Page 6

सिद्धार्थ बैंकका ग्राहकहरुलाई वाटरफ्रन्ट रिसोर्टमा छुट दिने सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र वाटरफ्रन्ट रिसोर्ट प्रालिबिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार लेकसाईड, पोखरा स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

 

 

राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाइ खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सदभाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उनले सन्देशमा व्यक्त गरेका छन् ।
यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याइ आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना उनले सन्देशमार्फत गरेका छन् ।

 

बालुवाटार अगाडि सुदन गुरुङ समूहको नाराबाजी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडि सुदन गुरुङ समूहका युवाले मध्यराति नाराबाजी गरेका छन् । आफूहरुको आन्दोलन हाइज्याक भएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
“म चाहिँ लाशमाथि हिँडिरहेको थिएँ,” गुरुङले भनेका छन्, “यहाँ क–कसलाई मन्त्री बनाउने काम भइरहेको रहेछ ।”
नाराबाजीमा सहभागी युवाहरुले आन्दोलनको नेतृत्वकर्ता आफूहरु भएको जनाउँदै भनेका छन्– हाम्रो आन्दोलन हाइज्याक भयो ।”
गुरुङले आफूहरुले भनेको नमाने भोलि सबैलाई बाहिर निकाल्ने सार्वजनिक चेतावनी दिएका छन् ।

कुलमानसहित यी तीन मन्त्रीको शपथ आज

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले नेतृत्व गरेको अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार साँझ तीन नयाँ मन्त्रीहरू नियुक्त गरिएसँगै आज सोमबार उनीहरूले शपथ ग्रहण गर्दैछन् ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । घिसिङले विद्युत् क्षेत्रमा उल्लेखनीय सुधार गरेर व्यापक प्रशंसा कमाएका थिए ।
त्यस्तै, चर्चित कानुनविद् ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । अर्याल हालैसम्म काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहका कानुनी सल्लाहकार थिए ।
पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको नेतृत्व गर्ने जिम्मा दिइएको छ । अन्य मन्त्रीहरूको नाम भने टुंगो लागेको छैन । जेनजी आन्दोलनबाट बनेको कार्की सरकारले २१ फागुनमा चुनाव गर्ने निर्णय गरिसकेको छ ।
गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले काठमाडौं लगायत देशभरि प्रदर्शन गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । ओलीको राजीनामापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

 

तीन मन्त्री नियुक्त, भोलि शपथ

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ र अधिवक्ता ओमप्रकाश अर्याललाई कानुनका साथै गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलले तीन मन्त्रीको नियुक्ति भएको र शपथ सोमबार हुने जानकारी दिए ।
शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री चयन भएकी थिइन् । उनले आज जेनजीसहितको टीममा छलफल गरेर मन्त्री सिफारिस गरेसँगै राष्ट्रपतिले नियुक्त गरेका हुन् ।
शुक्रबारबाटै मन्त्री चयनका लागि प्रधानमन्त्री कार्कीले संवाद गरिरहेको दाबी गरिएको थियो । तर, धेरै गैरराजनीतिक व्यक्तिले दाबी गरेपछि मन्त्री चयनमा सकस देखिएको जनाईएको छ ।

 

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त

काठमाडौं । महान्यायाधीवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल नियुक्त भएकी छिन् ।
आज प्रधानमन्त्री सुशिला कार्कीले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई सरकारको महान्यायाधीवक्ता नियुक्त गरेका हुन् ।

 

