Page 11

सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन्।
राजशाही वारियर्सले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो। यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन्।उक्त टीमले लामिछानेलाई स्वागत गर्दै हिमालयन म्याजिक भनेको छ।
बीपीएलमा पहिले अनुभव भएका लेग स्पिनर लामिछानेले यसअघि प्रतियोगितामा सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गरेका थिए।
उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए। आगामी संस्करणको बीपीएल आउँदो डिसेम्बर २६ बाट सुरु हुनेछ।
अन्तर्राष्ट्रिय क्रिकेटमा प्रदर्शन प्रभावशाली रहँदै आएका सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १२९ विकेट लिएका छन्। समग्रमा उनले आफ्नो करियरमा १६० टी–२० खेलमा २३७ विकेट लिएका छन्।

चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिको सुझाव

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१, २०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनले सो चुनावलाई प्रभावित नुहने गरी काम गर्न पनि सरकारलाई सुझाव दिए ।
राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१, २०८२ को वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।
राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरुसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रुपमा निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

यस्तो छ एमालेको महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरिएको छ।
बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहनेछ, जसमा ५ जना खुल्ला, ३ जना महिला र १ जना युवा रहनेछन्।
यसैगरी, खुल्ला कोटाबाट १ सय २५ जना केन्द्रीय सदस्य चयन हुनेछन्। उक्त कोटामा ७१ जना खुल्ला, ५२ जना महिला र २ जना युवा समावेश गरिएका छन्।
समावेशी संरचना अन्तर्गत
आदिवासी–जनजातिबाट २५ जना (खुल्ला १५, महिला ८, युवा २),
मधेसीबाट १९ जना (खुल्ला ११, महिला ६, युवा २),
दलितबाट १२ जना (खुल्ला ७, महिला ४, युवा १),
थारु समुदायबाट ८ जना (खुल्ला ५, महिला ३),
मुस्लिम समुदायबाट ५ जना (खुल्ला ४, महिला १)
प्रवासतर्फ भारतबाट १ र अन्य देशबाट १ गरी २ जना,
श्रमिकबाट ३ जना (खुल्ला २, महिला १),
अपाङ्गता भएका व्यक्तिबाट १ जना,
पिछडिएको क्षेत्रबाट २ जना (खुल्ला १, महिला १)
सम्पर्क समन्वय कमिटीबाट २ जना (खुल्ला १, महिला १)
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, प्रस्तावित संरचनाले पार्टीभित्र भौगोलिक, सामाजिक र पुस्तागत सन्तुलन कायम गर्दै समावेशी नेतृत्व निर्माणको आधार तयार गर्ने लक्ष्य लिएको छ।

सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई स्थानियले दले कालोमोसो

काठमाडौँ । सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीलाई कालोमोसो दलेको छ । सप्तरीको रुपनीमा मंसिर २५ गते केहि स्थानियहरुले बैंकका दुई कर्मचारीहरुलाई कालोमोसो दलेका हुन् ।
बैंकका कर्मचारीहरूले ऋण असुली गर्ने क्रममा परिवारलाई अपमान गर्ने, गालीगलौज गर्ने र मानसिक तनाव दिने गरेको आरोप स्थानियहरूले लगाएका छन्।
ऋणको किस्ता नियमित नभएको भन्दै बैंकका कर्मचारीहरू घर–घर पुगेर किस्ता बुझाउन दबाब दिने र परिवारको सामाजिक प्रतिष्ठामा नकारात्मक असर पर्ने तरिकाले व्यवहार गर्ने गरेका थिए। यसकारण स्थानीयहरूले आफ्नो असन्तोष व्यक्त गर्दै कर्मचारीमाथि कालोमोसो दलेका हुन्। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यसले थप चासो र विवाद सिर्जना गरेको छ।
ज्योति विकास बैंकले पनि यस घटनालाई गम्भीरतापूर्वक लिएको छ। बैंकले कर्मचारीमाथि दुर्व्यवहार भएको पुष्टि गर्दै नेपाल राष्ट्र बैंकलाई जानकारी गराइएको र कालोमोसो र कुटपिट गर्ने व्यक्तिहरूको नाम संकलन गरी नियामक निकायमा पठाइएको जनाईएको छ ।

