काठमाडौँ । नेपाली काँग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।
केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो ।
‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’
यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ ।
यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत काँग्रेसले उम्मेदवार बन्न रोकेको छ ।
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
घोषित मितिमा चुनाव हुन्छ स् प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा निर्वाचन सम्पन्न गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकार प्रमुख दायित्व भएको जनाएकी छन् ।
ज्यापु संस्कृति विकास कोषको आयोजनामा बिहीबार (मंसिर १८) काठमाडौंमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो जनाएकी हुन् । घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा तयारीमा जुटेको उनको भनाइ छ ।
’जेनजी’ आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि कार्कीको भनाइ छ । ’जेनजी’ आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उनले ती मागहरू पूरा गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री कार्कीले बोलाइन् सर्वपक्षीय बैठक
काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । शुक्रबार (भोलि) अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् ।
बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
क्यानका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भक्तपुरको नलिनचोकमा हेलिप्याड निर्माण गर्दा भएको अनियमिततामा अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार, मुद्दा रुजु भइरहेको छ । रुजु गर्दा सबै प्रक्रिया पुगेमा आजै दर्ता हुनेछ । नलिनचोक हेलिप्याड निर्माणमा बढी लागत देखाएर अनियमितिता गरेको अख्तियारको दाबी छ ।
अधिकारी पोखरा विमानस्थल निर्माणको अनियमितितामा पनि छानबिनमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक भए पनि उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले सरुवा समेत गर्न नसक्दा अधिकारी चर्चामा रहँदै आएका छन् ।
मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान
जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ ।
प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।
यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।
प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा कारण देखाउ आदेश जारी
काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
नेकपा (एमाले) ले दायर गरेको रिटमा संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।
इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
माछापुच्छ्रे एसआईपी योजनाको इकाइ खरिदको आज अन्तिम दिन
काठमाडौं । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाइ खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंक कोष प्रवर्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाइ बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाइ निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ । कोष प्रवर्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाइ माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात् ५ लाख इकाइ माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९ आस्वा सदस्य का कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल कार्यरत रहेको यो योजना नेपालको लगानी बजारमा एक आकर्षक अवसरको रुपमा हेरिएको छ ।
सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंकको कामु सीईओमा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् ।
बैंकका सीईओ सुरेन्द्रप्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६गतेबाट सकिने हुँदा हिजोको सञ्चालक समितिको बैठकले डीसीईओ बस्याललाई मंसिर २७ गतेबाट लागु हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् ।
बस्याल लामो समयदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन् । उनलाई एक कुसल र अनुभवी बैंकरको रुपमा लिइन्छ ।
ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
काठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ ।
साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत् रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखे वापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्ने समेत अवसर रहेको छ ।
यो योजना मंसिर १५ देखि पुुस २०८२ सम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्टप्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने आकाश क्लवमा छनौट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपाने चालु आर्थिक वर्षको आकाश क्लवमा छनौट भएकी छिन् । कम्पनीले उक्त क्लवमा समावेश हुन तोकीएको व्यवसायीक लक्ष्य पुरा गर्दै न्यौपाने छनौट भएकी हुन् ।
पटक–पटक एमडीआरटी–टीओटी सम्मको यात्रा पार गर्न सफल भएकी न्यौपाने कम्पनीको सर्वोत्कृष्ठ आकाश क्लव बिजेता र कम्पनीको व्यक्तिगत र सामुहिक कोडमा सर्वाधिक व्यवसाय गर्न सफल महिला हुन् ।
जीवन बीमा व्यवसायलाई जीवनको अभिन्न अंग बनाएर अघि बढेकी विराटनगरकी समाजसेवी नमिता न्यौपानेले छोटो अवधीमा नै आफूलाई देशकै अब्बल र स्थापित बीमा व्यवसायीको रुपमा परिचय बनाउन सफल भएकि हुन ।
















