काठमाडौँ । नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लिबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंक र मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारीहरु र ग्राहकवर्गलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।
भदौ २ गते भएको उक्त सम्झौताको पत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. को तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराइले हस्ताक्षर गरेका थिए ।
नेपाल बैंक र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच छुट सम्बन्धी सम्झौता
शेयर बजारमा ९.२२ अंकको गिरावट, ५ अर्बको कारोबार
काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार तल झरेसँगै कारोबार रकम पनि ५ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.२२ अंकले घटेको हो । ०.३३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७५७.९७ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि आज निर्जीवन बीमा समूह ०.१४ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भए ।
आज ३१९ कम्पनीका १ करोड ६८ लाख ५५ हजार ९ सय ६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड १ लाख ४ हजार ८ सय १६.५५ रुपियाँ बराबरको कारोबार भएको छ ।
हिजो जस्तै आज पनि विकास हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले नाफा कमाए ।
त्यस्तै जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.६५ प्रतिशतले नाफा कमाएका छन् ।
आज हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ९ लाख ५० हजार ३ सय १.६० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार २७.१४ अंकले घट्दा ७ अर्ब ७३ करोड ५१ लख १९ हजार ९४.६३ रुपियाँ, सोमबार ९.१६ अंकले बढ्दा अर्ब १७ करोड ९८ लाख ५५ हजार २ सय ९.५२ रुपियाँ, मंगलबार ६.५१ अंकले बजार बढ्दा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपियाँ र हिजो बुधबार ९.७० अंकले बजार घट्दा ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८ सय ६८.०२ रुपियाँ बराबरको कारोबार भएको थियो ।
सिटिजन्स बैंकले बागमतीका वरिष्ठ कर्मचारीहरुसँग गर्यो कार्य प्रगति समीक्षा
काठमाडौं । सिटिजन्स बैंकले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती अ सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ ।
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल , उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थिति थियो । सेमिनारमा गत आर्थिक बर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे थियो ।
हालै मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको हो ।
बागमती केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकको छ ।
बैंकले आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
समीक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०–८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपियाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपियाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपियाँ बढी हो ।
खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपियाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।
देशैभरी ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट १९ लाख २९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच तलबी बचत खाता र सरल कर्जा सम्बन्धी सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
टेलिकमको प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सविना मास्के प्रधान र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हस्ताक्षर गरे ।
“वाणिज्य बैंकले नेपाल टेलिकमका सेवानिवृत्त कर्मचारीका लागि पेन्सन खाता सञ्चालन गर्नुका साथै कार्यरत कर्मचारीका लागि तलबी बचत खाता, पेसाकर्मी सरल कर्जा र अन्य सेवासुविधा उपलब्ध गराउनेछ”, सम्झौतापत्रमा उल्लेख छ ।
विसं २०२२ माघ १० गते स्थापना भएको वाणिज्य बैंकले हाल ७७ वटै जिल्लामा रहेका तीन सय १० वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।
बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कमजोर रहेको छ । यद्यपी बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस्तै, दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थान र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, कोशी प्रदेशको तराइ र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिँदै सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
नेपालको भू–भागमा नेपालकै सहमति बेगर गरिने सहमति अमान्य ः राजन भट्टराई
काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं परराष्ट्र विज्ञ डा. राजन भट्टराईले हालै लिपुलेकलाई भारत र चीनले व्यापारिक केन्द्र बनाउने सहमति गरेकोप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा आज बिहान भट्टराईले नेपाली र अंग्रेजी दुवै भाषामार्फत धारणा सार्वजनिक गर्दै नेपालको भू–भागका मामिलामा नेपालको सहमति बेगर नै गरिने सहमति नेपाललाई मान्य नहुने जनाएका हुन् । यसले नेपालको सार्वभौमिकतामा असर पुगेकोतर्फ संकेत गर्दै भट्टराईले लेखेका छन्, ‘नेपालको भू–भागका मामिला नेपालको सहमति बेगर गरिने सहमति वा सम्झौता नेपाललाई मान्य हुन सक्दैन । यो सार्वभौम सच्चाइ हो ।’
चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भदौ ३ गते लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमति गरेका थिए । यस विषयमा हिजो परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिपुलेक नेपालको अभिन्न भू–भाग भएको स्पष्ट पारेको थियो ।
मन्त्रालयले थप स्पष्ट पार्दै भनेको छ, ‘नेपालको संविधानमा देशको आधिकारिक नक्सा समावेश भइसकेको छ र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।’
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले ुवैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ु पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ुराष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका सेयर बिक्री गर्दै
काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४ लाख ४ सय ४ कित्ता सेयरहरु शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री आहवान गरेको छ ।
जसमा मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३ सय ७२ कित्ताको न्यूनतम मूल्य ३ सय र न्यूनतम आवेदन ५ हजार कित्ता, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य ३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९ सय ६८ कित्ताको न्यूनतम मूल्य ३ सय ३० र न्यूनतम आवेदन १ हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ताको न्यूनतम मूल्य १सय र न्यूनतम आवेदन १ हजार ३१५ कित्ता सेयरहरु बिक्रीमा राखिएका छन् ।
इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम १ सय तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंबाट प्राप्त गरी मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ बजेभित्र बुझाउनु पर्नेछ । प्राप्त बोलपत्रहरु मिति २०८२ साल भाद्र २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ ।
यस शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका सेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्र दाताहरुलाई बिक्री गरिनेछ । मुख्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावली अनुसार गर्ने छ ।
महालक्ष्मी विकास बैंकको लाभाशं वितरण क्षमतामा वृद्धि, खराब कर्जा सीमाभित्रै
काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१–८२ को समग्र वित्तीय परिसुचकहरुमा सकारात्मक सुधार गरेको देखिएको छ । बैंकले प्रकाशित गरेको उक्त आवको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा रु. ५०.०३ करोड पुगेको छ ।
यसअनुसार बैंकको लाभांश वितरण क्षमतामा वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्म बैंकले रु। ५६.२२ अर्ब निक्षेप संकलन गर्न सफल भएकोमा रु। ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ ।
कर्जा परिचालनमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रशितले वृद्धि गरेको हो । साथै आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्ममा शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ ।
महालक्ष्मी विकास बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । यस्तै, बैंकको पुँजी पर्याप्यता अनुपात पर्याप्त रहेको कारणले आगामी दिनहरुमा व्यवसाय वृद्धि गर्न कुनै पुँजीगत दबाब नरहने देखिन्छ ।
बैंकको गएको असार मसान्तसम्म कोष लागत प्रतिशत ४.५६ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४७ प्रतिशत कम हो । कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ । बैंकको आधार दर २०८२ साउन मसान्तसम्म ६.५४ प्रतिशत रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।
हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । बैंकले देशभर आफ्ना १०३ शाखा कार्यालय र आठ लाखभन्दा बढी ग्राहक रहेको जानकारी दिएको छ ।
माछापुच्छ्रे पोलिक्लिनिक र प्रभु बैंकबीच छुट दिने सम्झौता
काठमाडौं । पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखी २० प्रतिशत सम्म छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौता पत्रमा माछापुछ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रालिका तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
नेपालभर ३१२ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।