काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्र्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–ईले लाभांश (प्रतिफल) घोषणा गरेको छ ।
एमएमबि बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त सरल बचत फण्ड–ईले लाभांश प्रतिफल घोषणा गरेको हो ।
क्यापिटलका अनुसार २०८२ असार मसान्त कायम इकाइ पुँजी ३ अर्ब ३५ करोड ९१ लाख ३२ हजार रुपियाँ बराबरको करसहित ४.२७ प्रतिशत अर्थात् १४ करोड ३४ लाख ३४ हजार ९४० रुपियाँबराबर नगद प्रतिफल वितरण गर्न लागिएको हो ।
हिजो साउन १५ गतेसम्म कायम रहेका इकाइधनीले मात्रै घोषित लाभांश पाउनेछन् ।
यस योजनका इकाइधनीको प्रतिफल रकममा करकट्टी गरी सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइने क्यापिटलले जनाएको छ । साथै, पुनः लगानी नगर्ने इकाइधनीलाई लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिनेछ ।
एनएमबि सरल बचत फण्ड–ईद्वारा रु १४.३७ करोड लाभांश बाँड्ने घोषणा
नबिल बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न
काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ऋणपत्र ‘७५ नबिल डिबेन्चर २०८९’ बाँडफाँट गरेको छ ।
बैंकले ३ अर्ब रुपियाँबराबरको प्रतिऋणपत्र १ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमा १८ लाख कित्ता व्यक्तिगत तवरबाट, ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा बिक्री खुला गरिएको थियो ।
सोही अवधिमा रीतपूर्वक आवेदन दिएकाहरूलाई साउन १५ गते ऋणपत्र बाँडफाँट गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
सुनको मूल्य ५ सय घट्यो
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ३५ रुपियाँ बघटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलाको १ लाख ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २ हजार २ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।