सानिमा रिलायन्स लाइफको नगद लाभांश वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश शेयरधनीलाई वितरण गरिएको छ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको थियो। प्रस्ताव पारित भएसँगै सम्बन्धित शेयरधनीको डिम्याट खातामा उपलब्ध बैंक खातामा पुस २४ गतेदेखि नै नगद लाभांश वितरण गरेको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते बूक क्लोज गरेको थियो। बूक क्लोजको आधारमा पुस ९ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरूले मात्रै लाभांश पाउनेछन्।
साथै पुस ९ गतेसम्म शेयर धितो राखेर कर्जा लिएको शेयरधनीले कर्जा लिएको संस्थाबाट एनओसी वा लाभांश फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा लाभांश पठाइने कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

 

LEAVE A REPLY