Page 8

महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

0

काठमाडौँ । काठमाडौँमा भइरहेको आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै छ ।
समूह ‘बी’ अन्तर्गतको उक्त खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ ।
महिला टी २०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ । नेपालले नेदरल्यान्ड्ससँग हालसम्म ३ खेल खेल्दा ३ वटै खेलमा पराजित भएको छ ।
नेपालको टोली ः इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी, राजमती ऐरी रहेका छन् ।

आज झापा–५ का दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै अध्यक्ष ओली

0

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं. ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्दैछन् । जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका–५ स्कूलचौनको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ ।
अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन् । कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान लगायका बारेमा कार्यकर्तालाई जानकारी गराउनेछन् ।
अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीका नाममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । जेनजी आन्दोलनमा गौरादह नगरपालिका, नगरपालिका १, ७ र २ नं वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी गरिएको थियो ।
अध्यक्ष ओलीले हिजो र अस्ती दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलगअलग छलफल गरेका छन् । यसपटक हरेक वडा कमिटीहरुले अलगअलग अध्यक्षसँग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए ।

उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

0

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो ।
उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।

डा. संगीता मिश्रालाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

0

काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. संगीता मिश्रालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आज न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी

0

दमक । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाता पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको भन्दै उनले खसेको मतको दुईतिहाइ भन्दा बढी मत एमालेले ल्याउने दाबी गरे ।
कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको जनाएका छन् । अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको भन्दै उनले जेन(जी आन्दोलनमा राजनीतिक कार्यभन्दा बढी आपराधिक काम भएको दोहोर्‍याए ।
‘हामीले भने अनुसार चल्नु पर्छ भन्ने पनि आउलान्, दबाब देलान् । त्यस्तो दबाब स्वीकार्ने कुरा आउँदैन । कांग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर यी सब गराइएको हो । अस्थिरताको खेतीबाट देशलाई जोगाउनुपर्ने छ’, ओलीले भने ।
बालेनलाई लक्षित गर्दै ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाहा नभएको टिप्पणी गरे । विपन्न आवास कार्यक्रम, एकीकृत बस्ती विकासलगायतका योजनाबाट धेरैले घरबास पाएको उनले सम्झिए ।

माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी दर्ता

0

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नम्बर १ मा उजुरी दर्ता भएको छ ।
सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।
उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाण्डौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानूनी प्रावधान रहेको उम्मेदवार यादवको भनाइ छ ।
‘कानूनी रूपमा अयोग्य व्यक्तिले निर्वाचन लड्न नमिल्ने भएकाले ऐनको व्यवस्था अनुसार नेपालको उम्मेदवारी खारेज हुनुपर्छ,’ उनले भने ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक कानूनी प्रक्रिया र छानबिन सुरु गरिएको जनाएको छ । निर्वाचन तालिकाअनुसार दाबी विरोधमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले केही दिनभित्रै निर्णय सुनाउनेछ । यस विषयमा नेपालको पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।

शेयर बजारमा ९.४३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

0

काठमाडौं । निरन्तर बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । बजार तल झरेसँगै कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.४३ अंकले घटेको हो । ०.३४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०५.३८ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि अन्य समूह ०.२६ प्रतिशतले बढेको छ भने बाँकी अरु समूह राताम्मे भएका छन् । होटल समूह सबैभन्दा बढी १.८८ प्रतिशतले घटेको हो ।
आज ३२४ कम्पनीका २ करोड १६ लाख ४१ ह्जार ८ सय ८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३ सय ४६.९९ रुपियाँ बराबरको कारोबार भएको छ ।
कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः ९.८४ र ९.१६ प्रतिशतले नाफा कमाएका छन् भने गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज अरुण खोला जलविद्युत कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड ३६ लाख ३६ हजार ४ सय १३.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३१.१२ अंकले बजार बढ्दा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५.५९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सोनाम ल्होसार पर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने हिजो मंगलबार ४२.२६ अंकले बजार बढ्दा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७०.६७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

नबिल बैंकको तीन शाखा कार्यालय समायोजन

0

काठमाडौं । नबिल बैंकको तीन शाखा कार्यालय समायोजन भएको छ । बैंकले तीन शाखा कार्यालय बन्द गरि नयाँ वानेश्वरमा शाखा कार्यालय खोल्ने भएको छ ।
बैंकको नयाँ बानेश्वर शाखा, बिजुली बजार र शङ्खमुल शाखा मर्ज भई समायोजन गरी नयाँ बानेश्वर शाखा कार्यालयले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान

0

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् ।
रक्तदानसँगै निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजामा आयोजित स्वास्थ्य शिविरमा २५० जना कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ ।
विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते स्थापनाको ६० वर्ष पूरा गरी ६१औं वर्षमा प्रवेश गर्दैछ ।

कृषि विकास बैंकले मनायो ५९औँ वार्षिकोत्सव

0

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको हो ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याए । हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उनले कृषि विकास बैंकले ती परिवर्तनलाई धेरै हदसम्म आत्मसात् गर्दै आएको जनाए ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको जानकारी दिए । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक केन्द्रित बनाउने उद्देश्यसहित पाँच वर्षे रणनीतिक व्यवसायिक योजना २०८१–८२ देखि आव २०८४–८५ सम्म कार्यान्वयनमा ल्याइएको पनि उनले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्णपालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै सिइओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको जनाए । व्यावसायिक विविधता कायम गर्दै अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धी बैंकको रूपमा आफूलाई स्थापित गर्न बैंक सफल भएको उनको दाबी थियो ।
वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ । बैंकमा हाल ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको छ ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२–८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ । आर्थिक सूचकाङ्कका हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा बैंकको कूल निक्षेप २० दशमलव ३१ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ९३ अर्ब ३५ करोड पुगेको छ भने कर्जा प्रवाह आठ दशमलव ४० प्रतिशतले वृद्धि भई रु दुई खर्ब २४ अर्ब पुगेको छ । सो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ४४ प्रतिशत र खुद नाफा रु तीन अर्ब ७३ करोड रहेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८२, ८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकको कूल निक्षेप रु तीन खर्ब २४ अर्ब ९७ करोड र कूल कर्जा प्रवाह रु दुई खर्ब ३० अर्ब २७ करोड पुगेको छ । सो अवधिसम्ममा निष्क्रिय कर्जा कूल कर्जा लगानीको तुलनामा चार दशमलव ५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...