन्त्री ओली भदौ १४ गते चीन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा बेइजिङमा आयोजना हुँदैछ ।

सानिमा जीआईसीको नाफासँगै ईपीएस पनि बढ्यो

काठमाडौं । सानिमा जीआईसी इन्स्यारेन्स लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा र ईपीएससँगै आम्दानी पनि बढेको हो।
कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन कम्पनीले अघिल्लो आवको यसै अवधिमा कमाएको ३१ करोड ८१ लाख रुपैयाँको तुलनामा १०.१३ प्रतिशत बढी हो।
त्यसैगरी गत आवमा कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरको हो। अघिल्लो आवमा कमाएको २ अर्ब ५१ करोड रुपैयाँको तुलनामा १.३३ प्रतिशतले बीमाशुल्क आर्जन बढेको छ।
यता कम्पनीको बीमाकोष अघिल्लो वर्ष ३ अर्ब ३० करोड रुपैयाँ रहेकोमा गत वर्ष २२.२९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड रुपैयाँ नाघेको वित्तीय विवरणले देखाएको छ।
गत वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ४३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुग्दा कुल खर्च भने ९९ करोड ६७ लाख रुपैयाँबाट घटेर ९७ करोड ६३ लाख रुपैयाँमा झरेको छ।
कुल खर्च घटेपनि कम्पनीको अभिकर्तालाई दिने कमिसन भने बढेको देखिएको छ। अघिल्लो वर्ष कम्पनीले अभिकर्ता कमिसनमा ३ करोड ७२ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष भने ४ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी पनि १५.९१ रुपैयाँबाट बढेर १६.३० रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ १५२.१२ रुपैयाँ कायम भएको छ। चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ६४ लाख, जगेडा कोषमा १८ करोड ३२ लाख र अन्य इक्विटीमा १३ करोड १० लाख रुपैयाँ छ।

एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश वित्तीय सूचकमा चमक देखिएको हो।
अघिल्लो आवको असार मसान्तसम्म १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आवको असार मसान्तसम्म ९.६६ प्रतिशतको वृद्धि सहित १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।
त्यसैगरी अघिल्लो वर्ष ६४ करोड ५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ४६.६२ प्रतिशत वृद्धि गर्दै ९३ कराड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
कम्पनीको बीमा कोषको आकार पनि २ अर्ब ८५ करोड रुपैयाँबाट १८.६४ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।
यता कम्पनीको कुल आम्दानी १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यद्यपि कम्पनीको प्रतिशेयर आम्दानी भने ९.५५ रुपैयाँबाट घटेर ६.२८ रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ १७७.०६ रुपैयाँ कायम भएको छ।
चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ७४ रुपैयाँ, शेयर प्रिमियम २७ करोड १९ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्ब ८१ करोड मुनाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) मा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा गत वर्ष ४९.५३ प्रतिशत बढी नाफा कमाएको हो।
बैंकले अघिल्लो वर्ष १० अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १० अर्ब ८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। बैंकको कुल आम्दानी पनि ११ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
आम्दानी बढेसँगै बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष ४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ३१.५९ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
नाफा र आम्दानी वृद्धि भएपछि अघिल्लो वर्ष १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।
बैंकको प्रतिशेयर आम्दानी पनि १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ।
चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरी त्यसबाट ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...