काठमाडौं । पिकअप सेग्मेन्टमा विश्वव्यापी रुपमा स्थापित महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नेपालमा ‘महिन्द्रा बोलेरो म्याक्स पिकअप’ सार्वजनिक गरेको छ ।
महिन्द्राको नेपालको आधिकारिक वितरण अग्नी ग्रुप अन्तरगत अग्नी इनकरपोरेडेड प्रालिद्वारा नेपालकै पहिलो र एकमात्र २ टन भार क्षमता भएको पिकअप सार्वजनिक गरेको हो ।
आज गैरीधारास्थित महिन्द्राको शोरुममा एक समारोहका बीच उक्त नयाँ पिकअप सार्वजनिक गरिएको हो । उक्त अवसरमा अग्नी ग्रुपका विशेष प्रतिनिधिहरु र ग्राहकहरुको उल्लेख्य उपस्थिति थियो ।
नेपालमा ग्राहकहरुको लागि विशेष लञ्चिङ मूल्य २९ लाख ९५ हजार र ३२ लाख ९५ हजारबाट शुरु हुने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपालमा बोलेरो म्याक्स पिकअल सार्वजनिक गरिरहँदा आफूहरु निकै भएको जनाए ।
नेपालकै पहिलो र एकमात्र २ टन भार क्षमता भएको ‘महिन्द्रा बोलेरो म्याक्स पिकअप’ सार्वजनिक
नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा ६२ देशमा विस्तार
काठमाडौं । नेपाल टेलिकमले आफ्नो प्रिपेड रोमिङ सेवा विस्तार गर्दै अब ६२ देशमा उपलब्ध गराउने भएको छ। कम्पनीले विभिन्न देशका ८९ सेवा प्रदायकसँग सम्झौता गरेपछि यो सेवा थप विस्तार भएको हो।
चालु आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान (आरओसी), घाना, रोमानिया र लाओसका नयाँ सेवाप्रदायकसँग सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकामा समेत थप सेवा प्रदायकसँग सहकार्य बढाइएको कम्पनीले जनाएको छ।
यसअघि नै अष्ट्रेलिया, क्यानडा, चीन, भारत, जापान, जर्मनी, सिंगापुर, दक्षिण कोरिया, युएई, युके र अमेरिका लगायत विभिन्न देशमा रोमिङ सेवा उपलब्ध थियो। हाल थप विस्तारसँगै सेवा पहुँच अझ व्यापक भएको छ। यस अन्तर्गत प्रयोगकर्ताले विदेशमा रहँदा भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।
विदेश जाने वा बस्ने नेपालीलाई लक्षित गर्दै कम्पनीले रोमिङ सेवा सहज बनाएको जनाएको छ। प्रिपेड प्रयोगकर्ताका लागि भारत बाहेक अन्य देशमा सेवा स्वतः सक्रिय हुने सुविधा उपलब्ध छ। भारतका लागि भने मोबाइलबाट ८ज्ञद्धज्ञछ८ठ३ डायल गरी रोमिङ विकल्प चयन गर्नुपर्ने हुन्छ।
पोस्टपेड प्रयोगकर्ताको हकमा सेवा सञ्चालनका लागि कम्तिमा ५ हजार रुपैयाँ ब्यालेन्स आवश्यक पर्ने व्यवस्था गरिएको छ। नेपालमै रहँदा वा विदेश पुगेपछि पनि इमेलमार्फत सेवा सक्रिय गर्न सकिने सुविधा रहेको छ।
रोमिङ सेवा सक्रिय भएपछि मोबाइल स्वतः विदेशी नेटवर्कमा जडान हुन्छ। भारतमा भने प्रयोगकर्ताले म्यानुअल रूपमा नेटवर्क चयन गर्नुपर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमले आगामी दिनमा थप देशमा समेत सेवा विस्तार गर्दै लैजाने योजना बनाएको छ।
शेयर बजारमा ६४.६७ अंकको उछाल, २१ अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । बजार उचालिएसँगै कारोबार रकम पनि २१ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६४.६७ अंकले बढेको हो । २.२९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८७७.०२ अंकमा उक्लिएको छ ।
नेप्से उच्च अंकले बढेसँगै आज सबै समूहमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले बढेको हो ।
आज ३४२ कम्पनीका ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६.९८ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न पाँच कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ, सोलु हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६७ करोड १६ लाख १६ हजार ५ सय ३६.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ४.४५ अंकले बजार बढ्दा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३ सय १५.९० रुपियाँ, सोमबार २६.०७ अंकले बजार घट्दा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार हजार ८८.०१ रुपियाँ र मंगलबार १३.५१ अंकले बजार बढ्दा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३ सय २८.७२ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो बुधबार भने घोडेजात्रामा उपत्यका बिदा हुने भएकाले शेयर बजार बन्द थियो ।
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं ४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।
रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।
चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । थापाले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय लिनेछ । केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाइएको छ ।
कतारको सबैभन्दा ठूलो ग्यास प्लान्टमा मिसाइल आक्रमण