सुधन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट

काठमाण्डौं । जेनजी आन्दोलनका विषयमा भइरहेको विवाद लगायतका विषयमा ‘हामी नेपाली’ नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।
आईतबारको पत्रकार सम्मेलनका क्रममा हामी नेपाल नामक संस्थाका सुधन गुरुङले धारणा राखिरहँदा विवाद भएको हो ।
मृतकको परिवारसँग बसेर सुधनले मिडियासँग साक्षात्कार गरिरहेका थिए । पत्रकारले सोधेका प्रश्नहरूको उत्तर दिइरहेका थिए ।
तर अचानक उनलाई बाहिरबाट प्रेस मिटमा छिरेका व्यक्तिले सोध्छन्, ‘ठूलो परिवर्तन भयो भन्नुभयो, आज प्रधानमन्त्रीले पदभार ग्रहण गर्नुभएको छ । ५१ जना मान्छे मारेर ल्याएको परिवर्तन यो ६ महिने अन्तरिम सरकारका लागि हो ? प्रत्यक्ष कार्यकारीको मुद्दा कहाँनेर तपाईंहरूले कार्यान्वयन गर्न सक्नुभएको छ ? तपाईंहरूले सदन विघटन गर्नुभयो, त्यसको असर कहाँ पुगेको छ तपाईंहरूलाई ?’
यसपछि सुधनले सोध्छन्, ‘कहाँसम्म पुगेको छ, हजुर नै भन्नु न त ’ प्रश्नकर्ताले भन्छन्, ‘अब केही पनि हुँदैन, ६ महिनापछि तिनै नेता आउँछन् ।’ सुदनले भन्छन्, ‘हामी फेरि आन्दोलन गर्छौं । आउनै दिन्नौं । नेताहरूलाई घरबाट निस्किनै दिन्नौं ।’
सुदन यतिमै रोकिँदैनन्, ‘एकछिन ल गाइज’ भन्दै थप्छन्, ‘मैले मान्छे मारेको होइन नि त ’
प्रश्नकर्ताको प्रश्नले सुधन रिसाउँछन् । चिच्याउँदै बोल्छन्, ‘८० वर्षको इतिहासमा यो परिवर्तन भएको छ, के यो परिवर्तन होइन ? आगलागी हामीले गरेको हो ? हामीले सुरुवात होइन, अन्त्य चाहिँ गरिदिएको हो ।’
यसपछि प्रेसमिटमा हंगामा मच्चिन्छ । सबै मान्छे आआफ्नै सुरमा बोल्न सुरु गर्छन् । सुधन पोडियमबाट बाहिरिन्छन् ।
आफू नेपालको छोरा भएकाले भारतीय भन्ने काम नगर्न उनले चेतावनी दिए । उनले सुरुमै भने, ‘तपाईंको भारतीय फेक सुधन गुरुङ यही हो । फेक भारतीय सुदन गुरुङ है, म नेपालको छोरो हो । मलाई भारतीय भन्ने काम नगर्नुहोला । कुनै मिडिया, कुनै व्यक्तिले मेरो प्रतिष्ठामा प्रहार गर्ने काम नगरिदिनु, प्लिज म एउटा मात्रै झण्डको मुनि छु अहिलेसम्म, त्यो मेरो देशको झण्डा हो । कहिले भारतीय भन्या छ, कहिले के भन्या छ, कहिले बारबरा फाउन्डेसन, कहिले फ्री–तिव्बत भन्छ, कहिले चाइजिन भन्छ । हो, मेरो आँखा त त्यस्तै छ ।’

दशैंका लागि सुकिला नोट वितरण आजदेखि सुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि दशैंका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ ।
राष्ट्र बैंकले दशैंका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।
बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैंक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि नै नोट सहटी गर्नसक्ने अवस्था रहेको जनाएको छ ।

सोमबारबाट सुपथ मूल्य पसल संचालन हुँदै

काठमाडौं । सोमबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सहुलियत पसल संचालन गर्ने भएको छ ।
कम्पनीले देशभर १ सय ११ स्थानमा सहुलियत पसल संचालन गर्ने भएको हो । पसल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुनेछ । गत वर्ष खाद्यले ६३ स्थानमा मात्रै पसल संचालन गरेको थियो, यस वर्ष भने दुर्गम ठाँउहरुमा पसल बढाएको खाद्यले जनाएको छ ।
यस पटक भने सामान खरिदका लागि अनलाइन प्रणली पनि संचालनमा ल्याएको छ । अनलाइनबाट सामान अर्डर गरेमा होम डेलिभेरीको पनि व्यवस्था गरिएको खाद्यले जनाएको छ । उक्त डेलिभरीमा चार्ज लाग्ने छैन । तर सामान अर्डर ५ हजार रुपियाँ भन्दा माथिको हुनुपर्ने छ ।
यस्ता पसलहरु काठमाडौं उपत्यकामा थापाथली, रामशाह पथ,नख्खु दक्षिणकाली लगायतका ठाँउमा संचालन हुनेछन् । पसलहरुमा चामल, चिनी,दाल, तेल, चिउरा जस्ता अत्यावश्यक वस्तुहरुमा ५ देखि १० रुपियाँसम्म छुट दिने व्यवस्था गरेको छ ।
पसल संचालनका लागि सरकारले २ करोड ५२ लाख रुपियाँ बजेट छुट्याएको छ ।
खाद्य पसल संचालनमा आउने भए पनि खसीबोका बिक्रीमा भने खाद्य अन्योलमा परेको छ । यस वर्ष करिब २ हजार खसीबोका र च्याङग्रा बिक्री गर्ने तयारी गरेको कम्पनीले जेनजीको आन्दोलनमा कारण खसीबोका बिक्री गर्ने कि नगर्ने भन्नेमा अन्योल नै रहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले जानकारी दिए ।
आन्दोलनले गर्दा अधिकांश मानिसहरु विछिप्त रहेकाले कति ल्याउने वा न्याउने भन्ने कुरामा अल्झिएको उनले जनाए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा यस बारेमा जानकारी गराएको र मन्त्रालयले जे निर्णय गर्छ त्यही अनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।

बन्दीपुर केबलकारको आईपीओ सोमबार दिउँसो बाँडफाँट हुँदै

काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको भदौ ११ गतेदेखि १५ गतेसम्म निष्काशन खुला भएको आईपीओ सोमबार दिउँसो बाँडफाँट गर्ने तयारी गरिएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार सोमबार दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
उक्त कम्पनीको आईपीओका लागि २५ लाख १२ हजार १२२ जनाले २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपिायँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०।७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
जसमध्ये ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित छुट्याइसकेर बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको हो ।
उक्त कम्पनीको शेयर ४ लाख ३४ हजार १ सय ८ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

 

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...