काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।
बैठकको कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने छन्।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्नेछन्। त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
यससँगै सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्ने भएको छ। सो समितिमा आव २०८१, ८२ को वार्षिक प्रतिवेदन र आव २०८२, ८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल हुने कार्यक्रम रहेको छ।
आज प्रतिनिधिसभाको बैठक बस्दै
प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए ।
यस्तै, उनले शिखर सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि सो सङ्गठनको संवाद साझेदार रहँदै आएको छ । सन् २००१ मा स्थापना गरिएको एससिओ सङ्गठन विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय सङ्गठनमध्ये एकका रूपमा विकसित भइसकेको छ । चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य राष्ट्रहरू हुन् ।
अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलङ्का, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सङ्गठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।
प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग भेटवार्ता गरेका थिए ।
त्यसैगरी, प्रधानमन्त्री ओलीले मङ्गलबार बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरे । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा। सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग उनका धर्मपत्नी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारी सहभागी छन् ।
म आफुले गरेको व्यवसायबाट सन्तुष्ट छु व्यवसायी लामिछाने
पछिल्लो समयमा विभिन्न व्यापार व्यवसायमा महिलाहरु पनि लाग्ने क्रम बढेको छ । विशेषगरी लघु, घरेलु तथा साना उद्योगमा महिलाको संलग्नता बढी देखिन्छ । यद्यपि महिलालाई व्यापार व्यवसाय गर्न अझै पनि चुनौतिहरु कायम छन् । कस्तो छ त महिला उद्यमीहरुको अवस्था ? शालीन व्यक्तित्वकी धनी तारा गाई फर्मकी सन्चाललिका महिला उद्यमी सरिता लामिछानेसँग कुटेखेलो डट कमकी इन्दिरा आचार्यले गरेको कुराकानीको सार
तपाईले यो व्यवसाय किन संचालन गर्नु भयो ? यसको मुख्य उद्येश्य के थियो ?
म एउटी महिला हुँ । महिलाले खास्सै ठुलो काम गर्न सक्दैनन भन्ने हामिहरुको समाजमा केहि न केहि गरौं भनेर म यो व्यवसायमा होमिएकि हुँ । र अहिले सहजै तरिकाले व्यवसाय संचालन गरिरहेकि छु । अहिलेसम्म यहाँ आएको उपभोक्ता दुःखी भएर जानु भएको छैन यसैमा खुसी लाग्छ ।
तपाईको व्यवसायले कसरी बजारमा स्थान जमाएको छ ?
हेर्नुस, हामीले उपभोक्तालाई भगवान सरह मान्छौं, हामीले उहाँहरुलाई खोज्न जानु पर्दैन, उहाँहरु टाढा टाढाबाट यहाँ आउने गर्नुभएको छ ।
तपाईले मुृख्य गरी कहाँको बजारलाई टार्गेट गरेर व्यवसाय संचालन गर्नु भएको हो ?
हामीहरुको बजार भनेका खासमा कीर्तिपुर नै हो , तर यहाँ कलंकी, मच्छेगाउँ, तिनथानालगायतका ठाउँबाट पनि उपभोक्ताहरु आउने गरेका छन ।
तपाईको व्यवसायको भविस्यका लागि के योजनाहरु छन ?
यो व्यवसायलाई अँझ विस्तार गर्ने विचार गरेकि छु । यसमा अरु नयाँ नयाँ आइटमहरु थपेर लाने, साथै भविस्यमा अरु ठाउँमा पनि यसकै शाखाजस्तो बनाउने विचार गरेकी छु ।
तपाईको व्यवसायमा परिवारको पनि सहयोग छ ?
छ, परिवारको सहयोग भएन भने त एक्लैले कसरी गर्नु र । हामी सवै परिवार मिलेर गरेका छौं ।
तपाईं एउटा महिला उद्यमी, देशभर महिला उद्यमीहरुको अवस्था के छ ?
अहिले महिला उद्यमीहरु धेरै बढेका छन् । तर उहाँहरुलाई प्याकेजिङ, बजारीकरण, कर्जा पाउन समस्या छ । महिला उद्यमी महासंघ र महिला उद्यमी समितिले उनीहरुलाई तालिममार्फत कसरी उद्यमशीलता विकास गर्ने ? आर्थिक सशक्तिकरण गर्ने ? भनेर हामी महिला व्यवयायी दिदि बहिनीहरुले छलफल पनि गर्ने गरेका छौं । । देशमा आर्थिक मन्दी व्याप्त भएपछि धेरै महिला उद्यमीहरुको व्यापार ठप्प जस्तै भएका कारण उहाँहरुलाई राहत दिन सकिन्छ भनेर पनि हामीबीच छलफल हुने गरेको छ । अहिले महिला उद्यमीहरुलाई धेरै राम्रो भएजस्तो लागेको छ ।
आर्थिक मन्दी पछि धेरै उद्योगधन्दा समस्यामा परेका छन् । उनीहरुलाई कसरी पुनस्थापन गर्न सकिएला ?
