Page 3

ग्लोबल आईएमई मोबाइल बैंकिङ एपबाटै आईपीओ भर्ने र लाइभ मार्केट हेर्न सकिने, वित्तीय इकोसिस्टम बनाइँदै

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ लाई डिजिटल भुत्तानी प्लेटफर्मलाई परिस्कृत गर्दै ‘फाइनान्सियल इकोसिस्टम’ को अभिन्न अंगको रुपमा अगाडि सारेको छ । बैंकले डिजिटल भुक्तानी सेवामात्रै नभएर एपबाट नै विभिन्न फाइनान्ससियल सर्भिस र पुँजीबजारको समेत विभिन्न सेवाहरु पाउने गरी परिस्कृत बनाउँदै लगेको हो ।
अब ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट नै आईपीओ भर्नदेखि सेयर बजारको लाइभ मार्केट हेर्न र कुन स्टकमा लगानी गर्ने भनेर अध्ययन र विश्लेषण गरी योजना बनाउन पनि सक्ने भएका छन् ।
ग्लोबल आईएमई बैंकको मोबाईल बैंकिङ एप‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्नेले उत्त एपबाट नै आईपीओ आवेदन दिन सकिने बैंकले जनाएको छ । रकमान्तर क्यूआर भुक्तानी, दैनिक उपभोग्य सेवाहरुको शुल्क भुक्तानी जस्ता विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेको ‘ग्लोबल स्मार्ट प्लस’ लाई परिस्कृत गर्दै बैंकले नयाँ सुविधा थप गरेको हो । ‘मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई थप सेवा प्रदान गर्न बैंकले मोबाइल बैंकिङ एपबाटै आईपीओ भर्न मिल्ने व्यवस्था गरेका छौं,’ बैंकका ट्रान्सजेक्सन विभाग प्रमुख प्रकाश पौडेलले भने ।
‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले आइपीओको आवेदन दिन अब कुनै युआरएल प्रयोग नगरी सिधै मोबाइल बैंकिङबाटै २, ३ क्लिकमा नै आईपीओमा आवदेन दिन सक्ने उनले जनाए ।
आईपीओ म्यानेजमेन्टमा गई बैंकका ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सजिलैसँग आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपश्चात् सीआरएन नम्बर तुरन्तै प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।
यसरी एकपटक डिम्याट नम्बर प्रविष्ट गरी भ्यालिडेसन गरेपछि ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले सहजरुपमा आवेदन खुल्ला भएको आईपीओमा आवेदन दिन सकिने पौडेलले जनाए ।
‘मोबाइल बैंकिङ एप भुक्तानी मात्रै नभएर ग्राहकको दैनिक लाइफस्टाइलसँग कसरी जोड्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौं,’ ट्रान्सजेक्सन विभाग प्रमुख प्रकाश पौडेलले भने, ‘अहिले नागरिकसँग सबैभन्दा धेरै प्रयोग हुने आईपीओ एप्लिकेसनलाई हामीले मोबाइल बैंकिङ एपसँग जोडेका छौं । डिम्याट नम्बरलाई मोबाइल बैंकिङ एपमा एकपटक भ्यालिडेसन गरेपछि ३, ४ क्लिकमा नै आईपीओमा एप्लाई गर्न सक्छौं । सीआरएन नम्बर बिर्सिएर समस्या पनि हुँदैन ।’
एपबाटै आईपीओ प्रिअलर्ट दिने उनले बताए । ‘ग्राहकको समय पनि बचत होस् । आईपीओ भर्न नछुटोस् भनेर यो सुरू गरेको हो,’उनले भने, ‘अब आईपीओ भर्न छुट्टै युआरएल खाल्नु पर्दैन ।’ ग्लोबल स्मार्ट प्लसलाई अझै परिस्कृत बनाउँदै, पेमेन्ट एपलाई परिस्कृत गर्दै जाने क्रमममा फाइनान्सियल इकोसिस्टमको अभिन्न अंग भइसकेको पुँजीबाजरलाई पनि एउटा एपमा समावेश गरेको बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख विज्ञान अधिकारीले जनाए । यो कुनै नयाँ प्रोडक्ट नभएपनि विभिन्न युआरएल एपमा रहेको सेवालाई एकिकृत गरेर एउटै एपमा ल्याएको उनले जनाए ।
