Page 2

अब धेरै बोल्दिनँ, बोल्नेभन्दा काम गर्ने दिन आइसक्यो ः लामिछाने

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफू धेरै नबोल्ने जनाएका छन् । बुधबार महोत्तरीको बर्दिवासमा समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना गर्ने दिन आएको भन्दै अब कम बोल्ने जनाएका हुन् ।
‘म धेरैबेर बोल्दिनँ, किनभने अब बोल्ने भन्दा गर्ने दिन आउन लागिसक्यो,’ लामिछानेले भने, ‘अब कति नै दिन बाँकी छ र, काम गर्ने दिन आउँदैछन् साथीहरू, काम गर्ने ।’
अब जनताका लागि काम गर्ने जनताको सरकार आउन लागेको उनले दाबी गरे ।
‘जनताको सरकारका लागि तपाईँहरू तयार हो कि होइन ? तपाईँहरू यत्ती बताउनुहोला,’ लामिछानेले भने । यसपटक इतिहास लेख्ने हो भने समानुपातिक र प्रत्यक्ष दुवैमा रास्वपाका उम्मेदवारलाई मत दिन उनले आग्रह गरे ।

विदेशीसँग विवाह गरेका उम्मेदवारको विवरण माग गर्दै सर्वोच्चमा रिट

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका महिला उम्मेदवारमध्ये विदेशी नागरिकसँग विवाह गरेका व्यक्तिहरूको विवरण सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता राजकुमार सुवालले निर्वाचन आयोगसँग आवश्यक अभिलेख उपलब्ध नभएको भन्दै कानुनी उपचारको बाटो बन्द भएको जिकिर गरेका छन्।
रिटमा सम्बन्धित उम्मेदवारको वैवाहिक विवरण, विवाह मिति तथा पति सम्बन्धी जानकारी सार्वजनिक गर्न अन्तरिम आदेश माग गरिएको छ।
विदेशी पुरुषसँग विवाह गरेका महिला उमेदवारको अभिलेख नरहेका कारण उनीहरूको अयोग्यताका सम्बन्धमा दाबी–विरोध र उजुरी गर्नबाट सर्वसाधारण वञ्चित हुने अवस्था रहेको रिटमा उल्लेख छ ।
रिटको पेशी बिहीवारका लागि तोकिएको छ ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई पेट मामा नेपालमा छुट दिने सम्झौता

0

काठमाडौं । सिद्धार्थ बैंक र पेट मामा नेपाल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बालुवाटार, काठमाडौं स्थित पेट मामा नेपालमा बैंकका ग्राहकहरूले बैंकको कुनै पनि कार्ड प्रयोग गरीे भुक्तानी गर्दा घर पालुवा जनावरहरुको गु्रमिङ, स्पा, भेट परामर्श तथा खोप सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

कार किन्ने सुनौलो अवसरः ५.९१ प्रतिशत ब्याजदरमा नबिल बैंकको अटो लोन

0

काठमाडौँ । अटो बजारमा प्रतिस्पर्धा चुलिँदै जाँदा बैंकहरूबीच पनि कर्जा अफरमा आक्रामकता देखिन थालेको छ। यसैक्रममा नबिल बैंकले विद्युतीय तथा पेट्रोलियम दुवै प्रकारका प्यासेन्जर कार खरिदका लागि ५.९१ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको योजनाअनुसार ग्राहकले सवारी साधनको कुल मूल्यको अधिकतम ६० प्रतिशतसम्म कर्जा सुविधा लिन सक्नेछन्। बाँकी ४० प्रतिशत रकम भने डाउनपेमेन्टका रूपमा ग्राहकले स्वयं व्यवस्थापन गर्नुपर्नेछ। कर्जाको भुक्तानी अवधि बढीमा ७ वर्षसम्म रहने व्यवस्था गरिएको बैंकले जनाएको छ।

साम्बाको उपचारमा कृषि विकास बैंकद्वारा १० लाख सहयोग

0

काठमाडौँ । कृषि विकास बैंक लिमिटेड ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा आफ्नी ब्रान्ड एम्बेसडर सावित्रा भण्डारी (साम्बा) लाई घुँडाको जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
फुटबल खेल्ने क्रममा लागेको गम्भीर चोटका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि साम्बाले उपचार र लामो पुनःस्थापनाका लागि सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरेकी थिइन्। सोही अपिललाई सम्बोधन गर्दै बैंकले मंगलबार उक्त रकम हस्तान्तरण गरेको जानकारी दिएको हो।
बैंकका अनुसार राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी साम्बाको उपचार तथा पुनःस्थापनामा यो सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। बैंकले उनको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै चाँडै नै नेपाली जर्सीमा मैदानमा फर्किएको देख्न पाइने अपेक्षा व्यक्त गरेको छ।

ग्यालेक्सी अनप्याक्डमा नवीनतम इनोभेसनको प्रदर्शनः २५ फेब्रुअरीमा प्रत्यक्ष प्रसारण

