काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्र्गत सञ्चालित एनएमबि सरल बचत फण्ड–ईले लाभांश (प्रतिफल) घोषणा गरेको छ ।
एमएमबि बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त सरल बचत फण्ड–ईले लाभांश प्रतिफल घोषणा गरेको हो ।
क्यापिटलका अनुसार २०८२ असार मसान्त कायम इकाइ पुँजी ३ अर्ब ३५ करोड ९१ लाख ३२ हजार रुपियाँ बराबरको करसहित ४.२७ प्रतिशत अर्थात् १४ करोड ३४ लाख ३४ हजार ९४० रुपियाँबराबर नगद प्रतिफल वितरण गर्न लागिएको हो ।
हिजो साउन १५ गतेसम्म कायम रहेका इकाइधनीले मात्रै घोषित लाभांश पाउनेछन् ।
यस योजनका इकाइधनीको प्रतिफल रकममा करकट्टी गरी सम्बन्धित इकाइधनीको हितग्राही खातामा पठाइने क्यापिटलले जनाएको छ । साथै, पुनः लगानी नगर्ने इकाइधनीलाई लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिनेछ ।