Page 8

एनएमबि बैंकको नयाँ अटो लोन योजना ः ७.१३ प्रतिशत ब्याजदरमै गाडी किन्न सकिने

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरूले केवल ७.१३ प्रतिशतको आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारी साधन किन्न सक्नेछन् ।
बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरुका लागि एनएमबि बैंकको यो अफर एक राम्रो अवसर हुनेछ ।
एनएमबि बैंकले यस अफरमार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरू उपलब्ध गराउने प्रतिबद्धताको एउटा उदाहरण हो । यस अफरबारे थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं ई–२४ मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधिमार्फत लिन सकिनेछ ।
एनएमबि बैंकले हाल देशभरि २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।
विभागले आज दिउँसो देशभर साधारणतया बदली रहनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । साथै, मधेश प्रदेशको तराईको एकदुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार, आज राति भने कोशी, गण्डकी लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र बाँकी तराई भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

काठमाण्डौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
समितिले प्राधिकरणको अध्यक्ष हुनको लागि उनको योग्यता अपर्याप्त रहेको, कानून अनुसार योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायत विषयमा प्रश्न गर्दै प्रतिवेदन बुझाएको थियो ।
गत १२ फागुनमा सरकारले ओझालाई बीमा कम्पनीहरूको नियामक निकायको अध्यक्ष नियुक्त गरेको थियो ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा शहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
यसबैगरी, आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेश गर्नेछन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

रवि लामिछानेको स्वास्थ्यमा समस्या, अस्पताल पठाइयो रगत

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए ।
सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।
‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि जस्तो लागेर जाँचका लागि उपसभापतिज्यूले पनि भन्नुभयो,’ झाले भने, ‘अहिले रगत परीक्षणका लागि पठाइएको छ ।’
रगतको रिपोर्ट भने आइनसकेको झाले जनाए ।
लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।
उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिमा पेश

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयकको प्रतिवेदन पेश भएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकमा समितिका सचिव दशरथ धमलाले समिति सभापति अम्मरबहादुर थापालाई विधेयकको प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदन समिति सदस्यहरुलाई वितरण गरिएपछि दुई दिनका लागि अध्ययनको समय दिइएको समिति सभापति थापाले जानकारी दिए । अध्ययन गरिसकेपछि बस्ने बैठकमा आउने सुझावहरुका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिइने उनले जनाए ।
उनले पूर्ण छात्रबृतिका विषयमा आफ्नो जोड रहेपनि राज्यले धान्न सक्ने गरि उत्तरदायी बन्नुपर्ने धारणा राखे । केही प्रतिशत निजी र केही प्रतिशत सरकारले थप गर्नेगरी विपन्नलाई पूर्ण छात्रबृतिमा अध्ययन गराउने वातावरण बनाउनुपर्ने उनले जनाए ।
त्यसअघि बैठकमा शिक्षामन्त्री रघुजी पन्तले विधेयकमा अधिकांश विषय सरकारले स्वीकार गरिसकेका विषय उल्लेख भए पनि अध्ययनका लागि दुई दिनको समय दिन आग्रह गरेका थिए ।
उनले विधेयक अघि बढाउन निकै ढिलाई भएकाले छिटो पारित गर्न पनि आग्रह गरे । समितिमा पेश भएको प्रतिवेदन अध्ययन गरेर भदौ ५ गते बस्ने बैठकमा छलफल गरेर प्रतिवेदन पारित गर्ने समितिको तयारी छ ।

गौर हत्याकाण्डको अनुसन्धान गर्न सर्वोच्च अदालतको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटमा भएको गौर हत्याकाण्डमा अनुसन्धान गरी मुद्दा दायर गर्न परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई छानबिन अघि बढाउन आदेश दिएको हो।
२०६३ चैत ७ गते गौरमा भएको घटनामा तत्कालीन माओवादीका २७ कार्यकर्ताको हत्या भएको थियो। पीडित परिवारले जाहेरी दिए पनि छानबिन नहुँदा सर्वोच्चमा रिट दायर गरेका थिए।
रिट दर्ता गर्ने त्रिभुवन साहलगायत पीडित पक्षले प्राप्त प्रतिवेदनका आधारमा दोषीमाथि मुद्दा चलाउन माग गरेका छन्।
२०६३ सालमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडप र २७ माओवादी कार्यकर्ता मारिएका थिए । तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष समेत रहेका हाल जसपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवमाथि समेत अनुसन्धान माग गर्दै माओवादी कार्यकर्ता साहले रिट दायर गरेका हुन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट दिने सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड प्रा।लि।को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५०० छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्नु सक्ने छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

स्वस्तिक लघुवित्तको आईपीओ भर्ने मंगलबार अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि निष्काशन खुला भएको आईपीओ आवेदन दिने भदौ ३ गते मंगलबार अन्तिम दिन हो ।
इच्छुक लगानीकर्ताहरुले मंगलबार कार्यालय समयभित्र उक्त कम्पनीको आईपीओका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
उक्त कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
दोस्रो चरणमा बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।
उक्त कम्पनीको शेयर १९ हजार ५ सय १४ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ता पाउने छन् ।

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ५ प्रतिशतले हुन आउने कुल २६ लाख ६ हजार ०६६.५४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...