आर्थिक मन्दी भएपनि यो सधैभरी हुने होइन । यो मन्दी विस्तारै सहज हुँदै जाला । यस्तो बेलामा संयम भएर लगनशीलताका साथ व्यवसायमा लागे पछि राज्यले पनि केहि मात्रामा भएपनि सहुलिएत दिएपछि व्यवसायीलाई राहत हुने थियो । जस्तो महिलाहरुलाई सहुलियत कर्जा दिने भनेको छ । तर सबै महिलाले पाएका छैनन् । किन भन्दा उनीहरुले एउटा सरल व्यापार योजना पनि लिएर जानु हुन्न । उनीहरुले बैंकमा जाँदा मलाई ऋण चाहियो भन्दा बैंकले दिँदैन् । त्यस कारण मन्दीले ठप्प भएको व्यापार व्यवसाय उठाउन तालिम दिने, अनलाइन मार्केटिङ गर्न सिकाउने, उहाँहरुको क्षमता विकास गर्न तालिम दिएको खण्डमा उचित हुने थियो ।
तपाईंको कम्पनीको बारेमा पनि थोरै भन्दिनु न ?
म कीर्तिपुरको कलंकी रोडमा एउटा तारा गाई फर्म नामक दुध डरी सन्चालन गर्छु ।
कस्तो कम्पनी हो तपाईले संंचालन गरेको , यसका विशेषसताहरु के के छन ?
यो खासमा एउटा दुध डेरी हो । यसमा दुधबाट उत्पादन हुने हरेक किसिमका परिकारहरु पाईन्छन । साथै यहाँ अरु किराना सामान र मिठाईका परिकारहरु पाईन्छन ।
तपाईको कम्पनीमा किन उपभोक्ताहरु जाने ? के छ त्यस्तो खास तपाईको कम्पनीमा ?
हेर्नुस, मैले मेरै कम्पनीमा उपभाक्ताहरु आउनैपर्छ भन्ने छैन । तर मेरो कम्पनीमा कोहि आयो भने हामिले फेरी पनि यहाँ आउने बारावरण बनाउने गरेका छौं । हामिले यो कक्पनी नाफामुखी नभएर सेवामुलक भावनाले खोलेका हौं । जीवनमा सवैभन्दा ठुलो कुरा भनेको स्व्वस्थय हो । हामीले सडे गलेका र म्याद गएका सामानहरु बेच्दैनौ ।
तपाईको कम्पनी महँगो छ भन्छन हो ?
के कुरा गर्नुभएको मेरो कम्पनी महँगो छ भन्ने एउटा मात्र मान्छे ल्याईदिनुस म यो कम्पनी छोडेर जान तयार छु ।
तपाईको कम्पनीमा अरु के के सेवाहरु उपलव्ध छन ?
यहाँ ग्याँस पनि पाईन्छ, सबै खालका मिठाईहरु पाउनुका साथै विवाह भोज लगायतका कार्यक्रमहरुमा अर्डरसहित उपलव्ध गराउने गरेका छौं । र रासन पानी जस्तै दाल, चामल तेललगायतका सवै सामानहरु यहाँ पाईन्छ ।
अव त चाडपर्व पनि आउन लागे व्पापार त निक्कै होला हैन ?
हो, हामी व्यवसायीका लागि चाडपर्व भनेको उत्तम व्यापार हुने समय हो । यस्तो बेला अधिपछिको भन्दा लाभदायि हुन्छ ।
‘करिब ४ करोडसहित गोंगबुबाट पक्राउ परेका श्रेष्ठ मिटरब्याजी’
काठमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा करिब चार करोड रकमसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका मिटर सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ । उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदने गरेको देखिन्छ ।’
७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेका थिए । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । सुनको जाँच गर्न र तौल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।
निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौं । सङ्घीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० सर्वसम्मत रुपमा पारित गरेको हो ।
त्यसअघि बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उक्त विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री न्यौपानेले कुलिङ पिरियड, अवकाशको अवधि लगायतका विषयमा सौहार्दपूर्ण रुपमा विधायन समितिमा छलफल भएको र सर्वसम्मत रुपमा अघि बढाइएको जनाईन ।
उनले प्रशासकीय क्षेत्रको सुधार गर्दै संघीयतालाई बलियो बनाउन निजामती सेवा विधेयक निकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।
त्यसअघि मंगलबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सङ्घीय निजामती सेवा विधेयक २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेकी थिइन् ।
सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै सागर डिष्टिलरी
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आगामी भदौ २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गर्दै ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।
यस आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कम्पनीका कर्मचारीका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारणका लागि खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालयमार्फत तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ ।
मुक्तिनाथ क्यापिटल लिमिटेडले यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ । आईपीओ निष्कासन छिट्टोमा भदौ २९ गते र ढिलोमा असोज ३ गते बन्द हुने जनाएको छ । यसअघि कम्पनीले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको थियो ।
चाडबाड लक्षित सहुलियत पसल ३० भदौदेखि
काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी ३० भदौदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ८ भदौको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङलाई परिपत्र भइसकेको छ ।
खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ ।
खानेतेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुट दिइने जनाइएको छ । कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ ।
जिरा, धनिया, चियापत्ती र जिउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ । खाद्य व्यवस्था कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।
साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।
उपत्यकाबाहेक विभिन्न जिल्लामा साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउनेछ ।
साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच, तेलमा प्रतिलिटर सात र चिउरा, दाल, पिठो तथा मैदामा प्रतिकिलो समान सात रुपैयाँ छुट दिनेछ ।
यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।
चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
एनएमबि बैंकद्वारा विद्यालयमा स्कुल ब्याग हस्तान्तरण
काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित श्री अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रमबीच विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण गरेको छ ।
बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पु¥याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।
बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पु¥याउन सहयोग गर्ने लक्ष्य राखेको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृड बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमा एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्रकुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति रहेको थियो ।
बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
नेपालमा पछिल्लो समय स–सना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।
प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै
थियानजिन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन्।
चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ।
चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ।
भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ। सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ।