काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको भदौ ११ गतेदेखि १५ गतेसम्म निष्काशन खुला भएको आईपीओ सोमबार दिउँसो बाँडफाँट गर्ने तयारी गरिएको छ ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार सोमबार दिउँसो ४ बजे आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
उक्त कम्पनीको आईपीओका लागि २५ लाख १२ हजार १२२ जनाले २ अर्ब ९८ करोड ६९ लाख ४४ हजार रुपिायँ बराबरको २ करोड ९८ लाख ६९ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी २ अर्ब ८३ करोड रुपियाँको २०।७० प्रतिशत अर्थात् ५८ लाख ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० अंकित दरमा ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
जसमध्ये ५ लाख ६६ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोष, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीलाई सुरक्षित छुट्याइसकेर बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता शेयर कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको हो ।
उक्त कम्पनीको शेयर ४ लाख ३४ हजार १ सय ८ जनाले १०–१० कित्ताका दरले पाउने छन् ।