0

काठमाण्डौं । सामसङ इलेक्ट्रानिक्सले आफ्नो ग्यालेक्सी नवप्रवर्तनको अर्को अध्याय ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक गर्न तयारी गरेको छ। यो अत्यन्त प्रतीक्षित कार्यक्रम २५ फेब्रुअरी २०२६ मा राति ११ः४५ बजे विश्वव्यापी प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिनेछ।
यस कार्यक्रममा ब्रान्डका चलायमान दूरसञ्चार प्रविधिमा भएका नवीनतम प्रगतिहरू प्रदर्शन गरिनेछन्, जसले प्रयोगकर्तालाई दैनिक जीवन सहज बनाउन तयार गरिएका बुद्धिमान कृत्रिम बौद्धिकतामा आधारित अनुभवहरूको नयाँ युग प्रस्तुत गर्नेछ।
ग्यालेक्सी अनप्याक्ड सधैं नवीनतम आविष्कारहरूको मञ्च रहँदै आएको छ, र यस वर्ष पनि यसले अत्याधुनिक बनावट, शक्तिशाली कार्यसम्पादन र स्मार्ट प्रणालीगत एकीकरणमार्फत आफ्नो परम्परालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
आगामी सार्वजनिकरणबारे टिप्पणी गर्दै सामसङ चलायमान अनुभव विभागका निर्देशक प्रणय रत्न स्थापितले भने, “ग्यालेक्सी अनप्याक्डले हाम्रो अर्थपूर्ण नवप्रवर्तनप्रतिको प्रतिबद्धता झल्काउँछ, जसले दैनिक जीवनलाई अझ सहज बनाउँछ। यस सार्वजनिकरणमार्फत हामी यस्तो प्रविधि प्रस्तुत गर्न उत्साहित छौं, जुन केवल शक्तिशाली मात्र नभई प्रयोगकर्ताको आवश्यकतासँग बुद्धिमत्तापूर्वक अनुकूलन हुन्छ र उनीहरूको अनुभवलाई पहिलेभन्दा अझ सहज, आपसमा जोडिएको र व्यक्तिगत बनाउँछ ।”
प्रत्यक्ष प्रसारण हुने यो कार्यक्रम सम्पूर्ण नेपालभरका दर्शकले सहजै हेर्न सक्नेछन्, जसले ग्यालेक्सी नवप्रवर्तनको भविष्य प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर प्रदान गर्नेछ।

टी–२० विश्वकपको सुपर–८ मा आज श्रीलंका र न्युजिल्याण्ड भिड्दै

0

काठमाडौं । आईसीसी टी–२० विश्वकपको आजको खेलमा श्रीलंका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिम जित्नुपर्ने दबाबमा छन् ।
पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्याण्ड समेत पहिलो जितको खोजीमा छ । दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ ।
सुपर–८ समिकरणमा श्रीलंका अंकविहीन छ भने न्युजिल्याण्डले एक अंक जोडेको छ । आजको खेलमा हारे श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिनेछ ।
मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाइसकेको छ ।

रास्वपा सभापति लामिछाने आज लहानदेखि सिमरासम्म चुनावी कार्यक्रम गर्दै

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बुधबार सिरहाको लहानदेखि बाराको सिमरासम्म चुनावी कार्यक्रम गर्दैछन् ।
बुधबार बिहान लहानबाट सुरु हुने सभापति लामिछानेको कार्यक्रम साँझ सिमरामा सम्पन्न हुनेछ ।
उनी सिरहाको लहान र मिर्चैयाको कार्यक्रम सकेर धनुषाको ढल्केवर, जनकपुर, महोत्तरीको बर्दिवास हुँदै सर्लाही प्रवेश गर्नेछन् ।
सभापति लामिछानेलाई सर्लाहीमा रास्वपाका सर्लाही–४ का उम्मेदवार डा. अमरेश कुमार सिंहले स्वागत गर्नेछन् ।
उनी सर्लाहीको लालबन्दी, बयलबास, हरिपूर्वा, हरिपुर्ला, मलंगवा, गोडैत, बलरा, सिसौट, धनकौल, बरहथवा, नयाँ रोड हुँदै रौतहट जानेछन् ।
रौतहटको चन्द्रपुरमा कार्यक्रम सकेर उनी बाराको निजगढको कार्यक्रममा सहभागी हुनेछन् । लामिछानेले सिमरामा कार्यक्रम समापन गर्नेछन् ।

दमक र गौरीगञ्जका १३ वटा टोलका मतदाता भेट्दै अध्यक्ष ओली

0

झापा । निर्वाचन प्रचारप्रसारका लागि आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्दैैछन् । बिहान दमक–९ को चियादोकानमा ९ः३० बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ ।
पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित छन् । गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट छन् ।
कार्कीका अनुसार ११ बजेदेखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ । यसबीचमा अध्यक्ष ओलीले गौरीगञ्ज–५ को श्ँयामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् ।
यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।
कार्कीका अनुसार गौरीगञ्ज–३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ । यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका अध्यक्ष ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउने छन् ।

टी–२० विश्वकप ः वेस्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित

0

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ खेलमा वेस्ट इन्डिजसँग जिम्बाबे १०७ रनले पराजित भएको छ ।
भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा हिजो बेलुका भएको खेलमा वेस्ट इन्डिजले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर ४ बलमा १४७ रन बनायो ।
जिम्बाबेका ब्राड इभान्सले ४३ रन बनाए । वेस्ट इन्डिजका गुडाकेश मोतीले ४ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनायो ।
वेस्ट इन्डिजका शिम्रोन हेटमायरले ८५ रन बनाए । जिम्बावेका रिचार्ड नागाराभा र ब्लेसिङ मुजरबानीले २–२ विकेट लिए ।
टी–२० विश्वकपमा यो दोस्रो ठूलो योगफल हो । यो जीतसँगै वेस्ट इन्डिज ‘सुपर–८’ को समूह १ मा शीर्ष स्थानमा पुगेको छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...