म आफुले गरेको व्यवसायबाट सन्तुष्ट छु व्यवसायी लामिछाने

पछिल्लो समयमा विभिन्न व्यापार व्यवसायमा महिलाहरु पनि लाग्ने क्रम बढेको छ । विशेषगरी लघु, घरेलु तथा साना उद्योगमा महिलाको संलग्नता बढी देखिन्छ । यद्यपि महिलालाई व्यापार व्यवसाय गर्न अझै पनि चुनौतिहरु कायम छन् । कस्तो छ त महिला उद्यमीहरुको अवस्था ? शालीन व्यक्तित्वकी धनी तारा गाई फर्मकी सन्चाललिका महिला उद्यमी सरिता लामिछानेसँग कुटेखेलो डट कमकी इन्दिरा आचार्यले गरेको कुराकानीको सार
तपाईले यो व्यवसाय किन संचालन गर्नु भयो ? यसको मुख्य उद्येश्य के थियो ?
म एउटी महिला हुँ । महिलाले खास्सै ठुलो काम गर्न सक्दैनन भन्ने हामिहरुको समाजमा केहि न केहि गरौं भनेर म यो व्यवसायमा होमिएकि हुँ । र अहिले सहजै तरिकाले व्यवसाय संचालन गरिरहेकि छु । अहिलेसम्म यहाँ आएको उपभोक्ता दुःखी भएर जानु भएको छैन यसैमा खुसी लाग्छ ।
तपाईको व्यवसायले कसरी बजारमा स्थान जमाएको छ ?
हेर्नुस, हामीले उपभोक्तालाई भगवान सरह मान्छौं, हामीले उहाँहरुलाई खोज्न जानु पर्दैन, उहाँहरु टाढा टाढाबाट यहाँ आउने गर्नुभएको छ ।
तपाईले मुृख्य गरी कहाँको बजारलाई टार्गेट गरेर व्यवसाय संचालन गर्नु भएको हो ?
हामीहरुको बजार भनेका खासमा कीर्तिपुर नै हो , तर यहाँ कलंकी, मच्छेगाउँ, तिनथानालगायतका ठाउँबाट पनि उपभोक्ताहरु आउने गरेका छन ।
तपाईको व्यवसायको भविस्यका लागि के योजनाहरु छन ?
यो व्यवसायलाई अँझ विस्तार गर्ने विचार गरेकि छु । यसमा अरु नयाँ नयाँ आइटमहरु थपेर लाने, साथै भविस्यमा अरु ठाउँमा पनि यसकै शाखाजस्तो बनाउने विचार गरेकी छु ।
तपाईको व्यवसायमा परिवारको पनि सहयोग छ ?
छ, परिवारको सहयोग भएन भने त एक्लैले कसरी गर्नु र । हामी सवै परिवार मिलेर गरेका छौं ।
तपाईं एउटा महिला उद्यमी, देशभर महिला उद्यमीहरुको अवस्था के छ ?
अहिले महिला उद्यमीहरु धेरै बढेका छन् । तर उहाँहरुलाई प्याकेजिङ, बजारीकरण, कर्जा पाउन समस्या छ । महिला उद्यमी महासंघ र महिला उद्यमी समितिले उनीहरुलाई तालिममार्फत कसरी उद्यमशीलता विकास गर्ने ? आर्थिक सशक्तिकरण गर्ने ? भनेर हामी महिला व्यवयायी दिदि बहिनीहरुले छलफल पनि गर्ने गरेका छौं । । देशमा आर्थिक मन्दी व्याप्त भएपछि धेरै महिला उद्यमीहरुको व्यापार ठप्प जस्तै भएका कारण उहाँहरुलाई राहत दिन सकिन्छ भनेर पनि हामीबीच छलफल हुने गरेको छ । अहिले महिला उद्यमीहरुलाई धेरै राम्रो भएजस्तो लागेको छ ।
आर्थिक मन्दी पछि धेरै उद्योगधन्दा समस्यामा परेका छन् । उनीहरुलाई कसरी पुनस्थापन गर्न सकिएला ?
आर्थिक मन्दी भएपनि यो सधैभरी हुने होइन । यो मन्दी विस्तारै सहज हुँदै जाला । यस्तो बेलामा संयम भएर लगनशीलताका साथ व्यवसायमा लागे पछि राज्यले पनि केहि मात्रामा भएपनि सहुलिएत दिएपछि व्यवसायीलाई राहत हुने थियो । जस्तो महिलाहरुलाई सहुलियत कर्जा दिने भनेको छ । तर सबै महिलाले पाएका छैनन् । किन भन्दा उनीहरुले एउटा सरल व्यापार योजना पनि लिएर जानु हुन्न । उनीहरुले बैंकमा जाँदा मलाई ऋण चाहियो भन्दा बैंकले दिँदैन् । त्यस कारण मन्दीले ठप्प भएको व्यापार व्यवसाय उठाउन तालिम दिने, अनलाइन मार्केटिङ गर्न सिकाउने, उहाँहरुको क्षमता विकास गर्न तालिम दिएको खण्डमा उचित हुने थियो ।
तपाईंको कम्पनीको बारेमा पनि थोरै भन्दिनु न ?
म कीर्तिपुरको कलंकी रोडमा एउटा तारा गाई फर्म नामक दुध डरी सन्चालन गर्छु ।
कस्तो कम्पनी हो तपाईले संंचालन गरेको , यसका विशेषसताहरु के के छन ?
यो खासमा एउटा दुध डेरी हो । यसमा दुधबाट उत्पादन हुने हरेक किसिमका परिकारहरु पाईन्छन । साथै यहाँ अरु किराना सामान र मिठाईका परिकारहरु पाईन्छन ।
तपाईको कम्पनीमा किन उपभोक्ताहरु जाने ? के छ त्यस्तो खास तपाईको कम्पनीमा ?
हेर्नुस, मैले मेरै कम्पनीमा उपभाक्ताहरु आउनैपर्छ भन्ने छैन । तर मेरो कम्पनीमा कोहि आयो भने हामिले फेरी पनि यहाँ आउने बारावरण बनाउने गरेका छौं । हामिले यो कक्पनी नाफामुखी नभएर सेवामुलक भावनाले खोलेका हौं । जीवनमा सवैभन्दा ठुलो कुरा भनेको स्व्वस्थय हो । हामीले सडे गलेका र म्याद गएका सामानहरु बेच्दैनौ ।
तपाईको कम्पनी महँगो छ भन्छन हो ?
के कुरा गर्नुभएको मेरो कम्पनी महँगो छ भन्ने एउटा मात्र मान्छे ल्याईदिनुस म यो कम्पनी छोडेर जान तयार छु ।
तपाईको कम्पनीमा अरु के के सेवाहरु उपलव्ध छन ?
यहाँ ग्याँस पनि पाईन्छ, सबै खालका मिठाईहरु पाउनुका साथै विवाह भोज लगायतका कार्यक्रमहरुमा अर्डरसहित उपलव्ध गराउने गरेका छौं । र रासन पानी जस्तै दाल, चामल तेललगायतका सवै सामानहरु यहाँ पाईन्छ ।
अव त चाडपर्व पनि आउन लागे व्पापार त निक्कै होला हैन ?
हो, हामी व्यवसायीका लागि चाडपर्व भनेको उत्तम व्यापार हुने समय हो । यस्तो बेला अधिपछिको भन्दा लाभदायि हुन्छ ।

 

LEAVE A REPLY