काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । बजार उचालिएसँगै कारोबार रकम पनि २१ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६४.६७ अंकले बढेको हो । २.२९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८७७.०२ अंकमा उक्लिएको छ ।
नेप्से उच्च अंकले बढेसँगै आज सबै समूहमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले बढेको हो ।
आज ३४२ कम्पनीका ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८ सय ८६.९८ रुपियाँ बराबरको कारोबार भएको छ ।
विभिन्न पाँच कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ, सोलु हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६७ करोड १६ लाख १६ हजार ५ सय ३६.७० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ४.४५ अंकले बजार बढ्दा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३ सय १५.९० रुपियाँ, सोमबार २६.०७ अंकले बजार घट्दा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार हजार ८८.०१ रुपियाँ र मंगलबार १३.५१ अंकले बजार बढ्दा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३ सय २८.७२ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो बुधबार भने घोडेजात्रामा उपत्यका बिदा हुने भएकाले शेयर बजार बन्द थियो ।













