Page 19

एनएमबि सरल बचत फण्ड–ईद्वारा रु १४.३७ करोड लाभांश बाँड्ने घोषणा

काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्र्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–ईले लाभांश (प्रतिफल) घोषणा गरेको छ ।
एमएमबि बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त सरल बचत फण्ड–ईले लाभांश प्रतिफल घोषणा गरेको हो ।
क्यापिटलका अनुसार २०८२ असार मसान्त कायम इकाइ पुँजी ३ अर्ब ३५ करोड ९१ लाख ३२ हजार रुपियाँ बराबरको करसहित ४.२७ प्रतिशत अर्थात् १४ करोड ३४ लाख ३४ हजार ९४० रुपियाँबराबर नगद प्रतिफल वितरण गर्न लागिएको हो ।
हिजो साउन १५ गतेसम्म कायम रहेका इकाइधनीले मात्रै घोषित लाभांश पाउनेछन् ।
यस योजनका इकाइधनीको प्रतिफल रकममा करकट्टी गरी सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइने क्यापिटलले जनाएको छ । साथै, पुनः लगानी नगर्ने इकाइधनीलाई लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिनेछ ।

नबिल बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडले साउन ६ देखि १० गतेसम्म निष्कासन गरेको ऋणपत्र ‘७५ नबिल डिबेन्चर २०८९’ बाँडफाँट गरेको छ ।
बैंकले ३ अर्ब रुपियाँबराबरको प्रतिऋणपत्र १ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमा १८ लाख कित्ता व्यक्तिगत तवरबाट, ६० हजार कित्ता सामूहिक लगानी कोषलाई र ११ लाख ४० हजार कित्ता सर्वसाधारणमा बिक्री खुला गरिएको थियो ।
सोही अवधिमा रीतपूर्वक आवेदन दिएकाहरूलाई साउन १५ गते ऋणपत्र बाँडफाँट गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

सुनको मूल्य ५ सय घट्यो

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय र चाँदीको मूल्य प्रतितोला ३५ रुपियाँ बघटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलाको १ लाख ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २ हजार २ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

लेटेष्ट समाचार

भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा...

कीर्तिपुरमा पार्किङमा राखिएको गाडीमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पार्किङ गरेर राखिएको गाडीमा आगजनी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । मंगलबार बिहान ११ः२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ...

हर्क साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्कलाई प्रवेश...

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङ जानकी मन्दिर जाने भएपछि मंगलबार उनको स्वागतमा नेता कार्यकर्ता...