काठमाडौं । कतारको सबैभन्दा ठूलो ग्यास प्लान्ट ‘रास लाफान’मा गएराति मिसाइल आक्रमण भएको छ । आक्रमणपछि प्लान्टमा आगलागी भएको र ठूलो क्षति भएको छ ।
कतारले आक्रमणको दोष इरानलाई लगाएको छ । कतारी विदेश मन्त्रालयले इरानले कतारी नागरिक र यहाँको महत्त्वपूर्ण स्थलहरूलाई निशाना बनाएर सीमा नाघेको जनाएको छ । मन्त्रालयले यस्ता आक्रमणहरूले सम्पूर्ण क्षेत्रको अवस्था बिग्रन सक्ने चेतावनी दिएको छ ।
कतारले सबै देशहरूले तनाव कम गर्न र शान्ति कायम राख्न प्रयास गर्न मिलेर काम गर्नुपर्ने भनेको छ ।
निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै, समानुपातिक सांसदलाई आजै प्रमाण पत्र दिइने
काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ ।
आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने भएको हो ।
गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो ।
आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन्।
यसैबीच निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभाका ११० जना सांसदलाई बिहीबार नै निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्ने भएको छ।
कान्तिपथस्थित आयोगको प्राङ्गणमा प्रमाण पत्र वितरणको कार्यक्रम तय गरिएको छ।
प्रमाण पत्र वितरणसँगै नयाँ संसदको औपचारिक कार्यभार सुरु गर्ने बाटो खुल्नेछ। प्रतिनिधि सभामा निर्वाचित सम्पूर्ण सांसदहरूको शपथ ग्रहण चैत १२ गते गर्ने तयारी भइरहेको छ।
होर्मुज खुलाउन कसैको मद्दत चाहिँदैन ः ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोगी राष्ट्रहरू र नेटोबाट सहयोग नपाएपछि आफूलाई कसैको मद्दत आवश्यक नरहेको जनाएका छन् । नेटो र अन्य सहयोगीहरूले हर्मुज जलमार्गलाई सैन्य माध्यमबाट खुलाउन अमेरिकालाई सहयोग गर्न स्पष्ट रूपमा अस्वीकार गरेका थिए ।
ह्वाइट हाउसको ओभल अफिसमा आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनलाई स्वागत गर्दै ट्रम्पले पत्रकारहरूसँग भने, “मलाई लाग्छ नेटोले निकै ठूलो मूर्खतापूर्ण गल्ती गरिरहेको छ । नेटो हाम्रो लागि खडा हुन्छ कि हुँदैन भनेर मैले लामो समयदेखि भन्दै आएको जस्तो अहिले म अचम्ममा परेको छु । त्यसैले यो एउटा ठूलो परीक्षा थियो ।”
ट्रम्पले इरानविरुद्ध वासिङ्टन एक्लै अघि बढ्न तयार रहेको कुरामा जोड दिए । उनले नेटोका सहयोगीहरू पनि इरानको आणविक कार्यक्रमको सामना गर्नुपर्ने कुरामा सहमत रहेको बताए । “हामीलाई धेरै मद्दत चाहिँदैन । हामीलाई कुनै पनि मद्दत चाहिँदैन,” ट्रम्पले भने ।
बैठकको केही मिनेटअघि ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा एक लामो पोस्ट गर्दै इरान युद्धमा अमेरिकी सेनालाई अब सैन्य सहयोगको आवश्यकता नरहेको जनाएका थिए ।
दुई दिनअघि ट्रम्पले धेरै देशहरूसँग मद्दत मागेका भए । चीन, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, जापान, पोल्यान्ड लगायतका थुप्रै देशहरूले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेका थिए । युरोपेली संघकी विदेश नीति प्रमुख काया क्लासले एक अन्तर्वार्तामा जलमार्गको रक्षाका लागि कुनै पनि देश आफ्ना नागरिकको जीवन जोखिममा पार्न तयार नभएको जनाएकी थिइन् ।
क्लासले भनिन्, “हामीले यसलाई खुला राख्नका लागि कूटनीतिक तरिका खोज्नुपर्छ, ताकि हाम्रो सामु खाद्य संकट, मल संकट र साथै ऊर्जा संकट नआओस् ।”
समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने
काठमाडौं । समानुपतिकतर्फका प्रतिनिधिसभा सदस्यहरूलाई भोलि प्रमाणपत्र दिइने भएको छ ।
निर्वाचन आयोगले भोलि १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिने तयारी गरेको हो । सांसदहरूलाई बिहान साढे ११ बजे प्रमाणपत्र दिइने तय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले) बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४–४ जना सांसदहरुले प्रमाणपत्र पाउनेछन् ।
कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत ६ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा चुनावी समीक्षासहितका एजेण्डामा छलफल हुने जनाईएको छ ।
प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा, संस्थापक शेयर परिवर्तन गर्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ।
उक्त विशेष साधारणसभाले कम्पनीको संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बिहीबार शेयर दाखिल खारेज (बूक क्लोज) गर्ने निर्णय गरेको छ। तसर्थ बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चैत ११ गतेसम्म कायम शेयरधनीहरू मात्रै उक्त विशेष साधारणसभामा भाग लिन सक्नेछन्।
















