काठमाडौं । एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाइ खरिदको आज अन्तिम दिन रहेको छ । यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
माछापुच्छ्रे बैंक कोष प्रवर्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको इकाइ बिक्री आवेदन गत मंसिर १४ गतेदेखि खुला गरिएको थियो । यस योजनामा कुल ५ करोड इकाइ निष्कासन गरिएको हो, जसमा प्रथम चरणमा २ करोड इकाइको बिक्रीको लागि आवेदन खुला गरिएको छ । कोष प्रवर्धक र योजना व्यवस्थापकका लागि १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ छुट्टाइएको छ, जसमा १४ प्रतिशत अर्थात् ७० लाख इकाइ माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात् ५ लाख इकाइ माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको छ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतम २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु ९ आस्वा सदस्य का कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन र बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल कार्यरत रहेको यो योजना नेपालको लगानी बजारमा एक आकर्षक अवसरको रुपमा हेरिएको छ ।













