शेयर बजारमा ९.४३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । निरन्तर बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ । बजार तल झरेसँगै कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ९.४३ अंकले घटेको हो । ०.३४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०५.३८ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि अन्य समूह ०.२६ प्रतिशतले बढेको छ भने बाँकी अरु समूह राताम्मे भएका छन् । होटल समूह सबैभन्दा बढी १.८८ प्रतिशतले घटेको हो ।
आज ३२४ कम्पनीका २ करोड १६ लाख ४१ ह्जार ८ सय ८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३ सय ४६.९९ रुपियाँ बराबरको कारोबार भएको छ ।
कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः ९.८४ र ९.१६ प्रतिशतले नाफा कमाएका छन् भने गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.८९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज अरुण खोला जलविद्युत कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४३ करोड ३६ लाख ३६ हजार ४ सय १३.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३१.१२ अंकले बजार बढ्दा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५.५९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सोनाम ल्होसार पर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो भने हिजो मंगलबार ४२.२६ अंकले बजार बढ्दा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७०.६७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY