स्वस्तिक लघुवित्तको आईपीओ भर्ने मंगलबार अन्तिम दिन

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि निष्काशन खुला भएको आईपीओ आवेदन दिने भदौ ३ गते मंगलबार अन्तिम दिन हो ।
इच्छुक लगानीकर्ताहरुले मंगलबार कार्यालय समयभित्र उक्त कम्पनीको आईपीओका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।
उक्त कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो।
दोस्रो चरणमा बाँकी १ लाख ९५ हजार १९५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।
उक्त कम्पनीको शेयर १९ हजार ५ सय १४ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ता पाउने छन् ।

LEAVE A REPLY