Page 19

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

0

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ ।
आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो ।
निर्वाचन आयोगका अनुसार नाम हटाइएकामध्ये सबैभन्दा धेरै २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् भने २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत दोहोरिएको पाइएको छ।
यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नगरेका ४ जना र मतदाता नामावलीमा नाम समावेश नभएका १ जनालाई पनि अयोग्य ठहर गरिएको छ ।
साथै, पिछडिएको क्षेत्रको कोटाअन्तर्गत नपर्ने २ जना, महिला उम्मेदवार हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना तथा सम्बन्धित राजनीतिक दलको अनुरोधमा नाम हटाइएका १० जना रहेका छन्। एकभन्दा बढी कारणका आधारमा अयोग्य ठहरिएका उम्मेदवारको संख्या २ रहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले कानुनको कडाइका साथ पालना गर्दै बन्दसूचीको अन्तिम रुप दिइने जनाएको छ ।

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

0

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ।
नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ।
यसअघि नेपालले मुम्बईमा एमसीए प्रेसिडेन्ट ११ सँग र श्रीलंकामा श्रीलंका ‘ए’ सँग अभ्यास खेल खेलेको थियो।
श्रीलंका ‘ए’ सँग ३ खेल खेल्दा १ खेल मात्र जितेको नेपालले एमसीएलाई दुवै खेलमा हराएको थियो।
टी २० विश्वकप फेब्रुअरी ७ ९माघ २४० देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले पहिलो खेल माघ २५ मा इंग्ल्यान्डसँग खेल्नेछ।
नेपालले माघ २९ मा इटली, फागुन २ मा वेस्ट इन्डिज अनि फागुन ४ मा स्कटल्यान्डसँग खेल्नेछ।

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका हुन्।
सोमबार साँझ झापा पुगेका बालेनले मंगलबार बिहानै रास्वपा कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गरेका छन्।
यस्तै, आज झापाका मतदाताहरूसँग भेटघाट गरी उनीहरूको समस्या सुन्ने कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ।

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

0

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा बसपार्कबाट र्याली निकालेर चौबीसकोठीसम्म पुगेर फर्किने मौखिक अनुमति प्रहरी प्रशाासनबाट लिएर चौबीसकोठी पुगेपछि बाटोमै सभा गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।
प्रसाईं समूहले अनुमति बिना नै बाटो नै बन्द गरेर सभा गर्न लागेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले प्रसाई समूहका तीनजना कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

0

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ।
आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनाको नाम हटाएको छ।
यसैगरी, आयोगले तोकेको जरिवाना भुक्तान नगरेका १० जनाको नाम पनि बन्दसूचीबाट हटाएको छ।
गत निर्वाचनमा खर्ब विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। उनीहरूमध्ये जरिवाना नतिर्नेलाई सूचीबाट हटाएको हो ।

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ ।
सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा १२ नम्बरमा पेशी तोकिएकोमा हेर्न नभ्याइने भएको हो ।
राहदानी दुरुपयोगमा मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ताको निर्णयविरुद्ध २०७९ चैत २० गते दर्ता भएको रिटमा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको थियो । युवराज पौडेलले लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता दिनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।
मुद्दामा सर्वोच्चले ३ पटक फाइल मगाउने आदेश गरेको थियो ।

नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

0

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘द एचआरएम अवार्डफर कर्पोरेट एक्सिलेन्स २०१५’ अवार्डबाट सम्मान गरिएको छ ।
यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका हुन् ।
नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दावी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरु, अटोमेशन र डिजिटल ट्रान्सफर्मेशनको क्षेत्रमा गरिएका कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।
कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष तथा सदस्यहरु,सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनीहरु तथा नेपाल लाइफसँग आवद्ध समस्त मूल्यवान ग्राहकमहानुभावहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरे ।
यसरी नै सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको जनाए ।

 

सानिमा रिलायन्स लाइफको नगद लाभांश वितरण

0

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश शेयरधनीलाई वितरण गरिएको छ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो। प्रस्ताव पारित भएसँगै सम्बन्धित शेयरधनीको डिम्याट खातामा उपलब्ध बैंक खातामा पुस २४ गतेदेखि नै नगद लाभांश वितरण गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते बूक क्लोज गरेको थियो। बूक क्लोजको आधारमा पुस ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश पाउनेछन्।
साथै पुस ९ गतेसम्म शेयर धितो राखेर कर्जा लिएको शेयरधनीले कर्जा लिएको संस्थाबाट एनओसी वा लाभांश फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

 

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

0

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पुर्वाधार निर्माण, सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
सोहीअन्तर्गत बैंकले लायन्स क्लब अफ काठमाडौं गुँराससँगको सहकार्यमा गन्धकुटी विहार खोकना, वडा न. २१, ललितपुरमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सर जस्ता क्यान्सर रोगको पहिचान, मधुमेह तथा थाईराइड रोगको पहिचान र साधारण स्वास्थ्य परिक्षण तथा दन्त परीक्षण कार्यको लागि आर्थिक सहयोग गरेको हो ।
त्यसैगरी, सवारी दुर्घटना न्युनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथ तथा विभिन्न स्थानहरुमा जथाभावी रुपमा अव्यवस्थित पार्किङ समस्या समाधान गर्न ट्राफिक प्रहरी वृत्त, महाराजगञ्ज, काठमाडौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतहरु रहेको रोड फर्निचरहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दलित सशक्तिकरण केन्द्र नेपालको सहकार्यमा परम्परागत व्यवसायिक सीप, पेशा एवं कलालाई सम्बर्धन, आधुनिकिकरण र प्रमाणीकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक उपार्जन गर्नको निमित्त सहयोग गर्ने उद्धेश्यका साथ हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा न. १ देखी ६ वडा सम्मका व्यक्तिहरुलाई सिलाई मेसिन वितरण गरिएको छ ।
त्यसैगरी, भानुपथ, सिदार्थनगर–०९, रुपन्देहीमा रहेको भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माण गर्नको लागि बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग गरिएको छ । खेल मैदानमा भाष्टक राखी रोलिङ्ग गराई पानीको निकास गर्न आवश्यक पर्ने निर्माण कार्य गर्न बैंकले सहयोग गरेको हो । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

0

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ –१५ गते पोखरा ग्रान्डमा ‘एमडीआरटी अचिभर्स अवार्ड, २०२६’ सम्पन्न गरेको छ ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२६’का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको हो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे । उनले क्वालिफाई भएका अभिकर्ताहरूलाई अन्तर्राष्ट्रियस्तरमा गई एक्स्पोजर लिन आग्रह गरे । बीमा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा भएका असल अभ्यासहरूसँग साक्षात्कार हुन यस किसिमको कार्यक्रमले सहयोग गर्नुका साथसाथै नेपालमा पनि बीमासम्बन्धी नीति निर्माणमा सहयोग पुर्‍याउने उनले जनाए ।
विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको र आगामी दिनमा विभिन्न क्षेत्रमा रोजगारीमा कटौती हुने खालको अवस्था सिर्जना भएको तर बीमा अभिकर्ताको काम कहिले पनि विस्थापित नहुने हुँदा अभिकर्ताहरु एकदमै सुरक्षित पेशामा रहेको कुरा बताउँदै उनले यस पेशाको गरिमा र महिमालाई ख्याल गर्दै जीवन बीमाको सचेतना आम नागरिकबीच पुर्‍याउन आग्रह गरे ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको जनाए । उनले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे ।
पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफू विश्वस्त रहेको जनाए ।

 

 

 

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...