यस सेवाले बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सहज रुपमा आईपीओमा आवेदन दिन सक्ने र आईपीओ आवेदन खुल्ला भएको जानकारी समेत पाउने बैंकले जनाएको छ ।
यस्तै बैंकले ग्लोबल स्मार्ट प्लसमा नै लाइभ मार्केट सुविधा पनि सुरु गरेको छ । ‘ग्लोबल स्मार्ट प्लसमा सेयर बजारको कारोबारहरुको जानकारी एकसाथ पाइनेछ । बैंकको लाइभ मार्केट सुविधामा ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले सेकेन्डरी बजारमा कारोबार भएको सेयरको सम्पूर्ण जानकारी पाउनेछन्,’ ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख पौडेलले भने, ‘अब ग्लोबल स्मार्ट प्लसमा लाइभ मार्केटको जानकारी, नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, जस्ता महत्त्वपूर्ण जानकारी पनि उपलब्ध छ ।’
लाइभ मार्केट सुविधाअन्तर्गत ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले दोस्रो बजारको जानकारी लिन सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो व्यक्तिगत सेयर लगानी ट्र्याक गर्न पनि सक्ने उनले जनाए । जसमा ग्राहकहरुले खरिद मुल्य र किता संख्या प्रविष्ट गर्न सक्छन् भने त्यसको आधारमा प्रणालीको हालको बजार मुल्य अनुसार कुल लगानीको वर्तमान मूल्य तथा नाफा वा घाटाको रियल टाइम गणनाको जानकारी पनि दिने बैंकले जनाएको छ ।
क्यालकुलेटरको प्रयोगले ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई सेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब किताब गर्न सहयोग गर्ने पौडेलले जनाए । उक्त क्यालकुलेटरको सहयोगले लगानीको योजना मद्दत र्गछ ।
त्यस्तै वाचलिष्ट सुविधाले लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि मूल्य परिवर्तन र मार्केट ट्रेन्ड निगरानी गर्नका लागि आफ्ना मनपर्ने सेयरहरुको व्यक्तिगत सूची (वाचलिस्ट) बनाउने सुविधा ग्लोबल स्मार्ट प्लसमा नै उपलब्ध भएको छ । त्यस्तै स्टक कम्प्यारिजनको सुविधाले लगानीकर्ताहरुलाई सेयरको विश्लेषणका लागि मूल्य ट्रेन्ड र अन्य सूचकहरुका आधारमा लगानी गर्न तुलानात्मक जानकारी सहितको सूचना उपलब्ध गराउँछ । यसले कम्पनीको फन्डामेन्टलको तुलनात्मक विश्लेषण प्राविधिक विश्लेषण गरी लगानीको निर्णय गर्न सहज बनाउनेछ ।
‘दोस्रो बजारको कारोबार समयमा सबै सूचकको रियल टाइममा मोबाइल एपमा नै देखाउँछ । मार्केटको ट्रेन्ड हेर्न सकिन्छ । साताको र महिनाको ट्रेन्ड हेर्न सकिन्छ। पोर्टफोलियो सेग्मेन्ट पनि छ । लगानी अनुसारको मल्टिपल टाइप अफ पोर्टफोलियो हेर्न मिल्छ,’ ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख पौडेलले भने, ‘स्टक कम्प्यारिजन गर्न सकिन्छ । फन्डामेन्टल हेरेर सूचीकृत एउटै क्षेत्रका कम्पनीहरुको विश्लेषण गर्न सकिन्छ । सबै सूचकमा कम्यारिजन गरेर देखाइदिन्छ ।’
लगानीकर्तालाई यो सेयर किन्न उपयुक्त छ भनेर रिकमेन्ड नगर्ने र तर कम्पनीको तुलना गरेर वास्तविक पिक्चर देखाइदिने उनले जनाए ।

सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौं । सानिमा रिलायन्स लाईफले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सहित
अपरेसनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। प्रदेश १ र २ मा कार्यरत कर्मचारीहरू सम्मिलित कार्यक्रम यहि
माघ ३ र ५ गते आयोजना गरिएको थियो। उक्त नियमित प्रशिक्षण कम्पनीको प्रमुख संचालन अधिकृत ज्ञान
रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी
विभाग प्रमुख संजिव सिंहले प्रदान गरेका थिए।
प्रमुख संचालन अधिकृतले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या
तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा
आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली र निर्देशन बमोजिमको कार्य
प्रभावकारीरुपमा गर्न गराउन, आबश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधन श्रोत समेतको
समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरुको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको
थियो । कर्मचारीहरुको क्षमता र सीप अभिवृद्धि गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन
यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको
आवश्यकता पहिचान गरि उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ ।
साथै उपस्थित विभागीय प्रमुखहरुले कम्पनिमा अभिकर्ता र ग्राहकहरुलाई चुस्त दुरुस्त सेवा प्रदान गर्न अपनाउनु
पर्ने प्रक्रिया र तरिकाहरुको बारेमा केन्द्रित थियो । कर्मचारीहरुको वृद्धिविकासको लागि यस्तो किसिमको
कार्यक्रमहरु देशैभरिका शाखा तथा प्रादेशिक कार्यालयमा गरिने कम्पनीले जनाएको छ। यो संगै कम्पनीले
कार्यरत कर्मचारीलाई विदेशमा समेत लगेर विभिन्न किसिमका प्रशिक्षणहरू प्रदान गर्दै आएको छ।
हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ।
कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै,
२०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर बाँडफाँड

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लक्षित गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो।
बैंकले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ करोड इकाई अर्थात् ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयरजारी गर्नेछ।
उक्त सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभांश दर कायम गरिएको छ।

ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र अत्याधुनिक बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
बैंकमा खाता खोल्नको लागि ग्राहकहरुले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन् ।
यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरु किओस्क मेसिन मार्फ्त प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, आवश्यक कागजातहरु प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ ।
यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरु उपलब्ध गराइरहेको थियो ।
भविष्यमा यस्ता सेवालाई बैंकले अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पु¥याउदै आएको छ ।

बारामा एकै परिवारका आमाछोराको विभत्स हत्या, दुई जना घाइते

रौतहट । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका दुई सदस्यको निर्मम हत्या भएको छ ।
बुधबार बिहान करिब ३ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया आमा सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार, अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी रहेका छन् ।
घाइते बाबु र छोरीको अवस्था गम्भीर रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि हत्याको स्पष्ट कारण र संलग्न व्यक्तिहरूको पहिचान अझै हुन सकेको छैन । ‘हत्या कसले र किन गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ,’ डिएसपी पण्डितले भने ।
यस घटनाले स्थानीय रहरियाडी क्षेत्रमा त्रास फैलाएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर सुरक्षा सतर्कता बढाएको छ भने तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र पारेको छ ।

निर्वाचन आउन ३६ दिन बाँकी ः यी अधिकृतले गर्नेछन् आचारसंहिता अनुगमन

काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ।
आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ। प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरक९फरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिता यही माघ ४ गतेदेखि लागू भइसकेको छ ।

बालेन शाह आज देउवाको गृहजिल्ला जाँदै

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहचुनावी अभियानको क्रममा अहिले सुदूरपश्चिममा छन् ।
चुनावी अभियानका क्रममा शाह बुधबार डडेलधुरा जानेछन् । बिहान ९ बजे उनी पार्टी सम्पर्क कार्यालय महेश्वरी पुग्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै, अपरान्ह १२ बजे बैतडीको पाटनमा पुग्ने कार्यक्रम छ भने साँझ ४ बजे भने दार्चुला पुग्ने कार्यक्रम तय भएको छ ।
शाह बझाङको बुइङ्गल पुग्ने छन् । उनी राति त्यहिँ बस्नेछन् ।

स्वास्थ्य बीमाको दुरुपयोग नगर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दुरुपयोग नगरी जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ ।
मंगलबार बोर्डले विज्ञप्ती जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको हो ।
विज्ञप्तीमा लेखिएको छ,‘सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको यस स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले अधिकतम प्रयास गरिरहेको अवस्थामा ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देश सहित समस्त सेवाग्राहीहरुले स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्नुहुन, बीमा सेवाको दुरुपयोग नगर्नुहुन र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिनुहुनु अनुरोध गर्दछौ। साथै सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानुन तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अनुरोध गर्दछौं ।’
सीमित स्रोतसाधन र केही संरचनागत चुनौतीका बाबजुद पनि हाल दैनिक करिब ५० हजार नागरिकले स्वास्थ्य बीमा मार्फत सेवा लिइरहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार हाल स्वास्थ्य बीमा सेवा लिनु पर्दा असहजता देखिएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन बोर्डले निरन्तर पहल तथा छलफल भइरहेको छ ।
स्वास्थ्य बीमाका कारण दैनिक औसत करिब ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्च नागरिकको निजी खर्चबाट जोगिन सफल भएको बोर्डले जानकारी दिएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माघ २० पछि सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आगामी माघ २० गतेपछि मात्र सुनुवाइ अघि बढाउने भएको छ ।
आज सर्वोच्चले आउँदो माघ २० गतेका लागि रिट निवेदकलाई साधारण तारिख दिएको छ । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले संसद् विघटनको मुद्दामा अब माघ २० गतेपछि मात्र सुनुवाइ हुने जानकारी दिए ।
आउँदो फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन रोक्न माग राखेर पूरक निवेदन समेत दर्ता भएकाले पहिले यस विषयमा सुनुवाइ भएपछि मात्र संसद् विघटनको मुद्दामा सुनुवाइ हुने भएको छ ।
नेपाली कांग्रेस, एमाले र अन्य दलका निवर्तमान सांसदले संसद् पुनस्र्थापनाको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए । यसबाहेक कानुन व्यवसायी लगायतबाट १६ वटा भिन्नै रिट समेत दर्ता भएका छन् ।
रिट निवेदकले निर्वाचन प्रक्रिया समेत रोक्न माग गरेका छन् । सबै रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सभामुख देवराज घिमिरे, निर्वाचन आयोग, प्रतिनिधिसभा संसद् सचिवालयसहितको लिखित जवाफ पेस भइसकेको छ ।
सबै रिटमा माघ २० पछि मात्रै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा सुनुवाइ हुने छ । यसअघि संसद् विघटनसम्बन्धी सर्वोच्चमा दर्ता भएका सबै रिटलाई एकैसाथ राखेर सुनुवाइ गर्न आदेश भएको थियो ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा अदालतले गठन गर्‍यो विज्ञ समूह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परिक्षणका लागि विज्ञ समूह गठन गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको, नभएको परिक्षणका लागि विज्ञ समूह गठनका लागि आदेश दिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका विषयविज्ञ वरिष्ठ इन्जिनियरको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक विषयविज्ञ प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विषयविज्ञ रहेको विशेष विज्ञ समूह गठन गरिएको छ ।
टेरामक्स खरिदमा एक अर्ब ११ करोड ६५ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी भएको आरोप पत्रमा उल्लेख छ। खरिद भएका सामान जडित गरिसकेको आपूर्तिकर्ताको जिकिर छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...