लाभांश पारित गर्न नेपाल लाइफले बोलायो साधारणसभा

all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १९ गते शनिबार पर्सा जिल्लाको वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे २६औं वार्षिक साधारणसभा बोलाएको छ।
बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
त्यसैगरी संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकूल संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

ग्लोबल आइएमई बैंकको नयाँ सुविधाः शेयर धितो कर्जा अब अनलाइनबाटै, ५० लाखसम्म उपलब्ध

काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई अब अनलाइनबाटै शेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। बैंकले ‘फास्ट लोन अगेंस्ट शेयर’ योजना सार्वजनिक गर्दै नयाँ डिजिटल सेवाको माध्यमबाट ग्राहकहरूले शेयर धितो कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ।
बैंकका अनुसार ग्राहकहरूले अनलाइन प्रक्रिया पूरा गरेपछि एकै दिनमा ऋण स्वीकृति पाउनेछन्। योजना अन्तर्गत ग्राहकले आफ्नो योग्य शेयर धितो राखी अधिकतम ५० लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। बैंकले यो कर्जा सुलभ र प्रतिस्पर्धात्मक ब्याजदरमा उपलब्ध गराउने जनाएको छ।
यो सुविधा केवल ग्लोबल आइएमई बैंकका ग्राहकका लागि मात्र उपलब्ध हुनेछ र कर्जा लिन इच्छुकको नाममा योग्य शेयर हुनु अनिवार्य छ। सम्पूर्ण प्रक्रिया अनलाइनबाट सुरु गर्न सकिए पनि अन्तिम प्रमाणीकरण र सम्झौताका लागि ग्राहकले सम्बन्धित शाखामा एकपटक उपस्थित हुनुपर्ने व्यवस्था बैंकले गरेको छ।

शेयर बजारमा १२.५० अंकको गिरावट, चार अर्बको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेसँगै कारोबार रकम पनि ४ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.५० अंक तल झरेको हो । ०.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५९४.८७ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि बैंकिङ र म्यचुअल फण्डमा हरियाली छाउँदा बाँकी अरु सबै राताम्मे भएका छन् ।
आज ३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १ सय ६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपियाँको शेयर किनबेच भएको छ ।
स्वस्तिक लघुवित्त र एसवाई प्यानका लगानीकर्ताहरुले क्रमशः १० र ९.९८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सिटी होटल लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज कुमारी बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त बैंकको २६ करोड १८ लाख ५५ हजार ९ सय ३० रुपियाँ बराबरको संस्थापक शेयर किनबेच भएको नेप्सले जनाएको छ ।

नेपाल प्रहरीले इन्सपेक्टर र असई पदका लागि आवेदन खुलायो

काठमाडौं । नेपाल प्रहरीमा इन्सपेक्टर र असई पदमा भर्ना खुलेको छ । प्रहरीले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना खुलेको जनाएको हो ।
सूचनामा २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन माग गरिएको छ ।
इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ।
दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ।

नेसनल लाइफले जारी गर्‍यो नयाँ बोनसदर

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेड नयाँ बोनसदर जारी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
जसमा कुल १० वटा बीमा योजनामा बीमा अवधि अनुसार न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिइने भएको छ।
नयाँ बोनसदर अनुसार सावधिक बीमा योजना अन्तर्गतका बच्चाको शिक्षा एवं विवाह बीमा योजना, सामूहिक सावधिक अमृत बीमा योजना, भविष्य वृत्ति बीमा योजना, दम्पति अमृत सावधिक बीमा योजना, एकल सावधिक अमृत बीमा योजना, बचत अमृत सावधिक बीमा योजना, सावधिक अमृत बीमा योजना, सन्जीवनी अमृत सावधिक बीमा योजना, एकल सन्जीवनी सावधिक बीमा योजना र जीवन श्री सावधिक आजीवन बीमा योजनामा नयाँ बोनसदर जारी गरिएको हो ।

आज र भोलि नागढुङ्गा–मलेखु सडक खुला रहने

काठमाण्डौं । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा–मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ।
एमालेको ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सडकमा आवतजावत खुला गरिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मङ्सिर २४ गतेदेखि सडक आंशिक बन्द गरेर काम गरिरहेको छ। दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ। त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिए।
युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर महाधिवेशनका लागि दुई दिन सडक खुला गरिदिन आग्रह गरेका थिए।
सडक विभागले काठमाण्डौं जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...